राष्ट्रिय सभा सदस्य निर्वाचन : कसको मत भार कति ?

धरान÷आगामी माघ ९ गते राष्ट्रिय सभा सदस्यहरुको रिक्त १८ स्थानको निर्वाचन हुने भएको छ । प्रदेश स्तरीय हुने निर्वाचनमा प्रदेश नं. १ बाट तीन जना निर्वाचित हुने भएका छन् ।
प्रदेश नं. १ बाट तीन राजनैतिक दल नेपाली काँग्रेस, नेकपा र संघीय समाजवादी पार्टीले मात्र उमेद्वारी दिएका छन् । तीन सिटका लागि यतिबेला ९ जना प्रत्यासी चुनावी मैदानमा देखिएका छन् नेपाली काँग्रेसले प्रदेश १ बाट महिलातर्फबाट मीना पुलमी, दलितका तर्फबाट निरबहादुर विश्वकर्मा र अन्यबाट राजेन्द्र घिमिरेलाई प्रत्यासी बनाएको छ । यसैगरी नेकपाले प्रदेश नंं १ बाट महिला तर्फ इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दहाललाई प्रत्यासी बनाएको छ । यसैगरी संघीय समाजवादीका तर्फबाट महिलामा कमला वडही, दलितर्फबाट ज्ञानकुमार परियार, अन्यबाट भरतकुमार दाहाललाई अगाडि सारेको छ । आइतबार सबैले दल बल सहित विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारी दर्ता गराएका थिए ।


प्रदेश नं. १ मा संघीय समाजवादी पार्टीको स्थानीय तहमा ४ सिट र प्रदेश सभा सदस्य तीन जना रहेका छन् । यसको कुल मतभार २ सय १६ हुन्छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्थानीय तहमा चार जना र प्रदेश सभामा १ जना छन् । यसको कुल मतभार १ सय २० हुन्छ भने संघीय लोकान्त्रिक राष्ट्रिय मञ्चसँग आवद्ध संघीय लिम्बुवान मञ्चको प्रदेश सभामा १ जना मात्र सासद रहेका छन् । जसको मतभार ४८ मात्र हुन्छ ।

तपाईको प्रतिक्रिया