ह“साउन सम्म ह“साए वा
अस्तिका दिन प्रचण्डाउले साह«ै हसाए । पेटक कटक्क हुन्ज्याल हँसाए । वाक्क दिक्क हुने गरी हँुसाए । खप्रओको झालेमाले पार्टी र प्रचण्डाउको बेपत्ते पार्र्टी एक भएपनि जिम्मेवारी नपाएर डुक्रिदै हिडेका प्रचण्डाउलाई झिनामसिना काम गर्ने जिम्मा खप्रओले दिए । केही जिम्मा नपाउनु भन्दा केही पाएकै राम्रो । झिनामसिना जिम्मेवारी पाएसी’ पचण्डाउको फूर्तिफार्ति निक्कै बढेको छ । अस्तिका दिन त प्रचण्डाउले मलाई पर्धानमन्तरी बन्ने हतारो छैन भनेर भन्न सम्म भ्याएछन् । तिन्का करा सुन्दा कस्को पेट बाउडिएन होला ? खप्रओले बल्ल बल्ल दुई बर्ष पछि एउटा जिम्मेवारी दया छन् । जथाभावि थुतुनो चलाए त्यो नि वापस लेलान् । प्रचण्डाउलाई पर्धातमन्तरी बन्न कम्ता हतारो छ ? यस भन्दा अगाडि आलोपालो सरकार चलाउने सहमति भा’छ भनेर भाषन ठोक्दै हिड्या होइन ? अबको पर्धानमन्तरी मै बन्छु भन्या होइन ? हुन त प्रचण्डाउलाई आफू के बोल्र्दैछु भन्ने कुराको पत्तै हुँदैन । पछि मिडियाले त्यसलाई बाहिर ल्याइदिएसी’ पत्रकारले मेरो भावना नै बुझेनन् भनेर बुरुक्क उफ्रने गरेको कस्लाई थाहा छैन । पर्धानमन्तरी हुनलाई न्वारानदेखिको बल लगाउँदा पनि केही पार नलाग्ने देखेपछि हिजो आज आफूलाई हतारो नएको भन्दै रुन्चे भाषन गर्दै हिड्या छन् ।
जादवको मन्त्रालय चैट
संघीय समाजवादी पार्टीका अध्येक्षे उपिन्द्र जादवको मन्त्रालय रातारात परिवर्तन भा’छ । माने स्वास्थ्य मन्त्रीबाट जादवलाई कानुन मन्तरीमा घटुवा गरिदिया छ । भारत भ्रमणतिर गएका जादवलाई अत्तोपत्तो न नदिई पर्धानमन्तरी खप्रओले सुटुक्कै साटी
दिए । अब जादवले के गर्लान ? संविधान संसोधनको सर्त सहित सरकारमा गा’का जादवले कानुन मन्त्रालय सम्हाल्लान् कि नसम्हाल्लान् ? वर्तमान संविधान ठीक भएन भनेर कहिले पुनर्लेखन गर्नुपर्छ, कहिले जलाउँदै हिड्ने जादवले कानुनको रक्षा गर्लान् ? जोसुकैले जे सुकै भनोस जादवले चर्पासी मन्त्रालयको मन्तरी समेत छाड्दैनन् । जादवका दायाँबाया यतिखेर दुई तरिका नन्दीभृंगीहरु देखा परेका छन् । एकथरी नन्दीभृंगीहरु भन्छन् जादवले कानुन मन्त्रालय सम्हाल्नुपर्छ । अर्कातिर भन्छन् हुँदैन छोड्नु पर्छ । मन्त्रीको सवाल जो छ । फेरि मन्त्री हुन पाइएला कि नपाइएला । अहिले सनक्क सन्किएर छोड्नु हुँदैन भन्ने मनस्थितिमा जादव पुग्या छन् । धन्न खप्रओले मन्त्रालयमात्र चैट बनाइदिएछन् मन्त्रीबाटै चैट बनाइद्या भए वातै खलास हुन्यो ।
सात पुस्ते सम्पति जफत
