घण्टाघरबाट हेर्दा

उपिन्द्रलाई भालुको कन्पट
नेकपाको चातु¥याई नबुझ्दा कानुन मन्तरी उपिन्दर जादवलाई मन्त्री पद यतिबेला भालुको कन्पट भा’छ । खप्रओले संविधान संसोधन गर्दिन्छम भनेर उपप्रधान मन्तरीको पगरी गुथाएर स्वास्थ्ये मन्तरी बनाइदिँदा जादव कम्ता फुरुङ्ग प¥या थिएनन् । तिनका टगरी भुइँमा थिएनन् । प्रयोग गर र फालिदेउ भन्ने राजनैतिक कखरा जादवले पढ्या भे आज वल्लो मन्त्रालयबाट पल्लो मन्त्रालयमा सार्दा पनि विचाराले छोड्न सक्या छैनन् । यतिबेला त खप्रओ बा’ले उपिन्द्रलाई पन्छाउन राजिन्दर महतो कार्ड प्रयोग गर्न थाल्या छन् । भित्र भित्रै जादव कम्ता मुर्मुरिएका छैनन् । मुर्मुरिएर मात्र के गर्नु छोड्न सक्ने भए पो ? आफ्नै पार्टीका नेताले मन्त्री पद छोड भन्दा पनि छोड्न सक्या छैन । कम्ता
पिरोलोमा छन् विचरा ? चट्ट छोडिडदिउँ भने गौर हत्या काण्डको आरोपमा फँसाइ देलान नछाडौ भने आफ्नै कार्जेकर्ताले बजाउलान भन्ने त्राही । जसो तसो लाज सरम पचाएर बस्न पाए पुलिसले गौर हत्या काण्डको आरोपमा अँठ्याइ त हाल्दैन । विचरा जादव बडो सकसमा छन् यतिबेला ।
रोशनी साहीको बेचैन
पहिला पहिला आइमाइको इज्जत सियोको टुप्पोमा हुन्छ भन्थे । तर हिजो आज यसमा व्यापक परिवर्तन आएको छ । अर्थात लोग्ने मान्छेको इज्जत आइमाइको थुतुनोमा अडेको हुन्छ । आइमाई स्त्री बम भएर पड्किएपछि कस्ता कस्ता महापुरुषहरु आकाशबाट एकैपटक जमिनमा पछारिन्छन् । कसैलाई खाइ बीष लाग्छ कसैलाई छोइछाई विष लाग्छ । आखिरी स्त्री विष लागेरै
छाड्छ । रोशनी साही र कृष्णबहादुर महाराबीचको इलु इलुचाहिँ हिरा राजा, लैला मजनुको जस्तै छ । अदालतले कृष्णबहादुर महरालाई छोड््दै नछोडने अडान लिएपछि विचरी रोशनी साहीको कम्ता वैैचनी बढ्या छैन । उता जेलभित्र महरा रोशनीकै यादमा अर्ध जस्ता भएका छन् यता जेल बाहिर साही छट्पटिएर उत्पात छ । उच्च अदालतले छोड्देलाकी भनेर अस्तिका दिन त विचरी अदालतसम्मै पुगिछन् । अदालतले यसो बुझिदिने प्रयास गरिदिनु पर्ने थियो । त्यो पनि गर्दिएन । चखेवा चखेवीको जोडीलाई त्यसरी अलग्गाइ दिनुचाहिँ हुने थे न कि ?
