आगामी मंसिर १४ गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा के भन्छन् उद्योगी, व्यवसायी

धरान÷निर्वाचन आयोगले उप निर्वाचनको कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश नं १ को धरान उपमहानगर पालिकाको रिक्त प्रमुख पदको लागि मुख्य राजनैतिक दल नेपाली काँग्रेस, एमालेसँगै संघीय लोकान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, समाजवादी पार्र्टी र स्वतन्त्र उमेद्वारहरुको चहल पहलले तिब्रता पाउन थालेको छ ।
नेपाली काँग्रेसले सर्व सम्मत ढंगले नगर सभापति तिलक राईलाई उमेद्वार बनाएको छ भने पूर्व एमाले र माओवादी समयोजन पछि बनेको नेकपा भित्र उमेद््वार छनौटका विषयमा लामो रस्साकस्सी पछि अन्तत ः प्रकाश राईलाई उमेद्वार घोषणा गरेको छ । संघीय लिम्बुवान मञ्चले सुनसरी जिल्ला अध्यक्ष अमर इजमलाई र समाजवादीले गजेन्द्र इस्वोलाई उमेद्वारका रुपमा अगाडि सारेको छ । दलीय नेतृत्वले धरानको विकास गर्न नसकेको, धरानको भविष्यलाइ नै अन्यौलतातर्फ धकेलेको भन्दै जन सरोकार मञ्चको अगुवाइमा हर्क साम्पाङ्ग राईले स्वतन्त्र उमेद्वारका रुपमा चुनावी गतिविधि अगाडि सार्नु भएको छ ।
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको २०७५ साल साउन १ गते मृगौलामा आएको समस्याका कारण निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो । वि.सं. २०७४ साल असार १४ गते सम्पन्न स्थानीय निकाय अन्तर्गत धरान उपमहानगरपालिकाको निर्वाचनमा कुल ८९ हजार ५ सय ४९ मतदाता मध्ये त्यसबेला ५३ हजार ८ सय १२ मत खसेको थियो । तत्कालीन एमालेका तर्फबाट प्रत्यासी भएका सुब्बाले २० हजार ९ सय ७५ मत प्राप्त गरी विजय भएका थिए भने नेपाली काँग्रेसका हाल समेत प्रत्यासी रहनु भएका तिलक राईले १६ हजार १ सय २ मत प्राप्त गनुृभएको थियो । त्यतिबेला उपेन्द्र्र यादवको संघीय समाजवादी पार्टीसँग चुनावी तालमेल गरेको तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याउनु भएको थियो । यतिबेला माओवादी केन्द्र र एमालेको समायोजन भएको छ र सत्तामा रहेका छन् । केन्द्रमा समायोजन भए पनि स्थानीय तहसम्म त्यसले साकार रुप लिई नसकेको दुवै तर्फका कार्यकर्ताहरु बताउँछन् । पछिल्लो दुई बर्षको अवधिमा धरान उपमहानगरपालिकामा मतदाताको संख्या समेत बढेको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार धरान उपमहानगरपालिकामा हाल ९२ हजार ८ सय ५२ मतदाता पुगेका छन् । बढेको मतदाता र सत्तासीन नेकपाको कार्यशैलीका कारण असन्तुष्ट मतदाताहरुले गर्ने मतदानबाट धरान उपमहानगरपालिकाको आगामी नेतृत्व परिवर्तन हुन सक्ने धरानका अधिकांशको बुझाई रहेको पाइन्छ । यसपटक हामीले धरानका उद्योगी, व्यवसायीहरुसँग उप निर्वाचनले कम्युनिस्टको परम्परागत नेतृत्व परिवर्तन हुन सक्छ कि सक्दैन भन्नेमा केन्द्रित भएर अभिमत लिएका छौंै । हेरौ उहाहरुको भनाई ।

आगामी मंसिर १४ गते हुन गइरहेको धरान उपमहानगरपालिकाको निर्वाचनबाट कस्तो खालको नेतृत्व आउनुपर्छ ? नेतृत्व परिवर्तन हुने सम्भावना कत्तिको देख्नु भएको छ ?

