नेपाली काँग्रेस वडा नं. ११ द्वारा निर्वाचन लक्षित विभिन्न समिति गठन

धरान÷आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसका प्रमुखका प्रत्यासी तिलक राईलाई अत्याधिक वहुमतले विजयी गराउन नेपाली काँगेस वडा नं. ११ ले विभिन्न समितिहरु गठन गरी तिब्र सक्रियता बढाएको छ ।
नेपाली काँग्रेस वडा न. ११ का सभापति लोकेन्द्र फागोको सक्रियतामा समितिहरु गठन गरिएको हो । जसमा वडा स्तरमा मुल चुनाव प्रचार समितिको संयोजकमा अरुण कटुवाल रहनु भएको छ । मुल प्रचार पसार समितिमा १०५ जना रहेको वडा सभापति फागोले जानकारी दिनुभयो । यसैगरी मञ्जु श्री निरौलाको संयोकत्वमा ३९ सदस्यीय महिला संघ परिचालन समिति, राम थापाको संयोकत्वमा ७ सदस्यीय आर्थिक समिति, विक्रम तामाङ्गको संयोजकत्वमा ३५ सदस्यीय युवा
परिचालन समिति गठन गरिएको छ भने वडा सभापति लोकेन्द्र फागुको संयोकत्वमा १५ सदस्यीय स्टेरिङ्ग कमिटी गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया