Mrs Universe Business Lady 2017 पिंकी राजघरियालाइ प्रदेश सरकारद्वारा भव्य स्वागत

विराटनगर÷भारतको मुम्बई कर्मथलो भएपनि जन्मथलो नेपालको धरान भएकी Mrs universe business lady 2017 पंकी राजघरियालाई प्रदेश सरकारले सुभारम्म गरेको पर्यटन बर्ष २०२० सफल बनाउन आयोजित विशेष समारोहमा पर्यटन स्थलको प्रचार, प्रसार र प्रवद्र्धन कार्यक्रममा भव्य स्वागत गरिएको छ ।
आइतबार विराटनगरमा आयोजित एक विशेष समारोहमा Mrs Asia she is Asia 2017, Mrs Asia Univers 2017, Mrs Easterrn India 2016, Mrs India Fitness 2016, Mrs most Popular Mrs India 2016 उपाधि हासिल गर्नुभएकी राजघरियालाई विराटनगर आएको पर्यटकीय इम्याजिङ्ग टोलीसँगै विशेष स्वागत गरिएको हो ।
इम्याजिङ नेपालको सहकार्यमा प्रदेश न. १ उद्योग, पर्यटन, वन तथा वातावारण मन्त्रालयले विविध क्षेत्रका ७० जना सेलिब्रेटीहरुलाई स्वागत एवम् सम्मान गरेको थियो । पूर्वका पर्यटकीय गन्तव्य स्थलको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रदेश सरकारले यात्रा पूर्वको शुभारम्भ गरेको कार्यक्रममा पिंकी राजघरियालाई महत्वका साथ आमन्त्रण गरिएको थियो । प्रदेश सरकारको उक्त अभियनमा ७० जना अन्य देश तथा नेपालका गरी सहभागी थिए । सम्मान एवम् स्वागत कार्यक्रमका दौरान कहिले सुश्री, कहिले श्रीमतिबाट सम्बोधन गरिँदा राजघरियाले अन्तुष्टि समेत जानाउनु भएको थियो । उहाँले धरान साप्ताहिकसँगको विशेष कुराकानीमा भन्नुभयो सही ढंगले सम्बोधन गर्न आफूले वन तथा पर्यटन मन्त्री जगदिश कुस्यौतलाई आग्रह समेत गर्नुप¥यो । त्यसरी जथाभावि सम्बोधन गर्न मात्र हैन कहिले व्युटी क्विन भन्ने गरेको, कहिले व्युटी कन्टेस्टमा सहभागी भएको भन्ने गरेकोले आफूलाई असहज महसुस भएको समेत उहाँले बताउनुभयो । यद्यपि उहाँले प्रदेश सरकारले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्देै भन्नुभयो नेपालको पूर्वी क्षेत्र पर्यटकहरुकालागि मनमोहक स्थल हो । धार्मिक प्राकृतिक दृष्टिले पूर्व धनी रहेको प्रष्ट पार्दै उहाँले ताप्लेजुङ्गको पाथिभरा, खोटाङ्गको हलेसी, सप्तरीको सखडा, छिन्नमस्ता, सुनसरीको बराहक्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थल हुन भने सगरमाथा, कञ्चनजंघा, कुम्भकर्ण , मकालु्, अन्नपूर्ण हिमश्रृंखलाहरु प्राकृतिक दृश्यको अवालेकन गर्न आउने पर्यटकहरुका लागि आकर्षकका केन्द्र हुन् । नेपालको भ्रमण बर्ष २०२० लाई हरेक दृष्टिले सहयोग पु¥याउने समेत उहाँले प्रष्ट पार्नुभयो ।
सो अवसरमा पदेश न. १ का मुख्यमन्त्री शेरधन राई, वन तथा पर्यटनमन्त्री जगदिश कुस्यैत, नविल बैंकका सिइओ अनिल केशरी साहलगायतले पूर्वको पर्यटकीय क्षेत्रहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

तपाईको प्रतिक्रिया