एसइइ स्टेट वान को दोसो संस्करण चैत्रको दोस्रो सातादेखि

धरान÷विद्यार्थीहरुमा रहेको प्रतिभालार्इी प्रस्फुटन गराउने उद्देश्यले गत बर्षदेखि शुरु गरिएको एसइई स्टेट वानको दोस्रो अडिसन आगामी चैत्रमा हुने भएको छ । यसका लागि तयारी शुरु गरिएको आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।
फक्ताङलुङ मिडिया हाउस प्रालिको आयोजनामा हुन लागेको सो कार्यक्रमले विद्यार्थीहरुमा निहित गायन प्रतिभालाई उजागर गर्न प्रदेश नं १ स्तरीय प्रतियोगिता गत बर्षदेखि शुरुवात गरेको र यस बर्ष पनि चैत्रदेखि अडिसन गर्न लागेको े आयोजक संस्थाका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिनुभयो पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदेश नं १ स्तरीय यो गायन प्रतियोगितामा भर्खर एसइइ दिएर बसेका छात्रछात्राहरुले भाग लिन पाउनेछन् । प्रदेश नं. १ को १४ जिल्लालाइ समेटेर एसइइ दिएर बसेका प्रतिभा नछुटुन भन्ने अभिप्रायले विभिन्न स्थानहरुमा अडिसन गरिने अध्यक्ष तुम्वापोले बताउनुभयो । पहिलो अडिसन आगामी चैत दोस्रो सातामा धनकुटाबाट शुरु गरिने समेत उहाले बताउनुभयो ।
प्रतियोगितामा विजेता हुनेले नगद ५० हजारसहित एउटा गीत रेडर्क गर्ने अवसर पाउनेछन् । यस्तै प्लस टु पढ्न विद्यार्थीहरुलाई छात्रवृत्तिका साथै विविध उपहारहरु पनि पाउनेछन् । यस्तै, फष्ट रनरअपले नगद ३० हजारसहित उपहारहरु पाउनेछ भने सेकेण्ड रनरअपले २० हजार सहित उपहार पाउनेछन् । साथै, विभिन्न सबटाइटलहरु पनि दिइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया