भारतमा नागरिकता संसोधन कानुनलाई लिएर दुई सातादेखि भइरहेको प्रदर्शनमा बाहिरिया घुसपैठको आशंका

एजेन्सी (नयाँ दिल्ली)÷मंसिर २५ गते अर्थात डिसेम्बर ११ तारिखका दिन नागरिकता संसोधन विद्येयक (क्याव) भारतको दुवै सदनबाट पारित भएपछि विपक्षी दलहरु विद्येयकको चर्को विरोध गर्दै सडकमा उत्रिएका छन् । विद्येयकलाई माथिल्लो सदन राज्य सभाले वहुमतले पारित गरेपछि लोकसभाले त्यसलाई अनुमोदन गरेको थियो ।
नागरिकता संसोधन विद्येयक (क्याव) ले भारतमा ३१ डिसेम्बर २०१४ अगाडि पाकिस्तान, बंगलादेश र अफगानस्थानबाट आएर बसेका हिन्दु, शिख, बौद्ध, क्रिश्चियन, जैन, फारसीलाई नागरिकता दिने व्यवस्था गरेको छ ।तर विपक्षीहरुले यसलाई सरकार विरोधको हतियार बनाएका छन् । क्याव, सिएएको वास्तविक अर्थ नै नबुझेकाहरुलाई भ्रममा पारेर विपक्षीहरुले सर्वसाधारणलाई सडकमा उतारेका छन । यहाँ सम्मकि सञ्चारकर्मीले आन्दोलनमा सहभागीहरुलाई सिएएको सम्बन्धमा सोध्दा पहिला आफूहरुले १० रुपैया केजीमा प्याज खरिद गर्ने गरेको तर हाल एकसय भयो त्यसैको विरुद्धमा सडकमा आएको समेत भने । आन्दोलनमा
सरिकहरुलाई वास्तविकता समेत थाहा नभएको देखिन्छ । उनीहरुले सिएएलाई प्याजको मूल्यसंग दाँज्नुले विपक्षीहरुले सर्वसाधारणलाई कुन रुपमा सडकमा उतारेका रहेछन् भन्ने प्रष्ट हुन्छ ।
सम्पति नोक्सान गर्नेबाट वसुली शुरु ः हिंसा गराउन बंगालबाट बोलाइयो


भारतको उत्तर प्रदेशमा नागरिकता कानुनलाई लिएर हिंसक विरोध प्रदर्शन गर्नेहरु विरुद्ध उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ कठोर बन्नु भएको छ ।
केही दिन पहिले योगी आदित्य नाथले स्पष्ट भनिदिनु भएको थियो जो मानिस हिंस्रक गतिविधिमा सरिक हुन्छ र सार्वजनिक तथा व्यक्तिका सम्पत्तिको हानी पु¥याउँछ उसैबाट त्यस्तो सम्पत्ति भराइने छ । आफ्नो त्यही भनाईलाई कार्यान्वयन गर्न मुख्यमन्त्री योगीले हिंस्रक गतिविधिमा सरिक हुनेहरुका घरमा सूचना पठाउन शुरु गर्नुभएको छ ।
यसमा अहिले युपी प्रहरीले सिसी क्यामेराकामा देखिएका त्यस्ता व्यक्तिको घरमा सूचना पठाई असुल उपरको कामलाई तिब्रता दिएको छ । नोक्सान भएको वा गरेको सम्पत्ति जसले जम्मा गर्देन त्यसको सम्पत्ति नै जफत गरिने भएको छ । युपी प्रहरी स्रोतका अनुसार १९ डिसेम्बरमा भएको हिंसापछि हिंंस्रक प्रदर्शनकारीहरुको सिसी फुटेजका माध्यमबाट पहिचान गर्ने र त्यसैको आधारमा कारबाही शुरु गरिएको छ । लखनउ पुलिसका एसपी कलानिधि नैथानेले भन्नुभयो २५० जनाको भिडियो फुटेज र फोटोको आधारमा चिनेर गिराÏतार गरिसकिएको छ । बाँकी प्रदर्शनकारीहरुको गिराÏतारमा प्रहरीले छापा मार्न शुरु गरिसकेको छ । प्रशासन ती आरोपी माथि रासुका र सम्पत्ति कुर्कको कारबाहीको तयारी गरी रहेको छ । उता गोरखपुरमा समेत प्रदर्शन गर्नेहरुको प्रहरीले स्केच तयार गरिसकेको छ ।
उत्तर प्रदेशमा भएको हिंसामा पश्चिम वंगालका मुस्लिमहरुको कनेक्सन देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । लखनाउको हिंसामा सरिक भएका आधा दर्जन भन्दा बढी पश्चिम बंगालका मुस्लिमहरु प्रक्राउ परेपछि त्यस्तो तथ्य बाहिर आएको हो । प्रहरी स्रोतका अनुसार लखनउको हिंसाका समयमा उनीहरुलाई बोलाइएको थियो । प्रहरी महानिर्देशक ओमप्रकाश सिंहका अनुसार उग्र प्रदर्शन मामलामा सैकडौ मानिसहरुलाई गिराÏतार गरिएको छ, लखनाउमा मात्र २१८ जना त्यस्ता व्यक्ति गिराÏतार भएका छन् । युपी पुलिसका अनुसार ११ दिनको विरोध प्रदर्शनमा १८ जनाको मृत्यु भएको छ भने ७५० भन्दा बढी गिराÏतार भएको र ४५०० हिरासतमा रहेका छन् ।
गृहमन्त्रीको भनाई आरोप नभएर यथार्थ
भारतीय गृहमन्त्री अमित साहले नागरिकता संसोधन कानुनलाई लिएर भारतका विभिन्न प्रान्तमा भइरहेको प्रदर्शनमा बाहिरिया घुसपैठ भएको भनाई आरोप मात्र नभएर यथार्थ भएको पाइएको छ । खास गरेर मुस्लिम सम्प्रदायका मानिसहरु प्रदर्शन, तोडफोड र उग्र नाराबाजीमा देखिएका छन् ।
केही दिन यता नेपालको काँकडभिट्टा नाका भएर मुस्लिमहरु नेपाल प्रवेश गर्ने क्रम ज्यादा देखिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टा स्रोतले जानकारी दिएको छ । उनीहरु नेपाल प्रवेशसँगै सीमावर्र्ती नेपाल भारतको नाका भएर भारत प्रवेश गर्ने गरेका छन् । यतिमात्र होइन झापा, मोरङ्ग, सुनसरी, सप्तरीका मुस्लिमहरुको भारत प्रवेश निकै बाक्लिएको सुनसरी हरिपुरका स्थानीयहरु बताउँछन् । शनिवार भारतको विहारमा भएको प्रदर्शन तोडफोड र हिंसात्मक देखियो । प्रदर्शनमा अन्य समुदायका मानिसहरुको उपस्थिति न्यून देखिएकोले पनि नेपाल नाका भएर मुस्लिमहरुको प्रवेशको पुष्टि हुन्छ उनले भने ।
पचासौ हजार मानिस समर्थन गर्दै दिल्लीको सडकमा
भारतको राजधानी दिल्लीमा शुक्रबार पचासौ हजार मानिसहरु १०७ फिट लामो झण्डा बोकेर सिएवी को समर्थनमा मार्चपासमा निस्किए । दिल्लीको राजिव चौकमा हज्जारौ मानिसहरुले सिएएको समर्थनमा वाल पोष्टर र व्यानरहरु लगाउँदै भारत माता र दिल्ली पुलिस जिन्दावादको नारा लगाएका थिए । बंगलादेशी घुसपैठीहरुप्रति इंगित गर्दै उनीहरुलाई भारत छोड्न नारा समेत लगाएका थिए ।
प्रदर्शनमा उत्रिएका मानिसहरुले सिएवीको विरोधमा दिल्लीको सिलमपुर इलाकामा भएको आगजनी र तोडफोडको घट्नाप्रति उनीहरुले भत्र्सना समेत गरेका थिए । उनीहरुले छिमेकी देशका आएका अल्पसंख्यकका लागि कानुन ल्याइएको छ तर यहाँका मानिसलाइ किन डराइदैछ । भेलामा दिल्लीका आसपासका मानिस, दिल्ली युनिभर्सिटीका हजारौ छात्राछात्रहरुले सिएवीको समर्थनमा घण्टौ नारा लगाएका थिए ।
सिएवी समर्थनमा आइबार दिल्लीमा करणी सेनाको प्रदर्शन
करणी सेनाले (सिएवी) भारत सरकारले समर्थन गर्दे आइतबार दिल्लीमा भव्य प्रदर्शन गरेको छ । सिएवी जुन अब सिएए भइ सकेको छ । यसको समर्थनमा देशका हजारौ संगठनहरु अगाडि आएका छन् । शनिवार राजस्थानको चर्चित सामाजिक संस्था समता आन्दोलन समितिले सिएवी वा एनआरसी माथि बहस गर्दै केन्द्र सरकारलाई समर्थन गर्ने घोषणा गरेको छ ।
यसै हप्ता त्यहाँ सिएवी वा एनआरसी लाई देशको हितमा भएको भन्दै समर्थन दिने क्षेत्रिय संगठन राजपुत करणी सेनाले अब सडकमा आएर समर्थनको घोषणा गरिसकेको छ । राजपुत करणी सेनाका अध्यक्ष महिपाल सिंह मकराणाले सामाजिक सञ्जाल मार्फत त्यस्तो घोषणा गर्नुभएको हो । संगठनका अध्यक्ष महिपाल सिंहले भन्नुभएको छ अब त्यो समय आइसकको छ । सडकमा आएर सरकारको समथन गर्नैपर्छ । उहाँले केन्द्र सरकारलाई समर्थन गर्न तपाईहरु सहमत हुनुहन्छ भनेर सोध्नु पनि भएको छ । उहाँले देशमा गद्धार कति छन्,