झालेमालेका पिलन्धरे नेता माकुन्याउले अस्तिका दिन खै कुन्नी के जाति ठाममा गएर भाषन ठोकेछन । बोल्ने कुरा केही नपाएसी’तिन्ले भाच्चिएर भनेछन् देशमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत गर्नुपर्छ रे । सात पुस्तालाई खाने सम्पत्ति कस्ले लुटेछ माकुन्याउले मर्दा पनि भनेनन् । फयाट फ्याट्ती नाम भनेको भए पनि त हुन्थ्यो । नाम भन्न समेत माकुनेले किन कन्ज्युस्याई ग¥या होलान् ? सात पुस्तालाई कमाउनेहरुको आक्रमणको चिन्ताले हो कि क्या हो ? माकुन्याउ कुरा त गर्छन् तर अधुरै गर्छन् क्या । वाइडबडीमा डकार्ने, ३३ किलो सुन छु मन्तर गरेर गायव बनाउने, वाल्वाटारको जग्गा प्लटिङ्ग गरेर बेच्ने, फोरजी काण्डमा अरबौ चैट बनाउनेहरुले माकुनेलाई धम्की दिएछन् कि क्या हो ? नत्र त त्यसरी माग गरिसकेसी’ फलानो फलानोले सात पुस्तालाई पुग्ने हसुरेका छन् भनेर फटाफाटछ नाम भन्दिया भए ख्याल गज्ज्ब हुने थिएन । हुन त चोर चोर मौसरे भाइ भन्छन् । त्यही सुत्रले काम ग¥या होला ।
घोक्रो ठ्याक लगाउने तयारी
विद्युत प्राधिकरणका सिइयो कुलमान घिसिङ्गलाई हँटाउन नेकपाका बडे बडे नेताहरु न्वारानदेखिको बल लगाएर हैसे गरिररहेका छन् । प्रचण्डाउ बर्षमान पुन, जनार्जन शर्मा, कुलमानलाई हटाउने योजनाको तानावाना बुनिरहेका छन् । हँटाउलान पनि । यतिबेला डाडु पन्यू यिन्कै हातमा छ । कस्लाई राख्ने कसलाई हटाउने यिन्कै तजविजमा भर पर्छ । कुलमानलाई घोत्रेठ्याक नलगाए विद्युत माफियाहरुबाट माल नझर्ने स्पष्ट भएसी’ कुन छिद्र प्रयोग गरेर हुन्छ हँटाउनै पर्ने बाधयता उनेरमा छ । कुलमान बेबकुव त बेबकव हुन् । जस्तो आँगन छ त्यस्तै नाच्नु पर्दैन ? आँगन सम्याएर नाचेर हुन्छ ? चौविसै घण्टा नेपाली जन्तालाई किन चाहियो विद्युत ? यसो दुई चार घण्टा दिए पुगिहाल्थ्यो । चौबीसै घण्टा विद्युत दिएसी’ विचरा इन्भर्टर, जेनेरेटरको धन्दा गर्दे आएका व्यापारीहरुको हालत के भयो होला भनेर यसो बुझ्नु पर्दैन ? तिनीहरुले गरी खानु पर्दैन ? अति गर्नु अतिचार नगर्नु क्या । तिनै व्यापारीले मोटो दाम दिएर कुलमानलाई घोक्रेठ्याक लगाउन खोज्या रे ।
गाली गरेर प्रगति हु“दैन रे
अपुताली मन्त्री भएपछि ताप्लेजुङ्गे भट्टराई यतिबेला भुई न भाँडामा भा’छन् । किन नहुन् त केपी वाले रविन्द्र अधिकारीको अपुताली मन्त्रालयको मुखिया भएसी’ श्रीमति, साला, साली, भान्जा भान्जी जेठान सबैलाई ठाम ठाममा ठ्याक्क ठ्याक्क राखिदिया छन् । पिलेन तिन्को आफ्नै हो जतिबेला मन लाग्यो त्यतिबेला चढ्छन् । उनी नचढी पिलेन उड्दै उड्दैन । कसैले बकबक ग¥यो भने अरिंगाल खन्याई दिन्छन् । झण्डै ज्ञानेन्द्र साहीको चिलिम फर्काए । अति भएसी खति हुन्छ नै । ययबेला सबैले यिन्लाई गाली गर्देै धक्कार्न थालेसी अस्तिका दिन नेतालाई गाली गरेर देशको प्रगति हुँदैन भनेर फलाक्न भ्याएछन् । कसैले तपाई भनोस कि नभनोस आफै मपाई हुनु त भएन नि । तिन्लाई कस्ले नेता मान्या छ र ? मौका पर्दा नेप्लिज जन्ताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई त गाली
गर्छन् । विचारा भट्टराई कुन खेतका मुली हुन र ? कि कसो हौ ?
फेरि हावा ठोकेछन्
हामा पर्धानमन्तरी खप्रओलाई हावा ठोक्न त कस्ले भ्याउँछ र ? अब त सबैले जिस्क्याउन थालेसी, हावा ठोक्न कम गर्लान कि भन्या त पारा उही हो हुन त नानीदेखि लाग्या बानी सितिमिति अरुले भन्दैमा जाने होइन । अस्तिका दिन सिन्धुपाल्चोकतिर आएर भन्देछन् अब हामी छोटो समयमा द्रुत विकास गर्छम रे । खै पत्याउने कि नपत्याउने ? पहिला हावाबाट विजुली निकालेर देशैभरि छेलोखेलो बनाइदिएकै हुन् । घर घरमा ग्याँसका पाइप हुल्दैकै हुन् । पूर्व पश्चिम रेल गडडड दौडाइदिएकै हुन् । स्वास्इ स्वाई पानी जहाज चलाइदिएकै हुन् । बीचमा खप्रओ वा बोल्न अलि कम भएको थिए । चिनियाँ राष्ट्रपतिले रेल चलाउन नेपालमा सम्भव नभएको भनेर असोजतिर आउँदा प्वाक्क बोल्देका थिए । त्यसपछि अलि ठण्डा भा’थे खप्रओ वा । फेरि हिजो आज वर्वराउन थाल्या छन् । छोटो समयमा विकास र समृद्धि हासिल गर्ने रे । बाको भाषन सुन्दा नि हिजो आज घण्टाघरलाई कुरी कुरी लाग्न थाल्या छ ।
केवलकार चलाउने रे
हैन हौ नेपालका कम्निष्टहरुले सद्धे गफ कहिल्यै नगर्ने भए । जहिल्यै नि हावा गफ ग¥या छ ग¥या छ । बाल्वाटारमा बस्नेले हावा गफ
गरेपछि तल्लो तहमा बस्नेले ग¥यो भने के विस्मात मान्नु ? आखिरी नल्स त एउटै हो । अस्तिका दिन प्रदेशका एकजना मन्तरीले धरानमा आएर धरानेहरुलाई उल्लु बनाउनु सम्म बनाएछन् । धरानबाट भेडेटारसम्म केवुलकार चलाइदिने रे । सडकका ज्यानमारा खाल्डाखुल्डी पुरिदिन्छौ, सडक विस्तार गरिदिन्छौ, शान्ति सुरक्षामा कडाई गर्छम भन्या भए त लौ लौ भन्नु ? अब जाबो स–साना काम गर्न नसक्नेले केवुलकार चलाइदिन्छौै रे । शहर कुरुप बनाएर त्यो केवलकार के गर्नु ? काम गर्न नसने पनि यो चाहिँदा गफ गर्दिए पनि त हुन्थ्यो ।
अन्तेमा
सरकारका थुतुनेको अस्तिका दिन कडा प्रतिक्रिया आयो । काँग्रेसले निहुँ खोजे वाइडवडी र सुन काण्डमा ठोक्ने रे । मुल्यांकनमा फेल भएका थुतुनेले ठोक्ने कुरा ग¥या अलि सुहाएन । वाइडवडीमा टन्न माल आफू बजाउने, क्विन्टलका क्विन्टल सुन गायव बनाउने, रातारात पित्तलमा परिणत गरेर जन्तालााई उल्लु बनाउने अनि ठोक्नेचाहिँ काँग्रसलाई रे । आफै धामी आफै बोक्सी भन्या यही हो । काँग्रेसले सरकारको २१ महिनाको २१ असफलता औल्याइदिएसी सूचनेको कन्पारो ठीक ठामा छैन भन्छन् । खै क्या हो क्या हो ? काम गर्ने आफ्नो ह्याउ पनि पुग्दैन अनि अरुले औंल्याइदियो भने रनक्क हुने । गज्जब छैन त ?
