राजारामको मृत्युपछि आन्दोलन चर्कियो

जनकपुरधाम । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले राजाराम झाको प्रहरीसँगको झडपमा मृत्यु भएको दावी गरेको छ ।
प्रहरीले भने झडप नभएको र उनको मृत्यु हर्टअट्याकबाट भएको हुनसक्ने बताएको छ ।
३० दलीय गठवन्धन धनुषाको सोमबार बसेको बैठकले झडपका क्रममा संवेदनशील अंगमा चोट लागेर झाको मृत्यु भएको भन्दै सहिद घोषण गर्न माग गरेको छ ।
साथै पीडित परिवारलाई क्षतिपूति दिर्न माग गर्दै ३० दलीय गठवन्धनले अनिश्चितकालीन बन्द घोषणा गरेको छ । साथै उसले गृहमन्त्रीको राजीनामा मागेको छ ।
प्रहरीले भने भ्रमरपुरामा बेहोस भएको खबर आएपछि तत्काल उद्वाधार गरी अस्पताल लगेको तर, बाटैमा मृत्यु भएको बताएको छ । झा ३० दलीय मोर्चाको बन्दका क्रममा विहानभर प्रदर्शनमा सहभागी भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया