माघ ११ गते हुने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ११ औं दिक्षान्तमा २ सय ७८ दिक्षित हुादै,अल इन्डिया इन्स्यिुट अफ मेडिकल साइन्सका डिन प्रो.पि.के. जुल्काबाट दिक्षान्त सम्बोधन हुने

धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको एघारौ दिक्षान्त समारोह आगामी माघ ११ गते हुने भएको छ ।
मुलुकको संवेदनशील राजनैतिक अवस्थाकाबीच हुन लागेको एघारौ दिक्षान्त समारोहमा यसपटक सबै Ïयाकल्टीका गरी जम्मा २ सय ७८ जना विद्यार्थीहरु दिक्षित हुने भएका छन् । दिक्षान्त समारोहका सम्बन्धमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, प्रवक्ता डा.पशुपति चौधरीले उक्त जानकारी दिनुभएको हो ।
शिक्षाध्यक्ष प्रा.डा. श्रेष्ठका अनुसार यस पटक एमडि/एमएसमा ७१, एमएस्सी (वेसिक) मा ६, विएससी.एम.एल.टी.मा १०, एमविविएसमा ९५ जना, विडिएसमा ३०, एम डिएसमा ९, एमएस्सी नर्सिङ्गमा ७, एमपिएचमा ७, विएसस्सी र्निर्सङ्गमा २१ र वि.एनमा २२ गरी कुल २ सय ७८ जना दिक्षित हुादैछन् । उहााका अनुसार सन् २००१ फ्रेबुअरी ११ मा भएको पहिलो दिक्षान्त
समरोहमा एमविविएसका मात्र ४८ जना विद्यार्थी दिक्षित भएका थिए । हाल एघारौ दिक्षान्त समारोहसम्म आइपुग्दा प्रतिष्ठानमा २ हजार ९ सय ३० जना विद्यार्थी दिक्षित हुन्छन् । प्रतिष्ठानको १० औा दिक्षान्त
समारोहसम्ममा एमडि/एमएसमा ५ सय २७ जना, एमएस्सीमा ८० जना, विएस्सी एमएलटीमा ४८, एमविविएसमा ७ सय ८४, विडिएसमा ३ सय ४९, एमपिएचमा ५३, विएस्सी नर्सिङ्गमा २ सय ३, सर्टिफिकेट ओटी एण्ड एसमा ४८, विएस्सी ओटी एण्ड एएसमा ८, विएम्सी मिटमा ४७, सर्टिफिकेट इन नर्सिङ्गमा ५ सय १२ विद्यार्थी दिक्षित भइसकेका छन् ।
शिक्षाध्यक्ष प्रा.डा. श्रेष्ठले दिनुभएको जानकारी अनुसार शैक्षिकसत्र २०११ मा भर्ना भई उत्तीर्ण भएका एमडी/एमएस, एमडिएस, एमएस्सी
(बेसिक तथा नर्सिङ्ग) र विएस्सी एमएलटी, शैक्षिक सत्र २००८ मा भर्ना भई उत्तीर्ण भएका एमविविएस र विडिएस, शैक्षिक सत्र २००४, २००५, २००६ र २००७ का दिक्षित हुन बााकी एमविविएस, शैक्षिक सत्र २०१० मा भर्ना भई उत्तीर्ण भएका र शैक्षिक सत्र २००९ का दिक्षित हुन बााकी विएस्सी नर्सिङ्ग, शैक्षिक सत्र २०१२, मा उत्तीर्ण भएका एमपिएच र विएन कार्यक्रमका गरी ११ औं दिक्षान्त समारोहमा २ सय ७८ जना दिक्षित हुन लागेका छन् । दिक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति एवम् प्रधानमन्त्री सुशिल कोइराला, सहकुलपति खगराज अधिकारीसागै अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्स न्यू डेल्लीका डिन प्रो.डा.पि.के जुल्काले दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुने भएको छ ।

तपाईको प्रतिक्रिया