नेकपाबाट प्रकाश राई

धरान÷लामो रस्साकस्सी पश्चात सत्तारुढ दल नेकपाले धरान उपमहानगरपालिकाको आगामी मंसिर १४ गते हुने उप निर्वाचनमा प्रकाश राईलाई उमेद्वार बनाउने निर्णय गरेको छ ।
सत्तारुढ नेकपाको कार्तिक १७ गते बसेको बैठकले राईलाई नगर प्रमुखको पदको प्रत्यासी बनाउने निर्णय गरेको हो । उनलाई धरान नगर कमिटीले सर्वसम्मत एकल नाम सिफारिस गर्ने प्रयास गरे पनि पूर्व माओवादी केन्द्रका चोत्लुङ, वेणु काफ्ले समेत आकांक्षी देखिएपछि तीनै जनाको नाम प्रदेश कमिटीमा पठाइएको थियो । तर विजय राईले आफनो नाम समेत सिफारिस हुनुपर्ने अड्डी कसेपछि प्रदेशले राइको नाम थप गरेर केन्द्रमा पठाएको थियो । नेकपा जिल्ला कमिटी सदस्य समेत रहेका प्रकाश राई नेकपाभित्र लोकप्रिय नेताका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया