आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको प्रमुखको निर्वाचनमा विरासत नेतृत्व परिवर्तनको संकेत धर दैलो, सडक सो सँगै काँग्रेसको पक्षमा जनलहर ः मतदाता स्वस्फूर्त रुपमा काँग्रेसको प्रचार प्रसारमा

धरान÷आगामी मंसिर १४ गते हुने उप निर्वाचनको मिति नजिकिएसँगै राजनैतिक दलहरुबीचमा मतदाता
रिझाउने होडबाजी नै चलेको छ । धरान उपमहानगरपालिकाको रिक्त प्रमुख पदका लागि प्रमुख राजनैतिक दल र अन्य साना दलहरुले उमेद्वार घोषणा गरेर यतिबेला चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
यस पटक धरान उपमहानगरपालिकाको प्रमुख पदको निर्वाचनलाई लिएर मतदाताहरु विरासत नेतृत्व परिवर्तनको मनस्थितिमा देखिए पछि नेपाली काँग्रेस उत्साहित देखिएको छ । उमेद्वार घोषणामा समेत नेपाली काँग्रेस अगाडि देखिएको छ । अन्य दलहरुमा उमेद्वार घोषणालाई लिएर रस्साकस्सी र तिब्र असन्तुष्टि देखिँदा नेपाली काँग्रेस धरान उपमहानगरपालिकाको प्रमुखको प्रत्यासीमा नगर सभापति तिलक राईलाइ सर्वसम्मत निर्णय गरेको थियो ।
आसोज २५ गते उमेद्वार घोषणासँगै नेपाली काँग्रेसले निर्वाचन लक्षित कार्यक्रमहरु अगाडि बढाएको छ । निर्वाचन लक्षित कार्यक्रमहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउन प्रचार प्रसार समिति तथा विभिन्न समिति र उप समितिहरु गठन गरेर घरदैलो कार्यक्रम, रोड सो कार्यक्रमहरुलाई अगाडि बढाएको
छ । आइतबार नेपाली काँग्रेसले वृहत रोड सो कार्यक्रमको आयोजना गरी आफ्नो दर्विलो उपस्थिति जनाएको छ । धरान वडा नं १३ को
जिरो प्वाइन्टबाट शुरु भएको रोड सो कार्यक्रममा कार्यकर्ताहरुसँगै मतदाताहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो । रोड सो कार्यक्रम धरान ८ बगरगाछीमा गएर टुंगिएको थियो ।
नेपाली काँग्रेसले यसपटक २० औं बर्षदेखि धरानमा झुटको खेति गर्दै आएका विरुद्ध एकजुट हुन आवहन गरेको छ । उसले मतादाताहरुलाई गहन ढंगले सोच्न आग्रह गर्दे भनेको छ तपाईले सोचेको धरानको विकास अहिलेको जस्तै हो ? धरानमा सधै खाल्डाखुल्डी सडक चाहनु हुन्छ ? खानेपानी समस्या छैन ? धरानमा अहिले जस्तै अव्यवस्थित बसपार्क चाहनुहुन्छ ?, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सधै वेथिति चाहनु हुन्छ ?, भुूमिहीनहरु व्यवस्थित भएको हेर्न चाहनु हुन्न ? धरानलाई पछाडि परेको मात्र हेर्न चाहनु हुन्छ ? सधै अव्यवहारिक र अवैज्ञानिक करको मारमा परिरहन चाहनुहुन्छ ?, धरानको बजार र व्यापार खस्किरहेको हेर्न चाहनुहुन्छ ? भाडामा सवारी साधनमा जथाभावि लगाइएका कर तिर्न चाहनुहुन्छ ? जनभावना बमोजिम न्योचित ढंगले बजार क्षेत्रको राजमार्ग विस्तार र व्यवस्थित गर्न चाहनु हुन्न ? टेम्पो, सफारी लगायतका साना सवारी साधनहरु व्यवस्थित रुपले सञ्चालन भएको हेर्न चाहनु हुन्न ? सरकारी कार्र्यालय हँटाउने र सरकारी जमिन हडप्ने नेतृत्व चाहनु हुन्छ ? जस्ता प्रचार सामाग्रीले मतदाताहरु काँग्रेसप्रति आकर्षित बन्दै गएका छन् ।
नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव श्याम पोख्रेल भन्नुहुन्छ, यसपटक मतदाताहरु परिवर्तनको पक्षमा देखिएका छन् । उहाँ भन्नुहुन्छ, निर्वाचनका लािग लगभग मूल समितिदेखि अन्य गरी ४५ वटा समिति बनाइएको छ । मूल समितिको संयोजकमा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ रहनु भएको छ । हाल ३३ सय जनाको मूल समिति बनेको छ । आवश्यकता अनुसार अन्य समितिहरु बनाउने निर्णय भएको छ । तिहार अगाडि नै हामीले घर दैलो कार्यक्रम शुरु गरेका थियौं । २० नं. को घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ भने वडा नं ४ मा घर दैलो कार्यक्रम शुरु भएको छ । निर्वाचनको अभियान यसपटक चरण चरणमा राखेका छौं । तरुण दल, नेविसंघले धरानका सबै वडाका घरहरु, अव्यवस्थित बसोबास भएका घरहरुमा उमेद्वारको नाम, प्रतिबद्धता पत्र पु¥याउने काम भइरहेको छ । यसलाई दुई तीन चरणमा हामी सम्पन्न गछौै । धरानको विकट स्थानहरुमा नेपाली काँगेसले आफनो पहुँच पु¥याइसकेको छ । सबै स्थानमा नेपाली काँग्रेसको पक्षमा जनलहर देखिएको छ । यसको प्रमुख कारण विगतदेखि नै एमालेले रामँ्रो काम गर्न नसकेका कारण पनि काँग्रेसको पक्षमा जनलहर देखिएको हो । मतदाताहरु भन्नुहुन्छ यसपटक क्रस गराउनुपर्छ । यसपटक पार्टीमा आन्तरिक समस्या पनि छैन पार्टीमा पुरानादेखि नयाँ सबै कार्यकर्ता लाग्नु भएको छ, सबै एकजुट हुनुभएको छ ।

 

तपाईको प्रतिक्रिया