घण्टाघरबाट हेर्दा

काउछो हुने भयो
सरकारले कृष्णबहादुर महराको साह«ै ख्याल राख्न थाल्या छ । नराखेर पनि त भएन ? गन्ये मान्ये आदमी त हुन हुन त्यसमाथि पूर्व सभामुख । लत्तरा मान्छे भए पो ख्याल नराख्नु ? लोक लाजका लागि पनि त राख्नै प¥यो । रोशनीसँग इलुइलु गरेपछि परिबन्दमा परेर जेल जाकिन पुगेका महराका लागि जेलमा न एसी छ न कुनै सविधा छ । यी सबै कुराको व्यवस्था गरेर उन्लाई जेलमा जाक्नु पथ्र्यो । खैर केही छैन । आखिरी उन्कै जातभाइको सरकार
छ । केही न केही गतिलो व्यवस्था गर्ला भन्ने सबैले सोच्या थे पूरा पनि भयो । महराकै मर्म दर्म बुझेर
सरकारले अब जेल भित्रै यौन सम्पर्क गर्न पाइने कानुन ल्याइदिएपछि महरा खुशीले तीन हात उफ्रेका छन् । आजसम्म नेपालमा यस्तो कानुन सरकारले ल्याएकै थिएनन् । श्रयाउने कुरापनि भएन । यस भन्दा अगाडिका कुनै सभामुख र इलुइलु काण्डमा फँसेकै थिएनन् । यतिबेला नेपालभरिका कैदीहरु खुशीले गदगद भएकाक छन् । जय होस महार भनेर स्तुति गाउन थाल्या छन् । अब महराले लुकेर रोशनीको कोठामा पुग्नै पर्देन । रोशनीहरु नै खुशर खुरु महरालाई भेट्न जान पाउने भएका छन् । सर्काकारको यो कामलाई जदौ त भन्नैपर्छ ।
माउ छाउरा सडकमा
त्यो नेकपा भन्ने पार्टीले नाटकचाहिँ गर्न जानेकै हो वा † नाटक गर्न उस्लाई अरुले भेट्ने कुरा पनि भएन । अब हेरम न भारतले आफ्नो कालापानी, लिपुलेक, लिम्पियाधुरा मिच्यो, आफ्नोदेशको नक्सामा राख्यो भनेर यतिबेला मुलुकभरिका नेकपाका छाउराहरु सडकमा उफ्रदै छन्।, क्या गजब छ माउहरु सत्तामा बस्ने अनि छाउराहरुलाई चाहिँ सडकमा उफार्ने । नाटक मञ्चनमको आइडियाचाहिँ मान्नैपर्छ । छाउ(राहरुल ाई सडकमा उफारेर किन जग हँसाएको होला ? माथि माथि नै गफ गरेर ठ्याक्क ठुक्क मिलाउन लगाउनु पर्दैन ? मिाको कसुरामा पर्धानमन्री खपैओको थुतुनो किन चुपचाप भएको होला ? अरु बेलाचाहिँ रेल ल्याउने पानी जहाज ल्याउने भनेर बाह« सत्ताइसका डिङ हाक्थे त । अहिलेचाहिँ किन नबोल्या होला ? कालापानीमा सीमा मिचिन्छ तर काठमाण्डौमा भाते संगठनले नारा लगाएर केही होला जस्तो छैन । ल्हासामा सुन छ कान मेरो बुच्यै भन्या यही हो ।
कम्निष्ट अए नक्सै फेरिन्छ
पहिला पहिला अरुले भन्या सुन्या थे नेपालमा कम्निष्ट आए भने देशको नक्सा नै फेरिन्छ । अलि बढी नै फेरिए क्या हो । जताततै जुलुस र नारामात्र लाग्या छ । अहिल बढी नै फेरिएर उत्तानै परेछ कि क्या हो ? चुनाउका बेलामा भाषन गथै हाम्ले जित्यौ भने देशको नक्सा नै फेरिदिन्छौं । कम्निष्टहरुले दि अर्थ लाग्ने कुरा बोल्छन् भन्थे हो रै’छ । यो गठ्ठे घण्टाघभरलाई पनि अबचाहिँ विश्वास भयो । समाजको नक्सा,देशको नक्सा फेर्ने कुरामा कम्निष्टहरुसग कस्ले सक्ने ? कहिले वाल्वाटारको नक्सा फेर्दिन्छन्, कहिले टुँडिखेलको नक्सा फेर्दिन्छन्, कहिले वाइडवडीको नक्सा फेर्दिन्कछने । कहिले राष्ट्रिय जनावर गाइको नक्सा फर्ने कुरा गर्छन्, कहिले राष्ट्रिय झण्डा पेर्ने कुरा र्छन् । त्यसै नेपालका कम्युनिस्टहरु अगैगामी छलाङ्ग माछौै भन्दैनन् रै’छन् । पेर्ने करा आएमा तु कम्निष्टलाई याद गरे काम फत्ते ।
