मुलुकको सुरक्षा अवस्था अत्यन्तै तरल अथवा भयावहतर्फ उन्मुख हुँदै गएको छ । राज्यले सुरक्षा प्रदान गरेका विशिष्ट व्यक्तिहरु समेत यहाँ
सुरक्षित छैनन् भने सामान्य नागरिकहरुको अवस्था कस्तो होला ?
पछिल्लो उदाहरण हेर्न टाढा जानुपर्दैन । रौतहटका न्यायाधीश र जिल्ला सरकारी कार्याल्यका वकिलले रातारात जिल्ला छोडर काठमाण्डौ गएका छन् ।
राज्यले पर्याप्त सुरक्षाकर्मीहरु न्यायाधीशको सुरक्षाको लागि परिचालन गरेको थियो, सरकारी वकिल पनि राज्यको सुरक्षाभित्रै थिए । तर पनि दुवै जनाले आफूहरु असुरक्षित भएको महसुस गरेर जिल्ला छाड्नुलाई सामन्य मान्न सकिदैन । यसले राज्यको सररक्षा अवस्थाको वस्तुस्थिति छर्लङ्ग पारेको छ ।
दर्जनभन्दा बढी व्यक्तिको हत्या आरोप लागेका रौतहटका अÏताव आलमलाई जेल पठाउने अर्थात जेल चलानको आदेश दिने न्यायाधीश र आलम विरुद्ध सम्पूर्ण प्रमाण जुटाएर अदालतमा पेश गर्ने वकिलले यसै कारण कार्यक्षेत्र छोड्नु भनेको सुरक्षा चुनौति नै हो । फैसला भएकै दिन उनीहरुले रौतहट जिल्ला छोडेका छन् । आलम अपराधका एउटा प्रतिनिधि पात्र मात्र हुन् । आलमका जस्ता अपराध गर्नेहरु यो मुलुकमा असंख्य रहेका छन् । बाँदरमुढे काण्ड, मुक्ति दाहाल जस्ता निर्दोष शिक्षकको पासविक र क्रुर हत्या, ९ बर्षीया बालिकाको गाडीभित्रै जलाएर गरिएको हत्यालगायतका दर्जनौ हत्याको नाइकेहरु आज आफूले गरेको हत्यालाई राजनीतिक रुप दिएर उम्की रहेका छन् । राजनीतिले व्यक्ति हत्या गर्दैन त्यो अपराध नै हो ।
रौतहतका अफ्ताव आलम समेत एउटा पार्टीका जिम्मेवार व्यक्ति थिए । घट्ना १२ बर्ष अगाडि भएको थियो । निर्वाचनको अघिल्लो दिन भएको घट्नालाई राजनीतिक रंग पनि दिन सकिन्थ्यो, त्यो प्रयास भएको पनि थियो होला तर न्यायाधीशको इमान्दारिता वकिलको इमान्दारिता र मेहनतले त्यसालई अपराधै सावित गरिदियो । यस घट्नाले के कुराको पुष्टि गरिदिएको छ भने जुुनसकै आवरणमा अपराध गरेपनि अन्तत ः त्यसले एकदिन सजायको भागिार बन्नै पर्छ । चाहे त्यो जतिसुकै पुरानो किन नहोस् ? रौतहतमै मधेश आन्दोलनका क्रममा झण्डै ३० जनाको हत्या भएको घट्ना पनि आलम प्रकरणपछि सल्बलाउन थालेको छ । यस घट्नाका प्रमुख पात्र वर्तमान सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादव नै हुन् । घट्ना कतिपय नृंसक थियो भने आम सभामा सहभागी हुन गएका महिलाहरुको स्तन काटिएको थियो, सात किलो मिटर सम्म लखेटेर योनीमा फलामको रड घुसार्ने, भाला रोप्ने,बञ्चरोले हानेर हत्या गर्ने काम भएको थियो । आज त्यो गौर हत्याकाण्ड सम्झदा पनि जो कोहीको आङ सिरिङ हुन्छ । तर यसका मतियारहरु आज पुरस्कृत भएका छन् । सत्तामा उनीहरुकै हालीमुहाली छ ।
वर्तमान अवस्था माथिका घट्ना क्रम भन्दा पटक छैनन् । आज हिजोको जस्तो संख्यात्मक रुपमा सामुहिक हत्या भएको छैन तर राजनैतिक आडमा हत्याका श्रृंखलाहरु रोकिएका छैनन् । दौनिक जसो व्यक्ति हत्याका प्रसंगहरु छापाहरुमा आइरहेका छन् । कतै श्रीमान श्रीमति र बच्चाको हत्या, कतै जंगलमा फेला पर्ने बेबारिस लासहरु, कतै कुन प्रकृतिका हत्या आदि आदि । बलात्कार र बलात्कारपछिका हत्याका सृंंखलाहरुसमेतको नालीबेली लामै छ । निर्मलाको बलात्कार पछिको हत्याले मुलुकभरि चर्चा पायो तर यहाँ सैयौ निर्मलाहरुले बलात्कृत हुनपुरेको छ । बलात्कारीहरुले पासविक हत्या गरेका छन् । तर राजनैतिक पहुँच, राजनैतिक आडमा त्यस्ता घट्नाहरु गुपचुप बनाइन्छ सहरदखि गाउँसम्म डन प्रवृत्ति मौलाएको छ । कोही कुन पार्टीका डन, कोही कुन पार्टीका डन । राज्यले नागरिकको सुरक्षा गर्नुपर्ने होइन ? तर अपराधी जोगाउन लागि परेको छ ।

