राजधानी÷भारत सरकारको सहयोगमा नेपालका २१ जना अधिकारीहरु भारतको फरियावादमा सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ६ दिने प्रशिक्षणमा सोमबारबाट सहभागी भएका छन् ।
प्रशिक्षण कार्यक्रममा सहभागी नेपाली अधिकारीहरुको यो तेस्रो समूह हो । उनीहरु भारतको परियावाद स्थित नेशनल एकाडेमी अफ कस्टम, इन्डाइरेक्ट ट्याक्सेस एण्ड निकोटिन (एन एसी आइएन) प्रशिक्षणका लागि पुगेका हुन् ।
प्रक्षिणमा सहभागी नेपाली अधिकारीहरुले सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी हुने क्रियाकलापलाई निस्तेज गर्न सक्ने क्षमता सम्बन्धी प्रशिक्षण लिनेछन् । नेपाल सरकारका अधिकारीहरुलाई यस्ता कुरामा क्षमता अभिवृद्धि गराउन नेपाल सरकारको आग्रहमा यो प्रशिक्षण कार्यक्रम शुरु भएको हो । प्रशिक्षण कार्यक्रम भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन हुने बताइएको छ ।
