लाठ्ठीमात्र होइन कुकुरलाई उमेद्वार बनाएर उठाए पनि
धरानमा नेकपाले निर्वाचन जित्छ भन्ने कम्युनिस्टको गढ यस पटक गर्लाम्म ढलेको छ । कम्युनिस्टको लालकिल्ला ढलेको मात्र छैन कम्युनिस्टको अहंकार, ज्यादतिको समेत पतन भएको छ ।
कम्युनिस्टहरुले धरानमा धरान उपमहानगरपालिकाको उप निर्वाचनमा आएर आफूहरुको यो हदसम्मको पतन होला भनेर कल्पना समेत गरेका थिएनन् । ६१ बर्षपछि धरानमा नेपाली काँग्रेसले चारतारे झण्डा फहराएको छ । वि.स. २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसबाट डिठ्ठा ज्ञानचन्द चौधरीले यस ठाउँबाट निर्वाचन जिते पनि पछिल्ला दिमा पञ्चायतभित्र खेलेर भएपनि वामपन्थीहरुले नै धरान उपमहानगरपालिकामा नेतृत्व गर्दै आएका थिए ।
वि.सं. २०४६ साल पश्चात धरान उपमहानगरपालिकामा एमालेको एकलौटी वर्चश्व रहँदै आएको थियो । यो २८बर्षको अवधिमा कम्युनिस्टहरुले धरान बनाउने भन्दा पनिआफू बन्ने काम मात्र गरे । सम्झन लायक र धराने जनताले अनुभूति गर्ने कुनै काम गरेनन् । सदैव गरिब, सर्वहारा वर्गको पार्टी एमाले मात्र हो भन्दै धराने जनतामाझ झुटको खेती गरेर केवल मत लिएर सत्तामा पुग्ने काम मात्र गरे । जनवादी गीतबाट प्रभावित भएर यहाँका अव्यवस्थित बसोबास गर्ने, मजदुर, निम्न वर्गका मानिसहरुको मन तान्ने काम मात्र गरे । तर जनता धेरै सचेत भइसकेको छन् । अब झुटको खेति गरेर दीर्घकाल सम्म वर्चस्व कायम गर्न सकिदैन भन्ने कुराको उनीहरुले हेक्का राख्न सकेनन ।
पछिल्ला दिनमा एमाले हालको नेकपाको मनोमालिन्य यति बढेको थियो कि धराने जनता त्यसको बदला लिने उपयुक्त समयको पर्खाइमा थिए । एउटा सामान्य परिवारबाट धरान नगरपालिकाको नेतृत्वमा आएको व्यक्तिले दुई बर्षको अवधिमा धरानका विभिन्न स्थानमा आफन्तको नाममा घडेरी खरिद गर्ने, अख्तियारको आँखा छल्न आफ्ना चालकको नाममा समेत घडेरी खरिद गरेर राख्ने, अदालतको आदेशको अवज्ञा गर्देै धरानका दीर्घकालीन महत्वका सावजनिक सम्पत्तिको दुरुपयोग गर्ने, आफनै पार्टीका कार्यकर्ताको मान मर्दन गर्ने, निजी स्वार्थमा केन्द्रित हुने, धरानको सर्वसाधारणले तिरेको करबाट लाखौ रुपैया जाँड पर्टीमा सिध्याउने , पर्यटकीय क्षेत्रको अवलोकन अध्ययन गर्ने नाममा नगरपालिका भ्रष्ट कर्मचारीहरुाई साथमा लिएर लाखौ रुपैया विदेश भ्रमणमा सिध्याउने, अत्याधिक कर बृद्धि गरी असुल्ने तर नगर विकासमा सिन्को नभाच्ने, धरान उपमहानगरपालिकालाई आफ्ना कार्यकर्ताको भर्ति केन्द्र बनाउने, भ्रष्ट कर्मचारीहरुलाई सरक्षण गरेर कमाउ भन्दामा लिप्त हुने बाहेक कुनै काम गर्न नसकेपछि धराने जनता यस पटक परिवर्तनको पक्षमा आए ।
नेपाली काँग्रेस धरानको स्थानीय नेतृत्वमा नहुँदा पनि धरानलाई धेरै कुरा दिएकोमा कसैको दुइमत छैन । अन्तर्राष्ट्रिय स्तरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई काँग्रेसले दिएको हो । बीपी काइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास गर्न गिरिजा प्रसाद कोइराला धरान आउँदा तत्कालीन एमाले हालका नेकपाले हामीलाई हस्पिटल चाहिदैन भनेर कालो झण्डोखाउँदै ढुगा मुढा
गरेको तत्कालीन अवस्थाको याद आज पनि धेरै छ । आज धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नभइदिएको भए धरानको अवस्था कस्तो हुने थियो ? स्वभावैले कम्युनिस्टहरु विकास विरोधी हुन्छन् भन्ने कुरामा दुई मत छैन । नत्र धरानमा यतिका बर्ष स्थानीय शासन सत्तामा हुँदा कम्युनिस्टले किन केही गर्न सकेनन् । एउटा बस स्टेन्ड व्यवस्थित गर्न नसक्ने, बर्षौदेखिको सकुुम्बासीहरुलाई आज सम्म सुकुम्बासी नै बनाएर राख्ने, खानेपानीका नाममा एडिवीको
रकममा चरम भ्रष्टाचार गर्ने, विभिन्न एजिओ आइएनबाट अकुत
रकम कुम्ल्याउने काम मात्र गर्दा कम्युनिस्टको लालकिल्ला धराने जनताले भन्त्काइ दिएका छन् ।
