छेक्न सकेन हुस्सु र कुहिरोले सुक गुरु·को मृत्युलाई

नेपालका चर्चित गायक अरुण थापाको अधिकांश गीतका सर्जक स्वदेश तथा विदेशमा चर्चा बटुलेको नेपथ्य बेण्डका अधिकांश गीतका समेत सर्जक रहनु भएका तथा चर्चित गीत छेक्यो छेक्यो देउराली डाँडा हुस्स र कुहिरोलेको रचनाकार सुक गुरुङ्गको मृत्युलाई न त हुस्सुले छेक्न सक्यो न त कुहिरोले ।
पौष ६ गते रचनाकार गुरुङ्गको असमायिक निधनप्रति नेपाली गीत संगीतकारहरु विश्वस्त हुन सकेनन् । ५० बर्षीय गुरुङ्ग केही समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो । सुक गुरुङ्गका गीतहरु स्वदेश तथा विदेशमा सबैभन्दा बढी गाउने पोखराको नेपथ्य व्याण्डको नेपालय नै थियो । शायद यसैले पनि हुनसक्छ अष्ट्रेलियाको मेलवर्नमा कार्यक्रम लिएर पुगेका नेपथ्य व्याण्डका अमृत गुरुङ्गले स्टेजबाटै गुरुङ्गलाई भावपूर्ण श्रद्धाञ्जली दिनुभएको थियो । उहाँले गुरुङ्गसँगको आत्मियता, व्याण्डप्रति गुरुङ्गले पु¥याउनु भएको योगदान र उहाँका गीतहरुका सन्दर्भमा उल्लेख गर्दा अध्ययन तथा पेशाका लागि अष्ट्रेलिया पुगेकाहरु समेत एकछिन भावविह्ल भएका थिए । छेक्यो छेक्योे देउराली डाँडा, तालको पानी लगायत आधा दर्जन चर्चित गीतहरु त्यसबेला नेपथ्य व्याण्डले दर्शकमाझ सुनाएर गुरुङ्गप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरेको थियो ।
प्राकृतिक सुन्दरतालाई शब्दमा उनेर गीतको रचना गर्ने सुक गुरुङ्ग अब प्रत्येकका मनमा सम्झनाभित्र मात्र रहनु हुने भएको छ । उहाँको भौतिक शरीर हामी माझ नभएपनि उहाँका शब्द सिर्जनाले उहाँलाई कालजयी बनाएको छ । हामो पनि उहाँप्रति भावपूर्ण श्रद्धासुमन ।

तपाईको प्रतिक्रिया