धरान÷नेपालका ऐतिहासिक तथा धार्र्मिक विषय वस्तुहरुको खोजी कार्यमा झण्डै दुई दशकदेखि संलग्न रहदै आउनु भएका हरेराम कर्माचार्यको सम्पादन संयोजन तथा सुरेन्द्रमान स्थापित, रोहित प्रसाद ताम्राकार र रमेश श्रेष्ठको प्रकासन व्यवस्थापनमा नेपाल संवत ११४० झिंगु गोजी पात्रो प्रकाशन भएको छ ।
नेपालका असाधारण सपुत तथा राष्ट्रिय विभूति शंकधर साख्वाद्वारा प्रतिवादित नेपाल संबत ११२९ अर्थात वि.स. २०६५ सालदेखि सम्पादक संयोजक कर्मचार्यले झिंगु गोजी पात्रो प्रकाशन गर्दै आउनु भएको छ ।
राजधानी काठमाण्डौ बाहिर धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेका पूर्वाञ्चलको पर्यटकीय क्षेत्र धरानमा रहको नेवारहरुको जेठो संस्था झिंगु समाजको प्रकाशनमा पात्रो प्रकाशित भएको हो । नेपालमा नेपाल सम्बत स्थापनाकालदेखि ८८८ बर्षसम्म राज्य स्तरको सम्वतको रुपमा प्रचलनमा रहेको थियो । हरेक सरकारी काम कारबाही यही संवतबाट अगाडि बढेको थियो । देशको नाममा स्थापित एवम् राष्ट्रिय संखधर साख्खाद्वारा प्रतिपादित चन्दमास तिथिमा आधारित नेपालको पहिचानसँग गाँसिएको राष्ट्रिय संवत नेपाल संवत कार्तिक शुक्ल पक्ष प्रतिपदाबाट यसपटक ११४० मा प्रवेश गरेको छ ।
