मिक कम्प्युटरले निःशुल्क कम्युटर तालिम दिने

धरान÷विगत २६ बर्षदेखि कम्युटर सम्बन्धि प्राविधिक शिक्षा दिदै आएको मिक कम्युटर प्रा.लि.ले स्वीस नेपालको सहयोगमा यसपटक पनि निःशुल्क तालिम दिन लागेको छ ।
धरान १२ महेन्द्र पथमा रहेको प्रा.लिले आर्थिक अभावमा कम्युटर शिक्षा लिन नसकेकाकाहरुलाई लक्षित गरी ५ सय २५ जनालाई माघको पहिलो सातादेखि निशुल्क कम्युटर शिक्षा दिन लागेको हो । यसका लागि प्रा.लिले माघ ८ गतेसम्म फारम भर्ने समय र अन्तवार्ता माघ १८ गते लिने प्रा.लिका प्रवन्ध निदेशक राजकुमार थोप्राले जानकारी दिनुभयो ।
२०५० सालमा स्थापना भएको मिकले कम्युटर शिक्षा आजको आवश्यकता, कम्प्युटर शिक्षा विना २१ आं शताब्दीमा मानिस प्राविधिक क्षेत्रमा काम गर्न नसक्ने मूल नाराका तय गरी निरन्तता दिदै अएको छ। हालसम्म ३५ हजार भन्दा बढीले कम्युटर शिक्षा लिइसकेको प्रवन्ध निर्देशक थोप्राले जानकारी दिनुभयो ।
प्रा.लिका निर्देशक थोप्राका अनुसार स्वीट नेपालको आर्थिक सहयोगमा दिन लागेको निःशुल्क कम्युटर शिक्षामा तीन महिने बेसिक, हार्डवेयर, डिटीपी, डाटावेश, मल्टिमिडिया, ग्राफिक्स डिजाइन, वेभ डिजाइन, ट्याली र सर्भर नेटवकिङ्ग रहेको छ ।
फर्म भर्ने विद्यार्थीहरुले अन्तवर्तमा छनौट हुन नसकेका विद्यार्थीहरुसमेर्त हरेक विषयमा लाग्ने शुल्कमध्क्ये ७५ प्रतिशत छुटमा कम्युटर शिक्षा दिने समेत प्रबन्ध निर्देशक थोप्राले जानकारी
दिनुभयो

तपाईको प्रतिक्रिया