धरान÷ मंसिर १४ को उपनिर्वाचन बहिष्कार गरेको देशभक्त गणतान्त्रिक मोर्चा नामको पार्टीका ९ जना कार्यकर्ताहरु धरानबाट पक्राउ परेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय धरानले आइतबार साँझ धरान १ स्थित छाताचोकबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका नेता, कार्यकर्ताहरु हुन् । उनीहरुको साथबाट पर्चाहरु थान १५, साउण्डबक्स थान १ र सोको वायरलेस माईक थान १ वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा मोर्चाको केन्द्रीय सदस्य तथा प्रादेशिक सदस्यहरु टिकारांम राई, तारक लिम्बु र मोहन लिम्बु रहेका छन् । यस्तै, साधारण सदस्य पारश लिम्बु, प्रादेशिक सदस्य पदम तामाङ, गौरव राई, जय आचार्य, राम बहादुर पौडेल र साधारण सदस्य सन्तोष ठाकुर रहेको प्रहरीले जनाएको छ ।
