घण्टाघरबाट हेर्दा

परमानन्दको परपर
एक पटक खुस्केटमा परेर पुनर्वहाली भएका काम बिनाका
उपराष्ट्रपति परमानन्द झा हिजोआज अलि बढी परपर गर्न थालेका छन् । अस्तिका दिन उनले थुतुनो च्यातेरै भने माघ ८ गते संविधान जारी गर्ने उपयुक्त समय होइन भनेर । संविधान आइहाल्ने बेला भएको छैन रे । पुसमा आाप खोजेर हुादैन रे । माघ ८ गते संविधान आउाछ भन्नु वेमासमी बाजा बजाउनु हो रे । अरु भनदा
परमानन्दको परपर अलि बढी नै देखिने थालेको छ । हुन त झालाई संविधान आउनुभन्दा नआउनु कता कता पाmइदा छ । संविधान आउादा यिन्को उपराष्ट्रपतिको पदै चैट्ट हुन्छ । अब पदै चैट्ट हुने संविधान आउनुभन्दा नआएकै वेश भएन त ? झा बाहुनहरु त्यसै पनि महाचतुर त्यसमाथि अदालतको पूर्व न्यायाधीश । कम्ता बाठा छैनन् परमानन्द ।
ओलीको बोली
झालेमालेका अध्येक्षे खप्रओले अस्तिका दिन मधेशी नेताहरुको सातै उडाइदिएछन् । मधेशकै मधेशीले जोर लात्ती बजाएर दोस्रो संविधानसभामा चिलिम फकाई दिएपछि प ात्लेको लिाड जस्तो अनुहार भएका गोडापााचेक मधेशी नेताहरुलाई मधेश प्रदेश चाहियो रे । तराईलाई जबरजस्ती मधेश भन्ने मधेशी नेतालाई ओलीले झाको झारेपछि यतिबेला ती मधेशी नेता ओलीको छेवै पर्दैनन् । हाम्रो अपमान भयो ओलीले माफ माग्नुपर्छ भने एक दुई दिन टाढाटाढा बसेर चिच्याए । ओलीले टेर पुच्छरै लगाएनन् । आखिरी ओली पो हुन त ? सबैभन्दा ठूलो दलका नेता । त्यसमाथि पनि अध्येक्षे । प्रचण्डाउको त फुइा झार्ने ल्याकत भएका ओलीलाई मधेशी नेताले चिनेकै रै’नछन् । जे छ आखिरी ओलीको बोलीमै छ ।
सहमतिको नाममा झ्याम
अब त चार दलका नेताहरुको कुरा सुन्दा पनि पत्याउन हम्मे हम्मे पर्न थाल्या छ । सहमति खोज्न दुई दिन वाल्वाटारमा भेला हुादा उनेरले ८ लाखको खाजा नास्ता डकारेछन् । हैन हौ नेपाली जनताले संविधान बनाऊ भनेर पठाएका चरदलको लाद्रो मात्र ठूलो भएछ । हुन तआफूले कमाएो वा आफना बाबुको भए पो फारु गरेर खानु । निस्फिक्री झार्दै, पोख्दै, उग्राउदै, उफ्रदै, गफिदै सत्तिमा भेट्टाएपछि धन्न ८ लाखको खाजा मात्र खाएछन् । जे होस चार दलका शीर्ष नेताहरुको भुडीचाहिा घ्याम्पे नै भएछ । देृशमा अर्थोकको विकास नभए पनि भुाडीकोचाहिा राम्रै विकास भा’रैछ । ८–८ लाखको के के खाए होलान् शीर्ष नेताहरुले ? उनेरले के के हसुरे भनेर खाजा नास्ता सप्लाई गर्ने बुद्धनारायण सप्लायर्सलाई सोध्दा भइहाल्छ । अर्थोक नभए पनि नेताहरुको भुाडीचाहिा घ्याम्पे मै
परिणत भएको रै’छ ।
सुचने नकुर्ने रे
सविधानसभाका अध्येक्षे सुचने पनि के के गर्छन् गर्छन्. । कहिले सविधानसभाको सबै अधिकार मलाई देओ भन्छन् । संवाद समितिमा फकाईएको प्रतिवेदन कुरेर खाने भन्छन् । वान्की पारेर मैनाजस्तै बोल्ने सुचनोलाई हिजो आज के भाको हो कुन्नि । पर्काएको प्रतिवेदनमा माउवादीका मुरख विद्वान बाउारमले सहमति गर्ने सक्दैनन् । सहमति नभए त्यस्तो प्रतिवेदन के गर्नु ? पहिला पनि संविधानका सहमति जुटाउन भनेर चारपटकसम्म म्याद थपेकै हो । बाउरामले नयाा जादु गरे भनेमात्र हो नत्र उही हो गुएालाको फूल । हुन त सुचने अलि डाइले स्वभावका छन् । त्यत्रा ६ सय १ जनाको काम म एक्लैले माघ ८ भित्र सक्छु भनेर सुचनेले कसरी भन्न सकेका होलान् ? सुचने हमुान त होइनन् होला ? जथाभावि ट्याउ ट्याउ गर्नुको सट्टा बरु सुचनेले त्यही हुटिट्याउको कथा पढे वेश हुने थियो । हुन त सुचनेलाई घण्टाघरको सुझाउमात्र हो माने मान नमाने घण्टाघरलाई लुतो न कन्याई ।
सोहोर्ने भए विप्लवले
हिजो आज प्रचण्डाउ र वैधाउलाई फिटिक्कै निन्द्रा पर्न छाड्या छ रे । हिङ नभए पनि हिङ बाधेका टालोको रवाफ देखाउन भने दुवैले छाड्या छैनन् । त्यत्रो सग्लो पार्टी फुटेर गोडा ६ वटा भैसक्या छ । तै अध्येक्षे भएकोले दुवैले चित्त बुझाएर बस्या थे । अब त्यै पनि चिलिम होला जस्तो छ । प्रचण्डाउ र वैधाउ दुवै यतिबेला विप्लव माने नेत्रविक्रम चनदलाई धारे हात लगाई सराप्त थाल्या छन् । विप्लले दुवै माउवादीको जिल्लाबाट जरै उखलिदिन थाल्या छन् । पूर्वका केही जिल्लाबाट प्रचण्डाउ र वैधाउका सबै कार्जेकर्ता सर्लक्कै विप्लवको पार्टीतिर हान्निएपछि प्रचण्डाउ र वैधाउ  यतिबेला सेन्टीÏल्याट भएका छन् । जिल्ला जिल्लाबाट कार्जेकर्त सिनित्तै भएसी अब प्रचण्डाउ पेरिस डााडा र र्वैधाउ नयाा बानेश्वरको पार्टी कार्यालयको अध्येक्षेमात्र बन्ने भएका छन् ।
च्यात्ने रे
ठूलो भाग खान प्रचण्डाउबाट अंशवण्डा गरेर नेकपा माउवादीतिर सरेका रामबहादुर थापा बादलले अस्तिका दिन दाङतिर पुगेर भनेछन् माघ ८ गते संविधान आउनै सक्दैन, आएपनि माघ ९ गते च्यातेर जलाउाछौं । हुन त बादल भनेको हावामा माथि माथि उड्न त हुन् नि । थापा पन नाममाका बादल त हुन नि । थापाले जारी भएको संविधान जलाउदैमा भुइाचालो जाादैन क्यारे । यतिबेला विचरा बादलको हविगत के गर्छस् मंगले आप्नै ढंगले जस्तो भएो छ । वित्पातको क्रान्तिकारी पल्टेर दोस्रो संविधानसभामा भागै लिएनन् । यिनले चुनावै भााड्न खोजे भएरै छाडे । पछि मनोनित २६ सिट अपाmूलाई दिनुपर्छ भनेर रोइकराई गरे । कसैले टेरपुच्छरै लाइदिएनन् । सर्वपक्षीय भेलाले माग गरे तर भेलामा आफै गएनन् । अब संविान जलाउाछौं, च्यात्छौ भन्छन् । घण्टाघरलाई त फिटिक्कै विश्वास छैन ।
महिला वस
राजधानीमा यतिबेला महिला बस शुरु भएको छ । माने महिलाचाहिा बस्ने अनि पुरुषचाहिा उठ्ने । यसमा ठूलो रहस्य लुकेको छ । केही दिन अगाडिसम्म महिलाहरु सडकमा उफ्रन्थे । महिला पुरुष एक रथका दुई पााग्रा हुन भन्थे । पुरुष महिला कााधमा कााध मिलाएर अगाडि बढ्नुपर्छ भन्थे, हातमा हात मिलाएर हिाड्नुपर्छ भन्थे । तर सरकारले महिला र पुरुषलाई छुट्याएरै छोड्यो । अब महिला र पुरुष चढ्ने बस नै बेग्लै भएसी’ कसरी महिला र पुरुषले कााधमा कााध मिलाएर अगाडि बढ्नु ? यस सम्बन्धमा महिला अधिकारकर्मी नबोलेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ ।
अन्त्येमा
हैन हौ माउवादी नाम जोडिएका पार्टी फुटेर, टुक्रेर, चोइटिएरै सिद्धिन्छ कि क्या हो । पहिला मातृका छुट्टिए, त्यसमछि मण्ढिा थापा, त्यसपछि वैधाउ, त्यसपछि विप्लव । अहिले पेर नेकपा माओवादी
(क्रान्तिकारी) भन्ने पार्टी गठन भएको छ । मधेशी जनअधिकार फोरम फुट्दाफुट्दा ८–१० वटा भएझै माउवादीले पनि फोरमकै रेकर्ड बनाउला जस्तो भएको छ ।

तपाईको प्रतिक्रिया