धरानमा निर्वाचनको रौनक ः नेपाली का“ग्रेसको पल्ला भारी

धरान उपमहानगरपालिकाको आगामी मंसिर १४ गते हुने निर्वाचनको रौनक बढेको छ । मुख्य राजनीतिक दल नेपाली कँग्रेस र एमालेसँगै अन्य दलहरु एवम् स्वतन्त्र उमेदवार यतिबेला चुनावी अभियानमा लागेका छन् ।
विगत तीन दशकदेखि एकलौटी विरासतको राजनीति गर्र्देै आएको पूर्व एमाले वा हालको नेकपा आफ्नो वर्चश्व जोगाउन हर सम्भव उपाय गरिरहेको छ भने नेपाली काँग्रेस वामपन्थी गढ तोडेरै छाड्ने मनस्थितिमा देखिएको छ ।
यसपटकको धरान उपमहानगर पालिकाको निर्वाचन विगतको निर्वाचन भन्दा फरक देखिदै गएको छ । स्थानीय, प्रदेश र केन्द्रसम्म एकलौटी सरकारको नेतृत्व गरेको नेकपाप्रति आम धराने मतदाताहरु रुष्ट मात्र हैन आक्रोसित समेत देखिएका छन् । विगतमा गाउँ गाउँमा सिंहदरबारको नारा दिएको नेकपाले यतिबेला धरानको उप निर्वाचनमा मदतदाताहरुलई रनभुल्लमा पार्न कुनै दिगो नारा पाउन सकेको छैन ।
धरान उपमहाननगरपालिकाको वर्तमान नेतृत्वले जन अपेक्षा अनुरुप काम गर्न नसक्नु, विकासको नाममा कुनै सिन्को नभाच्नु, जन भावना विपरीत एडिवीसँग ऋण लिएर खानेपानीका नाममा ऋणको भार नगरबासीलाई बोकाउनु, सडकका सामान्य खाल्डाखुल्डी समेत पुर्न नसक्नु वडादेखि नगर नेतृत्व कमाउ धन्दामा लाग्नु बस पार्कको नाममा सर्वसाधारणबाट सस्तो मूल्यमा लिएको सुन्दर बस्तीको जग्गा कर्मचारीदेखि नेतृत्व वर्गले आफनो नाममा राख्नु, अदालतले रोक्का गरेको जलाधार क्षेत्रको जग्ग्गा किनबेचका लागि आर्थिक प्रलोभनमा सिफारिस दिनु, पटक पटक अव्यवस्थित बसोबासलाई व्यवस्थित बनाउने भन्दै विगतमा झुटको खेति गरेर निर्वाचन जित्नु, एयरपोटस्को नाममा लखनौ लुट गर्नुले समेत यस पटक धरानका मतदाताहरु विगतदेखि नै विरासतको नेतृत्व गर्दै आएको नेकपालाई मत दिने पक्षमा देखिदैनन् । उनीहरु नेतृत्व परिवर्तनका पक्षमा देखिएका छन् । एउटै नेतृत्व धेरै बर्षसम्म रहँदा त्यो क्रुर, तानाशाही र अराजक देखिन्छ भन्ने उनीहरुको अर्थात धराने मतदाताहरुको बुझाई रहेको छ ।
यतिबेला अर्को कुराले पनि नेकपाको चुनावी स्थिति खस्किएको देखिन्छ । धरान नगरपालिकाका कर्मचारीहरुको व्यवहार, सामान्य काम गर्न, सिफारिस लिन, व्यवासयिक प्रमाणपत्र लिन वा जन्म मृत्यु दर्ता गराउन नगरपालिका पुगेका सर्वसाधारणले अपमानित हुनुपरेको छ । घुस नखाइ त्यहाँका कर्मचारीले कुनै कम गर्दैनन भने सेवाग्राही अपमानित हुनु परेको छ । कर तिर्न गएका धराने नागरिक नगरपालिकाका कर्मचारीहरुबाट बारम्बार अपमननिन हुनु परेको छ । यसको प्रमुख कारण धरान नगरपालिकालाई नेकपाको भर्ति केन्द्र बनाइनु, धरानमा नेकपा बाहेक अन्य दलले जित्न नसक्ने एक प्रकारको मनोविज्ञान हुनु, गल्ति गर्दा पनि नेतृत्वले ढाँढस दिनु नै हो । आज धरान नगरपालिकाका सामान्य कर्मचारीको समेत आलिसान भवन, ठाउँ ठाउँमा घडेरी छ भने अधिकृत स्तरका कर्मचारीहरुको अवस्था कस्तो होला धराने जनताले अनुमान नगर्ने कुरै भएन । त्यसैले पनि यसपटक धरानका आम मतदाताहरु परिवर्तन चाहन्छन् । सदैव आश्वासनको पछि नलाग्ने मनस्थिति उनीहरुले बनाएका छन् ।
निर्वाचनको मिति जति जति नजिकिदै गएको छ त्यति नै मतदाताहरुमा नेपाली काँग्रेसप्रतिको आकर्षण बढ्दै गएको छ । सुकुम्बासी, यातायात व्यवसायी, यातायात मजदुर, दैनिक ज्यालादारीमा काम गर्ने सर्वसाधारण नै धरानमा नेकपाका विगतमा पटके मतदाता हुन् । तर यसपटक उनीहरु नेकपाको विरुद्धमा देखिएका छन । मत माग्न घरदैलौ कार्यक्रममा हिड्दा कतिपय ठाउँमा नेकपाका उमेद्वारले मतदाताहरुबाट यस पटक अपमानित समेत हुनु परेको छ । तर नेपाली काँग्रेसका उमेद्वारलाई उनीहरुले हार्दिकतापूर्वक स्वागत
गरेको दृश्य पनि देखियो । यसले के कुराको संकेत गर्छ ? वास्तवमै
धराने जनता अब नेकपाको नेतृत्व धरान उपमहानगरपालिकामा चाहँदैनन् भन्ने प्रष्ट संकेत हो यो ।

तपाईको प्रतिक्रिया