विगत चारबर्षको समय दन्त मझानमै विताएर पहिलो संविधानसभा अवसान गराएका नेपालका राजनैतिक दलका नेताहरुले दश बर्षको समय सीमा पाए पनि संविधान सभाबाट संविधान जारी गर्न सक्दैनन् ।
एक बर्ष अगाडि निर्वाचनताका दलका नेताहरुले माघ ८ गते संविधान जारी गर्छौ भनेर जनताका अगाडि बोलेनन् मात्र आफ्नो घोषाापत्रमा बुादागत समेत गरे । तर अब माघ ८ गते घर्किन लागिसकेको छ । अनेक नाम र अनेक स्थानमा यिनीहरुले गरेका वार्ता वेकामे सावित भएको छ । संविधानसभाको उपेक्षा गरेर चारदलीय सिण्डिकेटका अगुवाहरुबाट कहिले रिसोर्टमा पुग्छन् त कहिले होटलमा पुगेर सहमतिका नाममा विभिन्न परिकार डकारेर फर्कन्छन् ।
यिनीहरु न सहमति गर्न सक्छन् न विवादित विषयलाई टुंग्याउन प्रक्रियामा जान्छन् । तर यिनीरु माघ ८ गतेको अघिल्लो रात विन विन सिच्युसनको राग अलाप्न नछोड्ने देखिएको छ । संविधान माघ ८ गते यिनीहरुले बनाउादैनन् पनि र कथंकथाचित बनाएमा पनि
चारदलका चारदलले सहमति जनाउादैमा ३ करोड नेपालीले मान्छन् भन्ने पनि छैन । सहमतिको नाममा यिनीहरुले गर्ने वार्ता एक बर्षदेखि परिणाम शून्यजस्तै देखिएको छ भने त्यस्ता सहमतिका नाममा हुने वार्तामा विप्लव, कमल थापाहरुले गाली गर्नमै केन्द्रित हुने गरेको छ । शान्ति प्रक्रियामा आएपछि प्रचण्डले जति गालिका शब्द कसैले गरेनन् । उनले रुक्मांगत कटुवाललाई सबैभन्दा बढी गाली गरे भने कााग्रेस र एमालेलाई बातैपिच्छे हरुवा भनेर कुर्लिए । अन्य दललाई त उन्ले गन्दै गनेनन् । अहिले नेपाली जनताले उनको साइज खुच्याएर सानो पोको बनाइदिएका छन् ।
दलका नेताहरुले संविधान बनाउादैनन र बनाउन गएका पनि होइनन भन्ने कुरा त प्रष्ट भइसकेको छ । वास्तवमै भन्ने हो भने नेपाली जनताले संविधानसभाको माग गरेकै थिएनन । न त २०६२/०६३ को आन्दोलनका बेला उनीहरुले धर्म निरपेक्षता, संघीयता र राजसंस्थाको विदाइको माग गरेका थिए । युरोप, अमेरिका लगायतका देशबाट भित्रिएको खरबौ रुपैयाा पचाउन आफूलाई नव सामन्तवादको कसीमा उभ्याएर जथाभावि घोषणा गरे । धर्मकै नाममा संसारमा ठूला ठूला विपत्तिहरु आएका छन्, संघीयताले कतिपय मुलुकको भूभाग गुमेको छ । नेपालको सन्दर्भमा सेरेमोनियल राजसंस्थाको अपरिहार्य देख्दादेख्दै जनचाहना विपरीतका गतिविधिमा सभासदहरु संलग्न भए । आज यिनै कुराको सर्वत्र विरोध हुन थालेको छ । केही बर्ष अगाडि सानो संख्यामा रहेको विरोधका स्वर यतिबेला मेची–महाकाली, हिमाल, तराईसम्म व्यापाक रुपमा फैलिएको छ । समयमै उठान गरिएका
कुरा व्यवस्थित हुन नसक्दा विरोधका स्वरहरु व्यापक भएको हो । अझ पनि चारदलीय सिण्डिकेटको सद्बुद्धी फिरेको छैन । आफूलाई नव सामन्तवादको कसीमा उभ्याउनमै सक्रिय छन् । यहाा स्मरणीय कुरा त के छ भने कथंकदाचित यिनीहरुले माघ ८ वा त्यसपछि नै भएपनि संविधान जारी गरे तापनि त्यो संविधानको आयु लामो हुादैन । जारी भएकै दिनदेख मुलुकभरि संविधान च्यात्ने, जलाउने काम हुनेछ । राज्यले पेलेरै त्यस्तो संविधान लागू गराउने प्रयास गरेमा त्यसको आयु पााच बर्ष भन्दा ज्यादाको नहुने मधेशी जनेता जयप्रकाश पगुप्ताले प्रष्ट पारिसकेकाक छन् । बरु २०४७ सालकै संविधान व्युताएर काम गर्ने हो भने मुलुक चाडै नै सही गतिमा अगाडि बढ्न सक्छ ।
