धरानमा छुरा प्रहारका घट्नामा बृद्धि

धरान÷ धरानमा छुरा प्रहारका घट्नामा वृद्धि आएको प्रहरीको तथ्यांकले देखाएका छ ।
शान्ति सुरक्षामा प्रहरीले जति कडाई गरे पनि धरानको यो समस्या अहिले मात्र होइन । यो समस्या समाधान भन्दा पनि बृद्धि हुने क्रम
नरोकिएपछि धरान प्रहरीको टाउका दुखाइको विषय बनेका छ ।
६ महिनाको अवधिलाई मात्र हेर्ने हो धरानमा ११ वटा छुरा प्रहारका घट्नाहरु भएका छन् । गत वैसाखदेखि हालसम्म ११ वटा छुरा प्रहारका घटना घटेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताउनुभयो । उहाले छुरा प्रहारमा संलग्न १५ जनालाई प्रक्राउ गरी जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको बताउनुभयो ।
छुरा प्रहारका घट्ना बृद्धिलाई धरान प्रहरीले लागू औषधसंग जोडेर हेरेको छ । धरानमा छुरा प्रहार लुटपाट गर्ने उद्देश्यले नभई संगै लागू औषध प्रयोग गरी सामन्य विवादमा साथीले साथीलाई छुरा प्रहार गर्ने गरेको प्रक्राउ परेका अधिकांशबाट पाइएकोले मुख्य जड लागू औषध नै भएको पाइएकाले प्रहरीले लागू औषध नियन्त्रणलाई बढी प्राथमिकतामा राखेर काम गरको डिएपी न्यौपानेले बताउनुभयो ।
त्यसो धरान प्रहरीले विगतदेखि नै विद्यालय, सार्वजनिक स्थान, सुकुम्बासी टोल लगायतका स्थानमा सचेतना कार्यक्रम समेत गर्दै आइरहेको छ । तर पनि लागू औषध दुव्र्यसनीको संख्या घट्नुका साट्टा विकराल बन्दै गएको स्वयम् प्रहरीले नै स्वाकार्ने गरेको छ । यसरी लागू औषध प्रयोग गरी छुरा प्रहार गरिएका घट्नामा संलग्नको उमेर १५ देखि २५ बर्ष सम्मको पाइएकोले बढी फोकस विद्यालयका विद्यार्थीहरुलाई लिएर प्रहरीले सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको डिएसपी न्यौपानेले बताउनुभयो ।
छुरा प्रहारका घट्ना लागू औषधसंग जोडिएका कारण अहिले प्रहरील लागू औषध नियन्त्रणमा बढी सक्रिय देखिएको छ । प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय, सार्वजनिक स्थल, वडा टोलटोलमा गएर सचेतनामूलक कार्यक्रम समेत गर्दै आइरहेको छ । तर पनि यस्ता घट्नाले पश्रय भने पाइ नै रहेको छ । युवा पुस्ता यस्ता घट्नामा संलग्न हुने गरेको पाइएकोले प्रहरीले अहिले युवा पुस्तालाई बढी निगरानीमा राखी चेकजाच खनतलासी गर्ने कामलाई तिब्रता दिइएको डिएसपी न्यौपाने बताउनुहुन्छ । यसमा प्रहरी मात्रले नियन्त्रण गर्न नसक्ने भएकोले अभिभावकले आफ्ना नानीहरुका निगरानी गरी प्रहरीसंग सहकार्य गरेर अगाडि बढे छुरा प्रहारका घटनामा कमी आउने उहाल बताउनुभयो ।
दिनप्रतिदिन भयावह बन्दै गएको छुरा प्रहार प्रकरणमा अब सबै धराने एक भएर जानुपर्ने अवस्था आएको र यसका लागि सबैको सहयोगको खाचो रहेको डिएसपी न्यौपानेको भनाई छ ।

 

तपाईको प्रतिक्रिया