प्रधानमन्त्रीको स्वास्थ्य र मुलुकको अवस्था

शासक स्वास्थ्य भए मुलुकको शासकीय अवस्थासमेत स्वास्थ्य हुँदै जान्छ । शासक नै रोगी भएपछि मुलुकका हरेक क्षेत्र अस्वस्थ हुनु स्वभाविक हो ।
नेपालका प्रधानमन्त्री एक महिनामा बीस दिन विरामी पर्छन् । सत्ताकै आडमा उपचार गर्न कहिले उनी थाइल्याण्ड पुग्छन्, कहिले सिंगापुर पुग्छन् त कहिलो राजधानीका महंगा हस्पिटलमा पु¥याइन्छ । मासिन यदा कदा अस्वस्थ हुनु स्वभाविक हो । हरेक मानिस यदाकदा अस्वस्थ हुनु हुमन विइङ्स नै हो । तर सर्वसाधारण विरामी हुनु र शासन सत्ता सम्हाल्ने व्यक्ति औसत भन्दा बढी विरामी हुनुमा फरक पर्छ ।
अन्य देशमा अस्वस्थ व्यक्ति सम्भवत ः शासन सत्तामै बस्दैन । स्वस्थ व्यक्तिलाई जिम्मेवारी दिएर आराम गर्छ । तर नेपालमा मृत्यु शैøयामा पुग्दा समेत सत्ताको मोहबाट ऊ पन्छिदैन । सत्ताको कत्रो मोह ? वर्तमान प्रधानमन्त्री मात्र नभएर विगतमा गिरिजाप्रसाद
कोइरालाले समेत यही चरित्र देखाएका थिए । उनले नाकमा अक्सिजनको पाइप घुसारेर भारतको निमन्त्रणमा औपचारिक भ्रमण गरेकै हुन् । मृत्यु शैøयामा छँदा समेत पार्टीको सभापति पद नछोड्ने, राष्ट्रपतिका लागि लालायित हुने जस्ता काम गरेकै हुन् । आज केपी ओली समेत त्यही मार्गमा हिडेका छन् । अन्य देशका प्रधानमन्त्रीहरु साइकल चढेर कार्यालय जान्छन्, सार्वजनिक यातायातमा जनतासंग यात्रा गर्छन् । अस्वस्थ भएर सत्तामा बस्दैनन् ।
नेपाली जनताका लागि दुर्भाग्य हो । सदैव अस्वस्थ र रोगी प्रधानमन्त्री, मन्त्री र सांसदहरुलाई खाइ नखाई कर तिरेर पाल्नु परेको छ भने औषधोपचारका लागि करोडौ रुपैयाँ समेत तिुर्न परेको छ । आफू अस्वस्थ छु, काम गर्न सक्दिन, ठीकसँग हिड्न सक्दिन भन्ने ज्ञात हुँदा हुँदै पनि सत्ता छोड्न नचाहनु देश र जनताका लागि विडम्बना हो। मेरो किड्नीले राम्रोसँग काम गर्न सकेन, फोक्सोमा पानी जमेको रहेछ, हप्ताको तीनपटक डाइलासिस गर्नुपर्ने भयो भन्ने ज्ञात भएपछि कुन उद्देश्यका लागि सत्तामा टाँसिएको हो ? यस्ता रोगीले न त जनताका हितमा सोच्छन्, न देशको हितमामा काम गर्न सक्छन् । उसले केवल आफ्नो स्वास्थ्यको मात्र चिन्ता गर्छन, आफनो स्वास्थ्यको कामना कस्ले ग¥यो भनेर मात्र ध्यान दिन्छ ।
मुलुकको कार्यकारी प्रधानमन्त्रीको स्वास्थ्य आज जसरी बिग्रिएको छ त्यसैगरी देशको स्वास्थ्य अवस्था बिग्रिएको छ । अर्थात मुलुक विरामी परेको छ । स्वस्थ र सक्षम प्रधानमन्त्री नहुँदा नागरिकको सरक्षाको मेरुदण्ड मानिएको प्रहरी, प्रशासन अराजक र भ्रष्ट भएका छन् । गाउँ गाउँमा सिंहदरबारको नारा फाकिदिएको छ तर सामान्य कागजी पक्रियाका लागि समेत नागरिकले भुक्तान व्यहोर्नु परेको छ । घुस नखुवाई नागरिकले कुनै काम गर्न सक्ने अवस्था छैन । उजुरी कहाँ गर्ने ? उजुरी गर्नेै निकाय आफै भ्रष्ट छ । उल्टै उजुरीकर्तालाइ नै धम्क्याउने, हप्काउन गरिन्छ । अर्थात गुण्डागर्दीको बाहुल्यता छ ।
सरकारी संरक्षणमा भूमाफियादेखि हरेक प्रकारका माफियाहरु सल्वलाएका छन् । सरकारसँग मात्र नभएर राज्यका दर्विला हरेक संयन्त्रसँग उनीहरुको साँठगाँठ छ । सत्ता सञ्चालकहरुसगै निकट सम्बन्ध भएका, उच्च ओहदामा बसेकाहरुबाटै गृहणी, छोरी, चेली बलत्कृत भइरहेका छन्् । सैयौ निर्मला पन्तहरुले न्यायको याचना
गरेका छन् । तर निकम्बा र नालायक एवम् अस्वस्थ्य सरकारलाई यस्ता यावत कुरासँग कुनै सरोकार छैन । उसलाई आफ्नो स्वास्थ्य र सत्ता कसरी टिकाउने भन्नेमै चिन्ता छ । आज आम नेपाली आफूलाई यो देशको नागरिक हुँ भन्न लज्जाबोध गर्न थालेका छन् । राज्यलाई कर तिर्ने सुविधा केही नपाउने भन्दै उनीहरु आक्रोसित बनेका छन् । सरकारले जन मनस्थिति बुझ्ने कुचेस्टा समेत गरेको पाइदैन । सत्तामा दुई तिहाइको दम्भ देखाएर अराजक शैलीले मुलुक चल्न सक्दैन । भित्र भित्रै भुसको आगो झै सरकारका विरुद्धमा नागरिकहरु गोलबद्ध भएका छन् । त्यसले एउटा मूर्त रुप लिने अवस्यै छ । अझ पनि सच्चिने समय छ स्वस्थ र इमान्दार व्यक्तिले मुलुकको बागडोर सम्हाल्नु पर्छ नत्र पतन अवस्यम्भावि छ ।

तपाईको प्रतिक्रिया