चीनले विकास गर्ने पूर्वाधारमा चासो छैन–डा.एस जयशंकर

नयाँदिल्ली÷भारतीय विदेशमन्त्री एवम् प्रभावशाली व्यक्तित्व डा. एस जय शंकरले नेपालको उत्तरी छिमेकी चीनले नेपालमा विकास गर्ने पूर्वाधारप्रति भारतको कुनै चासो नरहेको बताउनु भएको छ ।
नेपालको छिमेकी चिनले उत्तरी क्षेत्रमा थोर वहुत विकासका पूर्वाधार निर्माणका विषयलाई लिएर नेपालका एकथरी लाल बुझक्कडहरुले भिन्न थरिका मत जाहेर गर्दै आएको अवस्थामा विदेशमन्त्री डा. एस जय शंकरले जर्मनबाट प्रकाशित हुने डेर स्पिगल साप्ताहिक पत्रिकालाई नयाँ दिल्लीमा आइतबार अन्तरवार्ता दिँदै भारतको नेपालसँगको सम्बन्ध आफनै प्रकारको विशिष्ट रहेको र नेपालसँगको सम्बन्धलाई लिएर भारतले कसैलाई जवाफ दिनु नपर्ने पनि उहाँले प्रष्ट पार्नुभएको छ ।
डेर स्विगलको दिल्लीस्थित सम्वाददाता लाउरा होफिलन्गरलाई दिनु भएको अन्तरवार्तामा विदेश मन्त्री शंकरले भारतले आफना निकटका छिमेकी राष्ट्र नेपाल, बंगलादेश, श्रीलंका, भुटान लगायतका देशहरुमा पूर्वाधार लगायतमा लगानी गर्दै आएको र त्यो लगानी उत्तरी छिमेकी चीनलाई देखाउन वा जवाफ दिन नभएको बताउनु भएको छ । उहाँले भन्नुभएको छ चीनलाई एकछिन बिर्सिदिउँ, हामी अहिलेकै अवस्थामा आफ्ना निकट छिमेकीहरुमा लगानी गरिरहन्छौं ।

तपाईको प्रतिक्रिया