कम्युनिस्टहरुको लुटको धन्दा

धरान÷गाउँ गाउँमा जनताको सेवा सुविधाका लागि सिंहदरबार पु¥याउने प्रतिबद्धता जनाएका सत्तासीन कम्युनिस्टहरुले चरम भ्रष्टाचार र
अराजकता पु¥याएको भन्दै यतिबेला सर्वत्र विरोध हुन थालेको छ ।
पाइलैपिच्छे अनेकौ शिर्षकमा कर लगाएर कम्युनिस्टको सरकारले दुःख दिएको भन्दै यातायात चालकहरुले धनकुटा साँगुरीगढी गाउँ पालिकाको विरोध गरेका छन् । धरानबाट भेडेटार हुँदै धनकुटा, तेह्रथुम तथा अन्यत्र हिडेका सवारी साधनबाट सुनसरीको भेडेटार तल केही झुण्डले जबरजस्ती स्थानीय पूर्वाधार, सरसफाई तथा पुनः व्यवस्थापन र पार्किङ्ग शुल्क वापत भन्दै रकम असुल गर्दै आएको चालक राजेश श्रेष्ठले बताउनु भयो ।
उहाँले भन्नुभयो कम्युनिस्टको सरकार आउनु भन्दा अगाडि त्यसरी कहिल्यै कर उठाइएको थिएन । सडकमा हिड्दा कति ठाउँमा कर बुझाउने ? गाविस, नगरपालिका सबै ठाउँमा असुल्छन् । पूर्वाधार, सरसफाई, पुनः व्यवस्थापन लगायतका शुल्क स्थानीयले बुझाउने हो, बाहिरबाट गएकाहरुसँग होइन उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया