धरान÷ आयुर्वेदिक चिकित्सा प्रणालीद्वारा सर्वसाधारणलाई स्वास्थ्यको पहुच पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याएका आयुर्वेदिक औषधालयको महत्व सरकारले बुझाउन नसकिरहेको अवस्थामा यस्ता औषधालयको अवस्था झन दयनीय बन्दै गएको पाइएको छ ।
परापूर्व कालमा ठूला ठूला अस्पताल नहुदा आयुर्वेदिक औषधिको प्रयोग हुने गरेको थियो । नेपालमा पाइने औषधिजन्य जडीबुटीको प्रयोगबाट उपचार गर्दा प्रभावकारी हुने जानकारहरुले बताइरहदा अहिले होमेपेथिक औषधिको व्यापाक प्रयोग हुदै आउदा नेपाल सरकारले आयुर्वेदिक औषधिको प्रभावकारिताको विषयमा सर्वसाधारणलाई बुझाउन नसकको मात्र हैन यस्ता औषधालयको अवस्था समेत लथालिंग भएको पाइएको हो ।
यसको ज्वलन्त उदाहरण धरान १५ निराजनबस्तीमा भएको धरान औषधालयको अवस्थालाई नियाल्दा पनि पुग्छ । केन्द्रीय सरकारको मातहतमा सञ्चालन हुदै आउदा केही व्यवस्थित भए पनि स्थानीय तह मातहतमा यो औषधालय गए पछि झन अवस्था विग्रदै गएको पाइएको छ ।
धरान उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको औषधालयको अवस्था यति लथालिग छ कि आफ्नो भवन छैन, अर्काको घरमा भाडामा लिएर सञ्चालन हुदा समेत प्रर्याप्त औषधि छैन, कविराज अर्थात चिकित्सक नियमित बस्दैनन्, कार्यालय सहयोगी औषधालय सञ्चालन गर्छन् तर उपमहानगरपालिकालाई यी सबै कुरा थाहा छैन ।
गत शुक्रबार धरान उपमहानगरपालकाकी कार्यवाहक प्रमुखका नेतृत्वमा पुगेको अनुगमन टोली त्यहा पुग्दा औषधालयो अवस्था हर्दामात्र थाहा भयो कविराज त्यहा बस्दैनन, औषधि छैन र भएका उपकरणको समेत सदुपयोग हुदैन ।
कार्यवाहक प्रमुख भण्डारीले
पुरातन समयदेखि नै चलिआएको आर्युवेदिक पद्धतिलाई नेपाल सरकारले नै उपेक्षा गरेको बताउनुभयो । उपमहानगरपालिका मातहतमा आउदा समेत यस्तो लथालिंग भएको पाएपछि धरानकी कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी समेत आक्रोसित बन्नुभएको थियो । त्यहा रहेको थेरापी मेसिन समेत काम नलाग्ने अवस्थामा रहेका थियो । कार्यालय अव्यवस्थित भएपछि कार्यवाहक प्रमुख भण्डारीले एक हप्ताभित्रमा यो औषधालयाको अवस्था सुधार गर्ने बताउनुभएको थियो ।
आयुर्वेदिक औषधालयलाई नेपाल सरकारले प्राथमिकतामा राखेर काम नगरको भन्दै उहाले यसको महत्व धेरै भएपनि सुनसरीको चतरामा योगमाया आयुर्वेदिक विश्वविद्यालय बनाउने नेपाल सरकारको योजना अहिलेसम्म पूरा नभएको भन्दै स्पष्ट नीत नभएको क कारण औषधालयलाई सुधार गर्न नसकिएको स्विकार्नुभयो ।
अनुगमनका क्रममा अन्य जनप्रतिनिधिहरु समेत आक्रोसित बनेका थिए । औषधालयको निरीक्षण गर्न पुग्नु भएका धरान १३ का वडाअध्यक्ष नेत्रप्रसाद काफ्ले कुनै प्रकारको औषधि नपाइएको, कविराज समयमा कहिल्यै कार्यालयमा नबस्ने गरेको, धेरैजसो औषधालय खुल्ला नहुने र् खुल्ला भएपनि कार्यालय सहयोगीले औषधालय सञ्चालन गरेको पाइएपछि यसरी जंगिनु भएको थियो ।
लथालिंग अवस्थामा सञ्चालनमा भएको पाइएपछि उनीहरुले त्यहा कार्यरत कर्मचारी, कविराजहरुलाई चाडो सुधार गर्न निर्देशन दिएका थिए ।
कविराज कहिल्यै औषधालयमा बस्दैनन्
धरानको मुख्य बजारदेखि अलिक टाढा रहेको यो औषधालयमा निरीक्षण गर्ने टोली हत्तपत्त पुग्दैनन् । यसैको फाइदा त्यहा कार्यरत कर्मचारी,
कविराजले फाइदा लिएको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।
शुक्रबार अनुगमनमा पुगेका बेला त्यहाँका कार्यलय सहयोगीले त्यहाका प्रमुख कविराज रामबाबु साह नगरपालिकाको स्वास्थ्य विभागको प्रमुख भएर नगरपालिकाकै काममा व्यस्त रहनुहुन्छ भने सर्वसाधारणको उपचारमा खटिएका अर्का कविराज आश्वेश्वर महासेठ कहिल्यै औषधालयमा बस्दैनन् । कविराज नहुदा उपचारका सम्पूर्ण काम आफै गर्ने गरेको औषधालय कार्यालय सहयोगी पेशल खतिवडा नै बताउछन् । यहाका
कविराज कार्यालयमा बस्नु भन्दा पनि शिविर गोष्टीमा बढीमात्रामा व्यस्थ
रहने गरेको उहाको भनाई छ ।
औषधालय नखुल्ने एकातिर छ भने प्रयाप्त औषधी समेत नभएको कार्यालय सहयोग खतिवडा बताउछन् । उपचारमा आएका सर्वसाधारणलाई त्यहा भएका औषधिको प्रयोग गरेर बलबुताले भ्याएसम्म आफै उपचार गरिदिने बताउछन् ।
त्यसो त सर्वसाधारण समेत उपचारका समयमा आउदा कहिल्यै कविराज नभेटिने बताउछन् । दम
रोगबाट पीडित सोही स्थानका धनप्रसाद गुरुङ औषधिका लागि जादा कविराज कहिल्यै नबस्ने गरेको बताउनुहुन्छ । कार्यालय सहयोगीले उपचारदेखि औषधि दिने काम गरको बताउनुहुन्छ ।
उनीहरु औषधालय सञ्चालन भएपनि व्यवस्थित हुन नसकेको बताउछन् ।
धरान औषधालयको विश्वास दिनप्रतिदिन घट्दै
नेपाल सरकारको माहतमा रहदा धरान ७ पानमारा बसपार्कमा यो औषधलय रहेको थियो । उपमहानगरपालिकाका स्वामित्वमा आएपनि यो औषधालय एकान्त स्थान मानिएको धरान १५ निराजन वस्ती संरक्षण समितिको हलमा स¥यो । यहाँ आएदेखि नै यो औषधालय यहा हुनु र नहुनुमा केही फरक नभएको बताउनुहुन्छ स्थानीय गजेन्द्र लम्जेलले । उहाँले समयमा कार्यालय नखुल्ने, खुले पनि मुख्य कविराज त्यहा नबस्ने र आयुर्वेदिक औषधि पनि पर्याप्त नभएको बताउनुभयो ।
यस औषधालयमा कविराज निरीक्षक अधिकृत छैठौ दर्जाका आश्वेश्वर महासेठले विरामीहरुलाई चेक जाच गर्नुपर्ने हो । तर उहा कहिले पनि कार्यालयमा नआउने गरेको त्यहाका कार्यालय सहयोगी पेशल खतिवडा चेकजाच गर्ने गरेका कारण विगतको भन्दा अहिले सेवाग्राहीको संख्यामा कमी आउन थालेको लम्जेलको भनाई छ । निराजन बस्ती संरक्षण समितिका अध्यक्ष समेत रहनु भएका लम्जेलले शुरुका दिनमा दैनिक ५० देखि १ सयका हाराहारीमा उपचार गर्न आउने भए पनि औषधि अभाव र चिकित्सक नआउने गरेका कारण २० जना पनि मुस्किलले आउने गरेको बताउनुभयो ।
यस्तै उमेशचन्द्र भट्टराईल धरानका विकट वडादेखि समेत यहा उपचारका लागि सर्वसधारण आउने गरे पनि उपचार नगरीकन फर्किनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । चिकित्सक र औषधी नहुदा यस्तो अवस्था आएको उहाको भनाई छ ।
उहाले कार्यालय सहयोगीले अनुभवका आधारमा गरेको उपचार प्रभावकारी नभएकै कारण पनि दिनप्रतिदिन सर्वसाधारणकोे विश्वास घट्दै गएको बताउनुहुन्छ ।
आयुर्वेदिक चिकित्सा प्रणालीबाट सर्वसाधारणलाई स्वास्थ्यको पहुच पु¥याउने उद्देश्यले लगानी गरी सञ्चालनमा ल्याएका औषधालयको लगानी बालुवामा पानी हाले सरह भएको छ । यस पद्धतिलाई उपयोगी र सर्वसाधारणका पहुचमा पु¥याउन सरकारले गम्भीरतापूर्वक लिएर सञ्चालन गर्न आवश्यक छ ।