दुई तिहाइको गुह्य पाटो
नेपाला यतिखेर कम्निष्टको दुई तिहाइको सरकार छ । हाम्रो दुई तिहाइको बहुमत छ भनेर फुइँ हाँकेको पनि दुई बर्ष वितिसक्या छ । कम्निष्टको दुई तिहाइको सरकार जोरी पारीलाई तर्साउने मेलो मात्र भयो भन्ने घण्टाघरको ठम्याइलाई उत्तम चापागाईले पानी फेरि दिएका छन् । कम्निष्टको दुई तिहाइको वहुमत त पर्धानमती खप्रओको उपचार गर्न र प्रचण्डाउको परिवार पाल्न मात्र आ’को रे । चापागाई बाजेको कुरामा दम चाहिँ छ है । विकासका नाममा विगार्ने भन्दा फुट्टीभाङ्ग काम गर्न नसककेो दुई तिहाइको वहुमत पर्धानमन्तरीको उपचार र प्रचण्डाउका परिवारको भरण पोषणचाहिँ राम्रैसँग गर्र्दिया छ । नेप्लिज जन्ताले पेटमा काम्रो बाँधेर भएनि कर तिर्दैकै छन् । तिरेको करको सदुपयोग त हुनै प¥यो । कमसेकम रोगी पर्धानमन्तरीको उपचार त भएको छ । तीन तोला सुन र एक कट्टा जग्गा मात्र भएका प्रचण्डाउको गरिब परिवारलाई राजसी साँठगाँठ गर्ने हैसियत गनतन्त्रले नै जुराइदिया त हो ? चापागाईले कुराचाँिह खाट्टी नै ग¥या हुन् ।
कठोर रुपमा प्रस्तुत भा छन् रे
प्रदेश नं. १ का मुखमन्त्री शेरबहादुर राईले अस्तिका दिन बीचै मुखबाट प्याक्क बोलेछन् अब म प्रदेशलाई भ्रष्टाचारमुक्त गराउन कठोर रुपमा प्रस्तुत हुन्छु । मुख मन्तरीले अबचाहिँ केही गर्लान् कि ? त्यसै त बोल्या होइनन् होला ? तर तिन्ले भ्रष्टाचार र भ्रष्टाचारीलाई देख्दै देख्दैनन् । स्थानीय निकायमा कर्मचारी, जनप्रतिनिधिले जतिसुकै लु्ड्याउन भैसीले घाँस खाएर आँखा चिम्म गरेर उग्राए जस्तै उग्राइ दिन्छन् । प्र्रदेश १ का सडक, पुल पुलेसामा ठेकेदार र सत्ता पक्षीय डनहरुले जतिसुकै हत्यास गरुँन त्यसमा पनि भैसीले घाँस खाएर आँखा चिम्लिएर उग्राए जस्तै उग्राइ दिन्छन् । सननन १, २ करोडको गाडीमा र्दौडन पाएकै छन् । धान रोपाई देखि ट्वाइलेटसम्म पुगेर उद्घाटन गर्न गफ जोतन पाएकै छन्,, सरकारी भवनमा खुट्टो पसारेर दानापानी चपाउन पाएकै छन् । वित्थामा प्रदेश न. १ का भ्रष्टाचारीहरुलाई कार्वाही गरेर किन टेन्सिन लिनु ? बेला बेलामा कार्वाही गर्छु भनेर भाषण पो गर्ने हो त । कार्वाही नै त गरिहाल्ने होइन नि । कि कसो हौ मुख मन्तरी जी ? राजनीति त बुझ्नु भा छ । वात करता है ।
राष्ट्रवाद लुते भयो रे
हाम्रो देशका सांसदहरु पनि उदेक लाग्दाका छन् । उँधो बगाएर उँभो खोज्न हिड्नु जस्ता । हाम्रा पर्धानमन्तरीलाई जथाभावि बोलेर सांसदहरुले कम्ता टेन्सिन दिएका छैनन् । विचरा विरामी छन् र पो त नत्र अस्ति नै पर्धानमन्तरीबाट
राजीनामा दिइ सक्थे । टोकेसो पनि अलि अलि पो हुनुपर्छ त ? अस्तिका दिन त आÏनै सांसदले कतिसम्म भन्न भ्याएछन् भने तपाईको राष्ट्रवाद किन लुते भयो रे । यस्तो जाबो कुरा पनि गर्ने हो ? त्यसै त्यसै रिसले भाउन्न भयो होला पर्धानमन्तरीलाई । तर पनि विचरा चुपचाप बसिद्या छन् । खप्रओका राष्ट्रवाद लुते हुनै सक्दैन । हुने कुरा पनि भएन । हनुमान भए तिन्ले सांसदहरुलाई छाती चिरेरै देखाइदिन्थे । तर के गर्नु विचारा हनुमान हैनन्, राष्ट्रवाद भन्या बलियो र लुते हुँदैन भनेर ती मुरख सांसदहरुलाई कस्ले पढाइदिने ?
