धरान÷आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा नेकपाले आफ्नै कार्यकर्तालाई माला र अविर लगाई नेपाली काँग्रेसबाट प्रवेश गरेको भन्दै सञ्चार माध्यममा भ्रम सिर्जना गरेको भन्दै नेपाली काँग्रेस वडा नं. १ चुनाव प्रचार प्रसार समितिका संयोजक मदन ढकालले सबैमा भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
नेकपाले कार्तिक ३० गते, शनिवार धरान १६ जन आन्दोलन बस्तीका युवाहरु प्रज्वल भुजेल, रोशन तामाङ्ग, भवानी भुजेल, राजन गुप्ता, शैलेष श्रेष्ठ, राहुल विक, राकेश श्रेष्ठ, आशिष प्रधान, धनबहादुर श्रेष्ठ, स्वास्तिका भुजेल, सुमित राई, शिवु राई, विके राई, मञ्जिल सुनुवार राई, मनोज विक, अजय चौधरी, अनिष भुजेल, आशिष भुजेल, प्रवीण विक, बरुण कार्की, प्रदीप भुजेल, दीपा प्रधान, नैना विक, अनिषा राजधामी, नरेन राई, प्रेरणा राई, पूजा श्रेष्ठ, अन्जना राई, इन्दिरा राई लगायत नेपाली काँग्रेसबाट नेकपामा प्रवेश गरेको भनी सञ्चारमाध्यममा आएको समाचारप्रति आश्चर्य व्यक्त गर्दे विज्ञप्तीमार्फत मतदातालाई भ्रममा नपर्न आगैह गर्नुभएको छ ।
संयोजक ढकालले सोमबार एक विज्ञप्ती प्रकाशित गरी उप निर्वाचनको प्रचार प्रसारको क्रममा नेकपाले धरान १६ स्थित जन आन्दोलन बस्तीमा कार्तिक ३० गते आफनै नेकपाका कार्यकर्ताहरुलाई उमेद्वार लगायतकाले फूल अविर लगाई काँग्रेसबाट प्रवेश गरेको भनी गरेको प्रोपोगण्डाप्रति पुनः भ्रममा नपर्न आग्रह गर्दै निजहरु यसभन्दा अगाडि नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहेको प्रष्ट पार्नुभएको छ ।
