धरान उपमहानगरपालिकाले खेलकुदको विकासमा जोड दिएन

धरानले राष्टिूय तथा अन्तर्राष्टिूय खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गरे पनि खेलकुदको विकासमा धरान नगरपालिकाले गम्भीर  नभएको खेलकुदप्रेमीहरुले आरोप लगाएका छन् ।
धरानमा अन्तर्राष्टिूय आमन्त्रण बुढासुब्बा गोल्डकप, अन्तर वार्ड स्तरीय गोधुली रनिड कप फुटबल प्रतियोगिता, सूर्य ओपन अन्तर्राष्टिूय गल्फ प्रतियोगिता, बीपी स्मृति अन्तर्राष्टिूय कराते प्रतियोगिता, राष्टिूय भलिबल प्रतियोगिता, मिस्टर पूर्वाञ्चल बडी विल्डिड प्रतियोगिता तथा समय समयम हुने उसु, कराते, बक्सिड, व्याडमिन्टन, बुद्धिचाल, टेबुलटेनिस तथा धरान रन मिनी म्याराथुन प्रतियोगिता लगायतका प्रतियोगिता हुने गरे पनि
धरान उपमहानगरपालिकाले सम्पूर्ण बजेटको एक प्रतिशत पनि खेलकुदको विकासका लागि नछुट्याएको नेपाल खेलकुद महासंघ सुनसरी १ नं. क्षेत्रीय समितिले आरोप लगाएको छ ।
महासंघले उपमहानगरपालिकालाई एक ज्ञापनपत्र बुझाउदै कराते तथा बक्सिडमा राष्टिूय तथा अन्तर्राष्टिूय खेलाडी उत्पादन गरेर मेडलसमेत प्रांप्त गरिसकेको तथा धरानबाटै उत्पादन भएका फुटबलका खेलाडी अहिले ए डिभिजन क्लबमा अनुदित हुनुका साथै अन्तर्राष्टिूय स्तरमा समेत उनीहरुले प्रदर्शन गरिसकेको भए पनि उपमहानगरपालिकाले बजेट विनियोजन गर्न कन्ज्युस्याई नगर्न ध्यानाकर्षण समेत गरेका छन् ।
उनीहरुले धरान उपमहानगरपालिकाले अगाडि सारेको शिक्षा, स्वास्थ्य, पर्यटन, सांस्कृतिक तथा आवासीय सहरको परिकल्पनालाई साकार पार्न खेल पर्यटनको समेत महत्वपूर्ण भूमिका रहेको बताउदै सम्पूर्ण बजेटको १० प्रतिशत खेलकुदको विकासमा लगानी  गर्न आग्रह समेत
गरेका छन् ।
यता, धरान उपमहानगरपालिकाले भने विगतमा धरानमा जसरी खेलकुदको विकासको बाढी आएको थियो त्यस अनुरुपको विकास अहिले हुन नसकेको स्वीकारेको छ । धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले विगतको भन्दा पनि खेलकुदको विकासमा उपमहानगरपालिकाले सहयोग गर्न नसक्नुको प्रमुख कारण जनप्रतिनिधि विहिन भएकोले प्रष्ट पार्नुभयो । उहाले जनप्रतिविहिीन अवस्थामा बजेट विनियोजन गर्दा दलहरुसाग छलफल गरी गर्नुपर्ने बाध्यताका कारण दलहरुकै कारण बजेट विनियोजनमा बाधा पुग्ने प्रष्ट पार्नुभयो ।
धरान नगरपालिकाको यस्तो गैरजिम्मेवारी कुरा सुनेर खेलप्रेमीहरु समेत अचम्मित भएका छन् । उनीहरुले खेलकुदको विकास विना सुन्दर सहरको परिकल्पना असम्भव भएको भन्दै  नेपाली कााग्रेस धरान नगर समिति, नेकपा एमाले धरान नगर कमिटी, एक नेकपा माओवादी धरान नगरकमिटी लगायत ११ वटा स्थानीय दलका कार्यालयमा समेत ज्ञापनपत्र बुझाउदै खेल क्षेत्रको विकासका लागि दलहरु सकारात्मक हुन आग्रह समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया