धरान÷आसन्न धरान उपमहानगरपालिकाको उप निर्वाचनमा नेपाली काँग्रेसका सशक्त प्रत्यासी तिलक राईलाई विजयी गराउन वडा नं. २ का सम्पूर्ण महिलाहरु यतिबेला घरदैलो अभियानमा सक्रिय भएका छन् ।
उनीहरुले धरान उपमहानगरपालिका वडा नं. २ की महिला सदस्य सन्ध्या श्रेष्ठको संयोजककत्वमा ५१ सदस्यीय महिला परिचालन समिति नै गठन गरेका छन् । नेपाल महिला संघकी जिल्ला सभापति विजया कटुवाल र नेपाली काँग्रेस धरान उपमहानगरपालिका महिला परिचालन समितिकी संयोजक श्यामा
रेग्मीको उपस्थितिमा गठन गरिएको वडा नं. २ महिला परिचालन समितिको सह संयोजकमा किशन राई, सचिवमा साधना खनाल, सह सचिवमा दिपा श्रेष्ठ र कोषाध्यक्षमा करुणा श्रेष्ठ रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा रस्मी निरौला, गंगा शाक्य, सुनिता बज्राचार्य, कमला श्रेष्ठ, वेनजीर रावल, अन्जना जोशी, ममता
बराल, दिपा ताम्राकार, सिर्जना गुभाजु, निमा अग्रवाल, शारदा पलिखे, मञ्जु सोनी, पार्वती पलिखे, संगीता श्रेष्ठ, निलु जोशी, सीता खतिवडा, ललिता कार्की, मिनु कर्माचार्य, मीना श्रेष्ठ, प्रकृति श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, अर्पणा श्रेष्ठ, सावित्री श्रेष्ठ, मैया श्रेष्ठ, मुना
शंकर, निर्मला श्रेष्ठ, मीना गुरुङ्ग, छुनु तामाङ्ग, सविना श्रेष्ठ, सविना राई, सविता तामाङ्ग, लक्ष्मी राई, सीमा श्रेष्ठ लगायत रहनु भएको छ ।