रोशन सोनी (समाजसेवी एवम् व्यवसायी)


आगामी मंसिर १४ गते हुने निर्वाचनको परिणामलाई लिएर अहिल्यै टीका टिप्पणी गर्नु हतार हुन्छ । सबै दलका प्रत्यासी सशक्त, खारिएका र जोशिला छन् । जनताले जनहितमा काम गर्न सक्ने राम्रो मान्छेलाई आगामी दिनमा पठाउने नै छन् । म एउटा सामान्य व्यवसायी हुँ फलानोले जित्छ, फलानोको पल्ला भारी छ भनेर भन्न सक्ने म ज्योतिषी र अघोरी बाबा होइन । जो आएपनि नगर विकासकै लागि काम गर्न आउनेछन् ।

विजय डाँगा (पूर्व अध्यक्ष, सुनसरी उद्योग वाणिज्य संघ)


आम्मामा खतरा प्रश्न गर्नुभयो । मलाई पार्टीले कारबाही पनि गर्न सक्छ । गरे पनि गरोस केही फरक पर्दैन । यसपटक धरान उपमहानगरपालिकाको नेतृत्व अब परम्परागत हुँदैन । अर्थात नेतृत्व परिवर्तन हुन्छ । नेतृत्व परिवर्तन हुन आवश्यक पनि छ । अधिकांश हिजो नेकपालाई मतदान गर्ने मतदाता यसै भन्दै छन् । नेतृत्व
परिवर्तन हुनु आवश्यक छ किनभने धरान उपमहानगरपालिकामा अलिहेसम्म एमालेले एकलौटी कब्जा जमाउँदा धेरै विकृति बढेको छ । नगरपालिकाले नागरिकको हितमा केही काम गर्न सकेन । जथाभावि अत्याधिक कर बढाएको छ । यस्तो अचाक्ली कर नेपालका अन्य कुनै नगर पालिकामा छैन । करचाहिँ उठाउने तर सडकका सामान्य खाल्डाखुल्डी सम्म नपुर्ने भएपछि मतदाताहरु आक्रोसित नभएर
परम्परागत नेतृत्वको पूजा त गर्दैनन् होला । मैले बुझ्दा व्यापारी, सामान्य नागरिक, मजदुर सबै आक्रोसित भएका छन् वर्तमान नगर नेतृत्वप्रति । जसका कारण आगामी धरान उपमहानगरपालिकाको नेतृत्वले परिवर्तन हुने सम्भावना अधिक रहेको छ ।

धुव्रराज घिमिरे (यातायात व्यवसायी)ः


यसपटक धरान उपमहानगर पालिकाको परम्रागत नेतृत्व परिवर्तन हुन्छ । नेपालमा यतिबेला तीनै तहका सरकारमा कम्युनिस्टहरुको हालीमुहाली छ । उनीहरुले गरेको ज्यादति अचाक्ली छ । हामी यातायात व्यवसायी मात्र होइन अन्य व्यवसायीहरु पनि कम्युनिष्टको ज्यादतिबाट आक्रोसित भएका छन् । अनावश्यक रुपले पाइलैपिच्छे करको भार थोपरिएको छ । बुझ्ने मान्छेले वा मतदाताले यसपटक धरान उपमहानगरपालिकाको मेयरको निर्वाचनमा कम्युनिस्टलाई भोट हाल्दैनन् । भएका विगतका लाहा छाप कम्युनिस्टहरु पनि यसपटक कम्युनिस्टलाई भोट नहाल्ने मनस्थितिमा देखिएका छन् । कतिले काँग्रेसलाई भोट हाल्छौ भनेको सुन्दै छु । कतिपय भोटका दिन यहाँ नबस्ने भनेको समेत सुन्दैछु ।
धरानमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान काँग्रेसले ल्याएको हो । जसका कारण आज धरान मृत सहर हुनबाट जोगिएको छ ।
बारम्बार कम्युनिस्टले धरान उपमहानगरपालिकामा नेतृत्व गर्दा पनि यहाँबाट सरकारी कार्यालयहरु पलायन हुनबाट रोकेन । आज पनि केही बचे खुचेका सरकारी कार्यालयहरु उठेर गइरहेका छन् । त्यसलाई रोकेको सुनिदैन । काँग्रेसले धरानका मतदाताहरुलाई बुझाउन सक्नुपर्छ । अब धरानको समग्र विकास चाहने हो भने काँग्रेस धरान उपमहानगरपालिकको नेतृत्वमा आउनै पर्छ । त्यसैले पनि मैले यसपटक धरानमा नेतृत्व परिवर्तन हुने देखेको छु । केन्द्रमा कम्युनस्टको सरकार, प्रदेशमा कम्युनिस्टको सरकर, स्थानीय तहमा कम्युनिस्टको सरकार भएकै कारण अन्तर्राष्ट्रिय सहयोग समेत यतिबेला बन्द हुदै गएको छ । यतिका बर्षसम्म धरान पमहानगरपालिकामा पूर्व एमालेकले एकलौटी शासन ग¥यो । तर विकास केही भएन । जनताको ढाँड सेक्ने गरी आन्तरिक कर लगाएपछि मतदाताहरु आक्रोसित हुनु स्वभाविक हो । यहाँका भित्री सडकहरु जन सहभागितामा बनेका हुन् तर नगररपालिकाले सामान्य सहरका खाल्डा समेत पुर्न सकेको छैन ।

पवनकुमार अग्रवाल (व्यवसायी) ः

यस पटकको निर्वाचनमा दई मेजर पार्टी नेपाली काँग्रेस र नेकपाबीचमै तिब्र प्रतिष्पर्धा हुने देखिएको
छ । दुवै दलका उमेदवार खारिएका छन् । अहिलेसम्म पूर्व एमालेले जित्दै आएकोले नेकपाका पत्यासी प्रकाश राईकै पल्ला भारी छ जस्तो लाग्छ । यद्यपि धरान उपमहानगरपालिकाको वर्तमान नेतृत्वका कारण
धरानबासीहरु रुष्ट भएका छन् । तर त्यसलाई प्रकाश राईले सुधार्छन् । यहाँ माओवादी र एमाले मिलेका छन् । तर अन्तरघात भयो भने नेकपाले पनि हार्न सक्छ । बाँकी कुरा जनताको मनस्थितिमा भर पर्छ । यद्यपि मलाई अहिल्यै यहाँ कम्युनिस्टको नेतृत्व परिवर्तन होला जस्तो लाग्दैन ।

कृष्णकुमार अग्रवाल (उद्योगी)


धरान उपमहानगरपालिकाको आगामी नेतृत्वलाई लिएर अहिले नै कमेन्ट नगर्दा राम्रो हुने थियो । मैले अहिले बोल्दिउला नेतृत्व परिर्वन हुन्छ, हुनुपर्छ तर पछि त्यो पुगेन भने आफनो गुडविलको कुरा पनि आउँछ । नेपाली काँग्रेस र नेकपा दुवैले यसपटक राम्रा उमेदवारलाई प्रत्यासी बनाएका छन् । स्वच्छ छविका, प्रष्ट वक्ता अनुभवीलाई दुवै पार्टीेले उमेद्वार बनाउनु रामो कुरा हो । हामीले केन्द्रमा काँग्रेस–एमाले मिलेर सरकार चलाएको देखेका छौं, काँग्रेस–माओवादी, एमाले माओवादी मिलेर पनि सरकार चलाएको देखेका छौं । यो भनेको मिलेर देशको विकास गर्नुपर्छ भन्ने मान्यता हो । त्यो प्राक्टिकल्ली कति सम्भव भयो त्यो आफ्नो ठाउँमा छ । आर्थिक विकासका काममा अहिलेका मेजर पार्टीका दुवै उमेदवार सम्मेदनशील छन्् । दुवै राम्रा छन् । यसपटक उमेदवारको छनौट राम्रो भएको छ । मतदाताको मनस्थिति कस्तो छ के छ त्यो मैले अहिले बुझ्न सकेको छैन । सरकारको विरोधमा मतदाताहरु हुन्छन् नै त्यो स्वभाविक हो । काम गर्दै जाँदा सरकारले पनि केही गल्ति गर्छ, मतदातालाई त्यो कुरा चित्त बुझ्दैन यो स्वभाविक हो । मलाई रामो लागेको कुराचाहिँ दुवै पार्टीले राम्रो उमेद्वार यसपटक दिएका छन् । दुवै बर्षौदेखि धरानमा बसेर काम गर्दै आएका हुन् । बाहिरबाट आएकालाई उमेद्वार थोपरिने काम यसपटक भएन । दुवैसँग कुरा गर्दा विकासका कुरामा सम्वेदनशील देखिन्छन् । तिलर्क राई पनि धरानको विकासमा केही गर्छु भन्नुहुन्छ, प्रकाश राई पनि त्यसै भन्नुहुन्छ । बाँकी रहयो धरान नगरपालिकाको राजस्व सम्बन्धमा । यसमा धरानमा अलिकति असन्तुष्टि रहेको पाइन्छ । तर दुवै पार्टीका उमेद्वार यसमा के गर्न सकिन्छ बसेर कुरा गरौ भन्नुहुन्छ । आर्थिक एजेन्डा वेशिकल्ली व्यापारिका लागि महत्वपूर्ण हुन्छ । त्यसमा दुवैको खास फरक मत छैन ।

तपाईको प्रतिक्रिया