इनरुवा÷एमएम कप राष्टिूय क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले महत्वपूर्ण जित निकालेको छ ।
सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राख्न जित्नै पर्ने खेलमा एपीएफले आयोजक इनरुवालाई ८३ रनले पाखा लगाएको छ ।
२ सय ५ रनको लक्ष्य पछ्याएको आयोजक एमएमसी ३६ दशमलव २ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा समेटिएपछि एपीएफले महत्वपूर्ण २ अंक हात पारेको छ ।
आयोजकलाई सस्तैमा समेट्ने क्रममा एपीएफका सूर्य तामाङले ४ र वसन्त रेग्मीले ३ विकेट लिए । यज्ञमान कुमालले २ र अमरसिङ
रौटेलाले एक विकेट चट्काए ।
आयोजक एमएमसीका लागि रवि रोयले सर्वाधिक २६ रन बनाए । रुपेश श्रीवास्वले टिमका लागि २३
रन बनाए भने विवेक मेहताले १५ रन बनाउँदा अन्यब्याट्स म्यान भने एपीएफका वलर सामू चल्न
सकेनन् ।
इनरुवा रङगशालामा जारी प्रतियोगिता अन्र्तगत सोमबारको खेल खराब मौसमका कारण ४५ ओभरमा छोट्याइएको थियो ।
खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको एपीएफले सुमित मर्हजनको अर्धशतकीय पारमा २ सय ४ रनको सम्मानजनक स्कोर खडा गरेको थियो ।
४३ दशमलव ४ओभरमा सबै विकेट गुमाएको एपीएफकालागि मर्हजनले ८३ रन बनाए । एपीएफका शंकर
रानाले ३६, प्रदीप एैरीले १९, सन्दीप जोरा र बसन्त रेग्मीले समान १२ र पृथु बास्कोटाले ५ रन जोडे ।
आयोजक एमएमसीका लागि ९ ओभर वलिङ गरेका क्यापटेन सरोज बस्नेतले १ मेडन सहित ३९ रन खर्चेर ४ विकेट लिए । त्यसैगरी सोनु मण्डल र अल्फाज मन्सुरीले समान २(२ विकेट लिए ।
प्रतियोगिताको म्यानअफ द म्याच सुमित मर्हजन घोषित भए ।
समूह ए को पहिलो खेलमा पराजितएपीएफ सोमबारको को पहिलो जितसँगै आर्मीसँगै समान २ अंकका बाबजुत रनरेटका
आधारमा अंकतालिकाको दोस्रो स्थानमा छ ।
मंगलबार आयोजक र आर्मी बिचको खेलको नतिजाले सेमिफाइनलमा पुग्ने दोस्रो टिमको टुङगो लाग्ने छ ।