का· र वामले चड्कन भेट्थे
लिम्बुवान पर्देशका अभियन्ता कुमार लिंगदेनले अस्तिका दिन इलामतिर गएर कडै भाषन ठोक्देछन् । उन्ले संसदमा लिम्बुवानका तीन जना मात्र सांसद भैदिएका भए काँग्रेस र नेकपा (काङ्ग वाम) का नेताहरुले संसदमै कुटाइ खाइसक्थे रे । अर्काका कुरापनि नसुन्ने आफू पनि सिन्को नभाच्नेलाई मोवाइलले हान्ने, चप्प्पलले हान्ने गर्नुपर्छ । लिम्बुवानको एकजना सासद भएकोले केही गर्न नसकेको
रे । हैट लिंगदेनको यो कुरा पहिला नै मतदाताहरुलाई थाहा थे छ कि क्या हो ? धन्न तीन सिटमा जिताएनछन् । तीन सिटमा जिताएका मात्र भए आज दिनैपिच्छे काङ्गवामको नेताले हनुमान धुलाई भेट्थे । देशाँ जतिसुकै अराजकता भएनि काङ्ग वामको नेताहरु जोगिनुको कारण त लिम्बुवानले तीन सिट सम्म नपाएर पो रै’छ, लौ काङ्गवामका नेताहरुका दिन बलियै रै’छ ।
पाखा लगाइदै छ रे
नेकपाका बरिष्ठ नेता माकुन्याउले भन्या मलाई पाखा लगाइदैछ रे । माकुन्याउ भन्या त कागको फूल टिप्ने मान्छे पो हुन त गाँठे । तर पाखा लगाउने कुरा भने उन्ले वल्ल पत्तो पाएछन् । महासचिव भैसक्या, पर्धानमन्तरी भैसक्या मान्छेले समेत ढिलो कुरा बुझेको देख्दा
घण्टाघरलाई उदेक लाग्या छ । पर्धानमन्तरीले जे ग¥यो त्यसको विपरीत गएसी’ माकुन्याउ पाखा नलागेर के लाग्छन् त ? खप्रओलाई स्वास्थ्य लाभको कामनाको शुभकामना दिँदा खप्रओले डल्लै फर्काइदिएका थिए । दुवै जना बीचमा लामो समय सम्म वात चित नै भएन । पधेर्नीहरुको बोलचाल बन्द जस्तै भाथ्यो । भर्खरै मात्र दुई जना बीचमा खस्याक खुसुक चल्न थाल्या हो क्यारे । कहिले खप्रओले गरेका निर्णयमा असहमति जनाएर नोट अफ डिसेन्ट लेख्ने, कहिले संसोधन प्रस्ताव हाल्ने भएसी माकुन्याउ पाखा नलागेर को लाग्छ त ? अहिले खप्रओ र प्रचण्डाउको घाँटी एकै ठाममा जोडिएको कुरा माकुन्याउले पत्ता पाएन छ कि क्या हो ? आखिरी राजनीति भन्या एकले अर्कालाई पाखा लगाएर बुई चढ्ने त हो नि । कि कसो हौ ?
अन्तेमा
राजापाका अध्येक्षे राजिन्दर महतो यतिबेला दंगदाश भएका छन् । किन नहुन त खप्रओवाले उपिन्दर जादवबाट हात निमालेर राजिन्दरको काँधमा हाल्देका छन् । राष्ट्रिय सभाको निर्वाचनमा लगनगाँठो कस्न दुवै एक अर्कासँग नजिकिएका भए नि गृह्य कुराचाहिँ अर्कै छ भन्छन् । उपिन्दरलाई विस्तारै विसारै साइड लगाएर महतोलाई च्याप्दा ठीक होला भनेर खप्रओले त्यसो ग¥या भन्ने चर्चा छ । होला पनि डाइलाइसिस गराएरै भए नि पर्धानमन्तरी चलाउनु प¥या छ । यसो एकआद्य मन्तरी कोटरीमा हाल्देसी’ राजीन्दरलाई पुगिहाल्छ । यी सबै कुरा खप्रओ बा भलिभाँति जान्दछन् । कि कसो हौ ?

तपाईको प्रतिक्रिया