मिस पूर्वाञ्चलको दशौ संस्करणमा पथरीकी रिजु भट्टराइले पहरिन ताज

धरान÷ धरान सभागृहमा शनिबार मध्यरात सम्पन्न १० औं मिस पूर्वाञ्चल २०२० को ताज पथरीकी रिजु भट्टराईले पहिरिएकी छिन् ।
उनी मिस पथरी शनिश्चरे २०१९ की विजेता पनि हुन् । मिस पूर्वाञ्चलमा सहभागी २० प्रतियोगीहरूलाई पछि पार्दै उनले ताज पहिरिँदै उपाधि हुत्याएकी हुन् ।
२०१० मा झापाकी सविना सुब्बा, २०११ मा सुनसरीकी प्रतिभा श्रेष्ठ, २०१२ मा सुनसरीकी अस्मिता गुरुङ्ग २०१३ मा सुनसरीकी नेहा बजाज, २०१४ मा मोरङकी नेमिता आङबुहाङ, २०१५ मा मोरङकी प्रियङ्का श्रेष्ठ, २०१६ मा झापाकी कृतिका गिरी, २०१७ मा सुनसरीकी रुबी लिम्बु, २०१८ मा झापाकी पूजा श्रेष्ठले उपाधि जितेका थिए ।
उनलाई यसअघिकी विजेता पूजाले क्राउन पहिरिदिएकी थिइन् । उनले उपाधिसँगै २ लाख रूपैयाँ पनि पाइन् । उनले अध्ययनका लागि युएन कलेजको छात्रवृत्ति प्राप्त गरेकी छिन् । प्रतियोगिताको फाइनल पौष ५ गते शनिबार धरानमै आयोजना हुनेछ । उनले उपाधिसँगै मिस पर्सनालिटीको पनि सवटाइटल जितेकी थिइन् । पथरीको पञ्चायत उमाविबाट प्लस गरेकी सङ्गीत, चित्रकला साथै गायनमा रुचि राख्ने
गरेको बताउँछिन् ।
त्यस्तै, एन्जल राई फस्टरनर अप बनिन् भने सिमरन लिम्बू फस्टरनरअप बनिन् । प्रमुख निर्णायक दीप श्रेष्ठले सोधेको भिजिट नेपाल सम्बन्धी प्रश्नको सटिक जवाफ दिँदै उनीहरूले उपाधि जितेका हुन् । टप १२, टप ५ हुँदै नतिजा घोषणा गरिएको थियो ।
रिजुलेमिस पूर्वाञ्चलको उपाधिसँगै हङकङ घुम्ने अवसर प्राप्त गरेकी छिन् ।
प्रतियोगिताको मिस फोटोजेनिक रेश्मा राई, मिस वेष्ट वर्क सुस्मिता बराइली, मिस मल्टीमिडिया एञ्जल राई, मिस इन्टरएक्चुअल सिमरन लिम्बू, मिस पंचुअल स्वेता पोख्रेल, मिस ट्यालेन्ट अनुपमा बस्नेत, मिस वेष्ट कम्प्लेक्सन विपना तामाङ, मिस फोटोजेनिक एन्जल राई घोषित भए । उनीहरूले नगद १५ हजार पनि पाए ।

तपाईको प्रतिक्रिया