नेकपा कोदो र तोरीको मिश्रण हो–अशोक राई

धरान÷संघीय समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेकपा भनेको कादो र तोरीको समिश्रण भएका बताउनु भएको छ ।
धरान उपमहानगरपालिकाको यही मंसिर १४ गते हुने निर्वाचनमा उक्त पार्टीबाट मेयरका प्रत्यासी बन्नु भएका गजेन्द्र इस्वोको चुनावी
प्रचारका क्रममा धरान वडा नं. २० विष्णुपादुका र धरान वडा नं. १६ मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दे राईले त्यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो कोदो र तोरीको समिश्रणबाट न पीठो निस्कन्छ न तेल निस्कन्छ । नेकपाबाट न मुलुकले समृद्धि हाँसिल गर्छ न जनता सुखी हुन्छन् । मुलुकको वर्तमान अवस्थाप्रति संकेत गर्दे बरिष्ठ नेता राईले भन्न्नुभयो मुलुक अस्तव्यस्त छ । चौतर्फी लुट र अराजकता छ । धरानकै सन्दर्भमा उहाँले भन्नुभयो धरानमा नेकपाले अहिलेसम्म नेतृत्व गर्दा गौरव गर्न लायकको के विकास ग¥यो ? तसर्थ यस पटक संघीय समाजवादी पार्टीलाई अत्याधिक वहुमतले विजयी गराई धरानको सुन्दर भविष्य र विकास निर्माणमा टेवा पु¥याउन अनुरोध गर्दछु राईले भन्नुभयो । दुवै स्थानका कार्यक्रममा पूर्व एमाले र माओवादीबाट प्रवेश गरेका दर्जनाँै कार्यकर्तालाई उहाँले टीका लगाएर स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया