नेपाल–भारत लाइब्रेरीमा सिनेमाण्डुको २२ औं संस्करण सम्पन्न

काठमाण्डौ/बीपी कोइराला भारत–नेपाल फाउन्डेशन, भारतीय
राजदुतावासद्वारा नेपाल भारत लाइब्रेरी न्युरोडमा शुक्रबार २२ औा सिनेमाण्डु संस्करण सम्पन्न भएको छ ।
सिनेमाण्डुको २२ औा संस्करणमा प्रशंसित नेपाली फिचर फिल्म उत्सवको विविध कोणबाट चर्चा परिचर्चा
गरिएको थियो । कुमार भट्टरईद्वारा लिखित कथामा आधारित तथा
उनैद्वारा निर्देशित ‘उत्सव’ भट्टराईको फिल्म हो । यसभन्दा अगाडि भट्टराईले दाशडुंगा र उमाको पटकथा लेख्नुभएको थियो । निर्देशक भट्टराईसागै अभिनेता सौगात मल्ल र संजोग कोइराला समेत फिल्मको स्क्रिनमा सहभागी हुनुभएको छ ।
आजका युवाहरुको विविध चाहनामा आधारित फिल्ममा आफ्नो भविष्य बनाउने सपना, त्यसबेला झेल्नुपरेका सामाजिक बाधा, परिवारका चाहना चलचित्रमा समावेश गरिएकैले दर्शकहरुले यसलाई रुचाएको पाइएको छ । सिनेमाण्डुको २२ औं संस्करणमा चर्चा गरिएको उत्सवका निर्देशक तथा कलाकारहरुले दर्शकहरुका बीचमा अन्तरसंवाद समेत  गरेका थिए । सो अवसरमा पटका लेखक तथा निर्देशक कुमार भट्टराईले भन्नुभयो, यो मैले पहिलो पटक निर्देशन गरेको फिल्म भएकोले कतिपय कमीकमजोरी होलान् । कार्यक्रममा बीपी कोइराला भारत–नेपाल फाउन्डेशनका सचिव अभयकुमारले फिल्मको प्रसंसा गर्नु भएको थियो । उहााले थप्नुभयो, सिनेमाण्डु फिल्म कलाकारहरुको एउटा साझा मञ्च हो । जहाा सिधै कलाकार, निर्माता, निर्देशक र दर्शक भेला भएर आफ्ना कुरा निर्विकतासाथ राख्न सक्छन् । उहााले कार्यक्रममा उपस्थित सबै दर्शकलाई मुरी–मुरी धन्यवाद दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया