जाडो बढेसंगै क्याम्प फायर गर्नेको संख्यामा बृद्धि

चीसा बढेसंगै पूर्वी पहाडी जिल्लामा क्याम्प फायर गर्नेहरुको संख्ष्यामा वृद्धि भएको छ ।
चीसो बढेसगै रातभरि आगो ताप्दै, मासुका विभिन्न भेराइटी पोलेर खाने र राती टेन्टमा सुत्ने पर्यटकको भीड बढन थालेको छ ।
विशेष गरी धनकुटाको तमोर नदी नजिक खुलेको रिसोर्टमा अहिले राति क्याम्प फायर गर्ने र टेन्टमा सुत्ने पर्यटकको आगमनमा वृद्धि भएको हो ।
दुई बर्ष अगाडि धनकुटाका सञ्चारकर्मी मोहन वान्ताले दुई बर्ष अगाडिढ खालेको तमर रिभरसाइड रिसोर्ट एण्ड रिभर पार्कमा अहिले नेपालका मात्र हैन एसियाली मुलुक जापान, भारत लगायतका देशबाट समेत क्याम्प फायर गरेर आनन्द लिने गरेको सञ्चलक वान्ताले बताउनुभयो ।
यो रिसोर्टमा १६ वटा टेन्टहरु रहेका छन् । एउटा टेन्टमा दुई देखि तीन जना सुत्न सकिने सञ्चालक वान्तवाको भनाई छ । सुद्ध तम्म्रको माछाका स्वादसगै अन्य प्रकारका मासु खादै क्याम्प फायर गर्ने र रातको समयमा टेन्टमा सुत्नेहरु विगत भन्दा अझै बढेको उहाको भनाई छ ।
क्याम्प फायरका लागि त्यहा पुग्नु भएका सञ्चारकर्मी केशव घिमिरेले यस्ता रिसार्टले पर्यटनको पूर्वाधारको काम गर्न बताउनुभयो । ठूला ठूला महलमा बस्ने धनाढ्यहरु टेन्टमा आएर सुत्दा भिन्नै महसुस हुने बताउदै पर्यटनको एउटा आधार पनि यो रिसोर्ट हुन सक्ने धारणा राखे ।
धनकुटाकै पूर्व सञ्चारकर्मी सञ्जय सन्तोषी राईले पर्यटकको पूचुर सम्भावना बाकेको पूर्वमा यस्ता खालका रिसोर्ट नौलो भएको बताए । उनले यो संंगै यही उत्पादन भएका आर्गनक खानाको प्रयोग गनेर्
गरेमा अवस्य पनि यस्ता खालका रिसोर्ट प्रर्यटन प्रवद्र्धनमा सहयाग पुग्ने बताए । उनले नीजि क्षेत्रबाट पर्यटन व्यवसायहरुमा लाग्नेहरुलाई राज्यले सहयोग गर्नुपर्ने बताऐ ।
तमोर नदी किनार छेउमा रहेको यो रिसोर्टमा पर्यटकको चाहना बमोजिम विभिन्न सुविधाहरु थप्दै गएको सञ्चालक वान्ताले बताए । उनले पर्यटन प्रवद्र्धनसँगै स्थानीय स्रोत साधनबाटै नेपाली परिकार नेपाली स्तरबाटै पर्यटकालाई
रमाउन दिने आफ्नो प्रयास भएको बताए ।
पूर्वमै पहिलो यस खालको रिसोर्ट नोलो आयाम भएको सञ्चालक वान्तवाको भनाई छ । भविष्यमा पर्यटकको चाहना वमोजिम अन्य सेवा समेत थप थर्र्द लाने उनले बताए । उनले गर्मीका समयमा एसी राख्ने तयारीमा रहको बताउदै यहा आएका पर्यटकालाई थप सेवा सुविधा विस्तार गर्दै लाने बताए ।
जे होस लामो समयदेखि सञ्चारमाधयममा आवद्ध वान्तवाले आफ्नो भविष्य खोज्दै नया व्यवसाय सञ्चालन गरेका छन । प्रदेश नंं १ मै शायदै यो पहिलो हनुपर्छ । यस्ता व्यवसायीहरुलाई राज्यले समेत सहयोग गर्न आवश्यक छ ।

तपाईको प्रतिक्रिया