धरान÷आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको प्रमुखका प्रत्यासी तिलक राई र वडा न. ७ का वडाध्यक्ष सुवर्ण पालिखेलाई अत्याधिक वहुमतले जिताउन अभियान सञ्चालन गर्ने उद्देश्यले नेपाली काँग्रेस जिल्ला सदस्य चन्द्रशेखर लामाको संयोजकत्वमा कर्मचारी चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ ।
बाइस सदस्यीय समितिको सह संयोजकमा शैलेन्द्रकुमार श्रेष्ठ, सचिवमा सुमन प्रकाश बास्कोटा, कोषाध्यक्षमा दिलकुमारी राई रहनु भएको छ भने सदस्यहरुमा श्यामकुमार श्रेष्ठ, दामोदर घिमिरे, डिक तामाङ्ग, ज्योतिकुमार शर्मा, शिशिरकुमार श्रेष्ठ, सुनिल श्रेष्ठ, भद्रबहादुर तामाङ्ग, गोपाल घिमिरे, उमेश राई, कुसुम राई, मञ्जु कार्की, कल्पना खतिवडा, प्रितम बजगाई, रक्षा श्रेष्ठ, झरना शाक्य, करुणा श्रेष्ठ, शुभनारायण र सम्भु माने रहनु भएको छ ।

