खिया लागेका ठूलो परिणाममा हतियार र गोली भेटियो

सुनसरी(प्रदेश प्रहरी)÷सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ५ भरौलबाट एकथान पेस्तोल सहित भारी मात्रामा त्यसमा प्रयोग गरिने गोली फेला परेको छ ।
पुष ६ गते साढे ११ बजेको ेसमयमा सुनसरीको बराहाक्षेत्र–५ एकताटोलमा बस्ने खेमराज श्रेष्ठको घरदेखि ५०÷६० मिटर उतर आफ्नै जग्गामा रहेको कुखुराको फर्ममा फेला परेको थियो ।


पुर्वी पृतना ईटहरीका कर्णेल शुसिल सिलवाललाइ खेमराज श्रेष्ठकोमा भोजपुर ५ बस्ने शिवकुमार श्रेष्ठले जानकारी गराए पश्चात उक्त स्थानमा पूर्वी पृतना ईटहरीबाट कर्णेल शुसिल सिलवालको कमाण्डमा २० जनाको टोली त्यस स्थानमा पुगेका थियो ।
सो टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेल, इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएको टोलीले गाडेको अवस्थामा एसएमजी १र७.६२ एमएमको २५९६ राउण्ड, ९ एमएमको २६३२ राउण्ड, ५.५६ एमएमकोे ४५६५ राउण्ड, ,अन्य १८९ राउण्ड गरी जम्मा ९९८२ राउण्ड फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फेला पारिएको हतियार माओवादी द्वन्द्वकालमा राखिएको प्रहरीले आशंका गरेको छ ।

तपाईको प्रतिक्रिया