खप्रओको सल्लाहका चैट
हाम्रा पर्धानमन्तरी खप्रओ घरी–घरी झनंग झनंग भएर झन्कन्छन् । झन्कने मात्र होइन खुस परेन भने आफ्नैलाई पनि चैट बनाउँछन् । अब
हेरम न अतिका दिन खप्रओलाई के सनक चल्यो कुन्नि आफ्ना सचिवालय सदस्यका पद नै खाइदिएछन् । विचाराहरुले यसो गरी खाने ठाउँ भेट्टाएका थिए अन्तमा पदै चैट भएपछि ती सबैलाई यतिबेला घोक्रोठ्याक लगाइदिएका छन् ।
विचराहरुको रुवाबासी चलेको छ झोक्राएर बसेका छन् । आफूहरुलाई किन हँटाइयो त्यो पनि थाहा छैन । थाहै नदिई पद चैट भएपनि कस्को कन्पारो तात्दैन ? वाल्वाटारमा बसेर ढलीमली गरेको दिन तिनीहरु यतिबेला झल्झली सम्झिइ
राख्या छन् । कुनचाहिँ सुलसुलेले कुरा लगाएर आफूहरुलाइ सडकमा पु¥याए भन्दै बम बम भा’का छन् । जे होस खप्रओले एकैपटक ८÷१० जनालाई जोर लात्ती बजाए । गुड–गुड ।
बास्कोटाको स्वर तुरिएछ
सुचने मन्त्री माने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाको स्वर हिजो आज तुरिएछ । के भयो कुन्नि सातो गा’ जस्तो पो छ । नत्र आगो खाएर अंगार विस्ट्याउने बाँस्कोटा नबोल्नुको कारण के होला ?
रवि लामिछाने, ज्ञानेन्द्र शाहीले उठाएका आवाजलाई नेकपाका अरिंगाल लगाएर ठीक पार्ने भनेर गर्जने बास्कोटा साँच्चै नै एकाएक हराएपछि घण्टाघरलाई पनि यसो सोधी खोजी गर्न चासो लाग्या हो । अब हेरम न यतिबेला चीनले, भारतले सीमा मिच्यो भनेर विद्यार्थीहरु सडकमा उफ्रेका उफ्रियै छन् । सञ्चार माध्येमहरुमा समाचार आएको आयै छ । सबैका थुतुनोमा सीमाकै कुरा झुण्डिएको छ । तर सञ्चारमन्तरी चुइँक्क बोल्दैनन् । हैन बोलुन पनि कसरी बल्ल बल्ल खप्रओको चाकडी गरेर पाएको मन्तरी पद नै धरापमा पर्ने सम्भावना जो छ । जसलेसुकै सीमा मिचोस, जस्लेसुकै जे सुकै गरोस, विद्यार्थी Ïयाउराहरु जतिसुकै सडकम उफ्रिउन उन्लाई बाल मतलब छैन । सञ्चार मन्तरीको बृद्धि आ’को होकि गाको हो घण्टाघर साह«ै अल्मलमा परेको छ ।
दोधारमा जादव
संघीय समाजवादी पार्टीका अध्येक्षे उपिन्द्र जादव यतिबेला बडो दोधारमा प¥या छन् । संविधान संसोधन गर्ने शर्तमा कमाउनिस्टको सरकारमा धोती उचालेर सिंहदबार छिरेका जादवलाई संकटमाथि संकट आइलाग्या छ । आm्नै पार्टी भित्रबाट सरकारबाट छोडेर आउन दबाब दिइरहेका छन् । राजपासँग पार्टी एकीकरण गर्ने सवालमा पनि पहिला मन्तरीबाट
राजीनामा दिनुपर्ने बटमलाइन अगाडि सारेको छ । मन्तरी पद फेरि फाइने हो कि होइन भनेर उनी छोड्नै चाहँदैनन् । मन्तरी नछाडे आफ्नै मानिस बैरी हुने छोड्दा सडकमा आइने क्या भुर्न हत्ते । संविान ससोधन गर्दिन्छु भनेर खप्रओ वाले मन्तरी बनाइदिएर दुई तिहाइको वहुमत पु¥याए । तर सविधान संसोधन गर्ने कुरा ठेंगा दिखाइदिए । न घरको न घाटको होलान् जस्तो पो देखियो त ?
मानव सांग्लोमा बाउराम
नेपालका आयाराम गयाराम नेताको रुपमा चिनिएका बाउराम भट्टराई अस्तिका दिन टुँडिखेलमा हाते मानव सांग्लोमा गएछन् । उनी आफूमात्र गएनन बुढिया हिस्स परेकी हिसिला यमीलाई पनि हात समाउदै पुगेछन् । आफू सत्तामा छँदा गफै मात्र जोते । केही लछारपाटो लगाएनन् । नेपाललाई सिंगापुर बनाइदिन्छु भन्थे अन्तेमा झिँगापुर बनाएर छाडिदिए । त्यतिबेला टुँडिखेल अतिक्रमण हुँदा उन्ले केही भनेनन् । अब अहिले मानव हाते सांग्लोमा सहभागी भएर के उखाड्न खोज्या होलान् ? सत्तामा हुँदा सोहोर्न मात्र जानेका तर सत्ताबाट लघारिएपछि बडो साखुल्ले भएर सडकमा आएर टुँडिखेल बचाउ भनेर फुइøयाँ हुन्छ ? अघि मानेले मानेन पछि मानेले जानेन भन्या यही हो । बल्ल बल्ल उपिन्द्र जादवको पार्टीमा भर्ति भा’का छन् । यसैगरी सडकमा उफ्रन थाले भने जादवले नि जोर लात्ती बजाउलान् है बाउराम बाजे ।
रजिष्ट्रारमा दबाब
स्वास्थ्य मन्तरी उपिन्द्र जादवले आफनो हुने वाला सम्धी डा. विएन यादवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बनाउन यतिबेला न्वारनदेखिको बल लगाएका छन् । ४३ आंै सिनेटको बैठक बोलाएर कावा उपकुलपतिलाई रजिष्ट्रारमा सिफारिस गर्न दबाब दिएछन् । बल्ल बल्ल रौनियारको भ्रष्टाचारबाट अलिकति तंग्रिन खोज्दै गरेको प्रतिष्ठानमा फेरि लुट मच्चाउन मन्तरीले निर्देशन दिए पनि नमान्दा सिनेटको बैठकै स्थगित भएछ । हैन यो मुलुकमा कोही सद्धे नजन्मने भए कि क्या हो । फरेन्सिक विभागमा हुँदा पोसष्टमार्टमको रिपोर्ट समेत दायाँबाया गरेर खल्ति भर्ने जादवलाई रजिष्ट्रार बनाउदा गति के हाला ? मन्तरी जादवका छोरा र डा. जादवकी
छोरीको चाँडै नै लगनगाँठो कसिने वाला छ । त्यसभन्दा अगाडि नै हुनेवाला सम्धीलाई रजिष्ट्रारमा नियुक्ति दिएर मन्तरी जादवल गतिलै काम गर्न खोज्या रै’छन् । हुन त आफन्त ठाममा हुँदा सबै चकौका हान्ने त हुन । कि कसो हौ ?

तपाईको प्रतिक्रिया