राजधानीमा सोमबार विश्वहिन्दी दिवस सम्पन्न

राजधानी/आफ्नो भाषा, धर्म, संस्कृति सबैलाई प्यारो हुन्छ । देशभित्र बस्ने हुन या देश बाहिर बस्ने हुन्, सबैले आफ्नो भाषा, धर्म, संस्कृतिप्रति गर्व गर्छन् । यसैक्रममा नेपालस्थित भारतीय राजदुतावास काठमाण्डौले १२ जनवरीलाई विश्वहिन्दु दिवसका रुपमा वृहत कार्यक्रमको आयोजना गरी मनाएको छ ।
राजधानीको होटल डेलमा आयोजित विश्वहिन्दु दिवको उपराष्ट्रपति परमानन्द झाले पानसमा बत्ती बालेर समुद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहााले भन्नुभयो, हिन्दी भाषा आज एउटा विश्भाष बनी सकेको छ । हिन्दी भाषाका विविधतलाई बढाउन नेपालमा मात्र हैन विश्वभरि काम गरिरहेका संघ संगठनले गरेका प्रयास सह्रानीय रहेको समेत उपराष्ट्रपति झाले बताउनुभयो । उहााले नेपालस्थित भारतीय राजदुतावासले काठमाण्डौमा हरेक बर्ष गर्ने यस्ता कार्यक्रमको प्रशंसासमेत गर्नुभयो ।
सो अवसरमा विश्वहिन्दु दिवसको अध्यक्षता गर्नुभएका भारतीय राजदुत रन्जित रेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा जारी लिखित सन्दे पढेर सुनाउनु भएको थियो । सन्देशमा भनिएको थियो, भाषा एक अर्कालाई बुझ्ने एउटा पुल हो । भाषकै कारण हा्रम्रा द्विपक्षीय सम्बन्ध गाढा बनेका हुन्छन् । नेपाली भाषालाई भारतको संविधानमा सूचिकृत गरिएको स्मरण गर्दै सन्देशमा भनिएको छ नेपालमा हिन्दी भाषा व्यापक रुपमा लोकप्रिय बनेको छ । नेपाली र भारतीय
नागरिकलाई अझ नजिक बनाउने काम भाषाले नै गरेको पनि सन्देशमा उल्ललेख गरिएको छ ।
कार्यक्रममा नेपाल र भारतका विद्वान, साहित्यकार, शिक्षाविद्, पत्रकार स्तम्भकार र आलोकहरुले आफ्नो सहभागिता जनाएका थिए । सो अवसरमा दुईवटा कार्यपत्रहरु प्रस्तुत भएका
थिए । जसमा नेपाल भारत बीचको साास्कृतिक सम्बन्ध र हिन्दीको योगदान तथा सूचना प्रविधि र योगदान । कार्यक्रमको दोस्रो सत्रमा लगभग ३० जना कवि तथा कवयित्रीहरुले दुई देशबीचको सम्बन्ध झल्कने कविताहरु बाचन गरेका थिए । अन्तमा भारतीय राजदुतावासका प्रथम सचिव अभयकुमारले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया