नेपाली का“ग्रेस वडा नं. १ मुल चुनाव प्रचार पसा समिति गठन

धरान÷आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको प्रमुखको निर्वाचनमा प्रचार प्रसारलाई तिब्रता दिन नेपाली कँग्रेसका पूर्व महासमिति सदस्य मदन ढकालको संयोजकत्वमा वडा न. १ मूल प्रचार प्रसार समिति गठन गरिएको छ ।
गठित ५०१ जनाको मूल प्रचार प्रसार समितिको सचिवमा नविन
रेग्मी, वलवन्त ठाकुर, कोषाध्यक्षमा पृतक ढकाल, सरोज आचार्य रहनु भएको छ । यसैगरी र्सिंहदेवी चौकदेखि तीन नं. स्कुलको संयोजकमा विष्णुृ सिंह, तीन नं स्कुलदेखि पृथ्वीचौकसम्म सुमन श्रेष्ठ (कोशी) पृथ्वी चौकदेखि बालिका मोड सम्मका लागि उज्जल वास्तोला, शिखर टोलमा युनेश राना मगर, बालिका मोडदेखि साइ मार्गको संयोजकमा राजु साह, साई मार्ग देखि महानन्द मार्गसम्म शम्भु रेग्मी र महानन्द मार्गदेखि छाता चौकसम्म सुशिल मास्केलाई संयोजक बनाइएको छ ।

तपाईको प्रतिक्रिया