राष्ट्रभक्त कति छन्, अब थाहा हुन्छ ।
राष्ट्र भक्ति सर्वोपरी हो । राजपुत करणी सेनाले देशभरि नागरिकता कानुनको समर्थनमा सभा, रैली, मार्चपास गर्ने तयारी समेत गरेको छ । करणी सेनाले एनआरसी मुद्धामा भनेको छ वंगलादेश, पाकिस्तानबाट आएका घुसपैठीहरु भारतका लागि एड्स र महामारी हुन् ।

सिएए सँग डराए इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खान आतंककारीहरुलाई उचाल्ने र बोक्ने काम गर्दै आएको कुनै नौलो कुरा होइन । उनले भारतको नागरिकता संसोधन कानुन सिएए प्रति आइतबार टिप्पणी गरेका छन् । अब भारतबाट पाकिस्तानलाई अझ खतरा बढेको छ ।
उनले शनिवार कैयौ ट्विटहरु गर्दै भनेका छन् भारत घरेलु परिस्थितिबाट अन्तै ध्यान मोड्नका लागि पाकिस्तानमाथि कारबाही गर्न सक्छ । तर पाकिस्तान त्यस्ता गतिविधिको मुख तोड जवाफ दिन्छ । उनले ट्विटमार्फत आरोप लगाएका छन् भारत फाँसीवादी विचार धाराका साथ हिन्दुराष्ट्रका लागि अगाडि बढेको छ । नागरिकता कानुनको खिलाफ भइरहेको प्रदर्शनप्रति उनले भनेका छन् वहुलवाद चाहने सबै
भारतीयहरुले सिएए को विरुद्धमा प्रदर्शन गरेका हुन्् । त्यो प्रदर्शन अब जनआन्दोलन बनेको छ । उनले भारतमा जुन प्रकारले विरोध प्रदर्शन बढेको छ त्यसले पाकिस्तानमा पनि खतरा निम्तिएको छ । उनले त्यो कुरा टिवटमार्फत जतिबेला भारतीय सेनाध्यक्षको टिप्पण्ी आयो त्यसबेला भनेका हुन् । गत बुधबार भारतीय सेना प्रमुख विपीन रावतले भन्नुभएको थियो कि लाइन अफ कन्ट्रोल (एलओसी) मा कुनै पनि बेला तनाव हुन सक्छ । देश त्यसका लागि तयार हुनुपर्छ । रावतको भनाई पश्चात पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले घरेलु मामलाबाट अन्तर्राष्ट्रिय समुदायको ध्यान भड्काउन कोसिस गरेको टिप्पणी गरेका थिए ।
हुन त नागरिकता संसोधन कानुनलाई लिएर पाकिस्तानले यसभन्दा पहिले पनि भारतसँग निशाना साँधेको थियो । गत हप्ता इमरानले जेनेभामा ग्लोबल रेÏयुजी फोरममा परमाणु युद्धको धम्की दिएका थिए । इमरानले भारतको नागरिकता संसोधन कानुन र कस्मीर मुद्दालाई लिएर भनेका थिए यसले न दक्षिण एसियामा केवल शरणार्थीको समस्या बल्झिन्छ यसले परमाणु सम्पन्न शक्ति देशका बीचमा संघर्षलाई जन्म दिन सक्छ । उनले भनेका छन् हामीलाई पाकिस्तानमा यही चिन्ता छ कि भारतको फैसलाले शरणार्थी समस्या पैदा हुन्छ र यसको परिणाति दुई परमाणु शक्ति सम्पन्न देशबीचमा युद्ध हुनसक्छ । उनले आरोप लगाए भारत कस्मिरका मुस्लिम वहुल जनसंख्ख्यासँग बदला लिने प्रयास गरिरहेको छ । उनले भनेका छन् कस्मिरमा कÏर्यु र नयाँ नागरिकताको कानुनका कारण लाखौ मुस्लिमहरु भारतबाट भाग्न सक्छन् जसले शरणार्थी समस्या आउन सक्छ । उनले भारतका मुसलमानलाई नागरिकताबाट बञ्चित गर्नलाई त्यो कानुन बनाइएको हो । भारतका मुस्लिमको अधिकार पछाडि जाँदैछ जसका कारण त्यो कानुनको खिलाफमा
भारतमा संघर्ष चर्कदैछ र मानिस सडकमा आएका हुन् । उनले भनेका छन् वेसहारा शरणार्थीको समस्यासँग गरिब मुलुकले सामना गर्न सक्दैन । उनले भनेका छन् हाम्रा धेरै समस्याबीच पाकिस्तानले ३० लाख अफगान शरणार्थीको मेजवानी गरिरहनु परेको छ ।
त्र

तपाईको प्रतिक्रिया