छुट्टा छुट्टै स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ

झापा÷मेचीनगरनगर पालिका –७ बस्ने २४ बर्षीय खडगबहादुर दर्जी र सोही स्थानका २० बर्षीय दिपेन कार्की लागुऔषध खैरोहिरोयन ब्राउनसुगर सहित पक्राउ परेका छन।
हिजो बेलुका साढे ७ बजे मेची नगर नगरपालिका–६ स्थित सिमानाँका एरियाबाट दुबै जनालाई ६ सय मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसै गरी धरानको तिनकुनेबाट धरान –८ बस्ने ५१ बर्षीय राजु बुढाथोकी लागुऔषध सहित पक्राउ परेका छन । अस्थाई प्रहरी पोष्ट तिनकुनेबाट चेकीङमा खटिएको प्रहरीले ईटहरीबाट धरानतर्फ ट्याम्पुमा सवार गरी आईरहेका बुढाथोकीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९४ एम्पुल लुपिजैसिक, डाईजेलाप र फेरागन जस्ता लागुऔषध फेला पारी बरामद गरेको हो । पक्राउ परेका तिनै जना उपर सम्बन्धीत कार्यालयबाट कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया