धरान÷ धरानको रिक्त रहेको प्रमुख तथा ७ नं वडा अध्यक्षको उपनिर्वाचन हुन तीन साता बाकी हुदा दलहरु आफ्नो जित सुनिश्चित गर्न सर्वसाधारणको घरदैलो कार्यक्रमलाई तिब्रता दिनेदेखि लिएर प्रचार प्रसारलाई तिब्रता दिन थालेका छन् ।
नेपाली काग्रेसले सभापति तिलक राई, नेकपाबाट प्रकाश राई संघीय लिम्बुवान मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजम ,समाजवादीले गजेन्द्र इस्वो र स्वतन्त्र उमेद्वार हर्क साम्पाङ्ग राइले उमेद्वारी दिने पक्कापक्की भएसंगै घरदैलो कार्यक्रमलाई तिब्रता दिन थालेका छन् ।
तर सर्वसाधारण भने यसपटकको उपनिर्वाचनमा ठूला तथा साना दलहरुले आफूहरुको जित सुनिश्चित हुने वा नहुने भन्ने चिन्ता भन्दा पनि पार्टीलाई प्राथमिकतामा नराखी योग्य, विकासप्रेमी जनताको पहिचान गर्ने मतदान गर्ने ध्याउन्नमा छन् ।
आगामी मंसिर १४ गते हुन लागेको निर्वाचनको मिति नजिकिदै जादा धराने जनताहरु विगतको निर्वाचनभन्दा उत्साहित देखिएका छन् । दलहरु सर्वसाधारणको घरदैलोमा भोट माग्न व्यवस्थ भएको अवस्थामा कस्तो नेतालाई जिताउने भन्ने विषयमा उनीहरुले मिश्रित जवाफ दिएका छन् ।
लामो समयदेखि समाजसेवामा सक्रिय धरान ८ की तारा शाक्यले स्थानीय तहको निर्वाचनले विगतमा परिवर्तनको आभाष नगराएकोले अब नेतृत्व परिवर्तनको खाचो भएको बताउनुभयो ।
विकासका योजनाहरु धेरै भएपनि तीन बर्षको अवधिमा २५ प्रतिशत काम नभएको केही सर्वसाधारणको गुनासो छ । उनीहरुले धरानको बसपार्क, एयरपोर्ट, सप्तरंगी पार्क जस्ता उपमहानगरपालिकाको गुरुयोजनामा परे पनि काम हुन नसकेको बताउदै अब आउने नेतृत्व जुनसुकै दलको भएपनि थाँति रहेको विकासका कार्यक्रमलाई सम्पन्न गर्ने खालको हुनुपर्ने धारणा उनीहरुको छ ।
बसपार्क सार्ने योजना अलपत्र पर्दा अहिले धरानको बसपार्क अस्तव्यस्त मात्र हैन जथाभावि पार्किङले अझ समस्या निम्त्याएको बताउदै आब आउने जनप्रतिनिधिले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउछन् सर्वसाधारण ।
धरानका मुख्य सडकमा भएका खाल्डाखुल्डी, जताभावि पार्किङले धरानका पहिचान गुमाएका बताउदै धरान १५ का अमृत लिम्बुले अबका जनप्रतिधिले यी सब समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।
उनीहरुले पदमा पुगिसकपछि व्यक्तिगत स्वार्थलाई त्यागेर अब समग्र धराने जनताका वृत्ति विकास संगै धरानका विकासमा गम्भीर भएर लाग्ने उमेद्वारलाई विजयी गराउन सर्वसाधारणले अपिल गरेका छन् ।
