प्रदेश प्रमुख सुब्बा पदमुक्त

धरान÷झण्डै २२ महिना अगाडि नेपाली काँगेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश नं. १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्द सुब्बालाई वर्तमान दुई तिहाइको कम्युनिस्ट सरकारले पद मुक्त गरेको छ ।
प्रा.डा. गोविन्द सुब्बासँगै मन्त्री परिषदको सिफारिसमा सातै प्रदेशका प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पदमुक्त गरेकी हुन् । आइतबार बसेको मन्त्री परिषदको बैठकले ेप्रदेश प्रमुहरुलाई हँटाउने निर्णय गरेको थियो । सातै प्रदेशका प्रमुखहरुलाई हँटाउन वर्तमान सरकारले प्रारम्भदेखि नै प्रयास गर्दै आएको थियो । सातै प्रदेशका प्रमुख काँग्रेस निकट भएको भन्दै सरकारले हँटाउने बताउदै आए तापनि २२ महिनापछि आएर हाल उनीहरुलाई हटाइएको छ ।
प्रदेश प्रमुखहरुलाई हटाउने निर्णयको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तिब्र विरोध गरेको छ ।
राष्ट्रपतिले नेपालको सविधानको धारा १६५ को उप धारा १ को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेको जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया