धरान/चारबर्ष अगाडि सरकारले शिक्षा नियमावली परिवर्तन गरी एसएलसी परीक्षा अगाडिको टेष्ट परीक्षा लिन नपाइने, कुनै पनि विद्यार्थीलाई अनुर्तीर्ण गराउन वा एसएलसी परीक्षा दिनबाट विद्यार्थीलाई वञ्चित गराउन नपाइने र टेष्टका नाममा कुनै शुल्क लिन नपाइने निर्णय गरे पनि निजी र सामुदायिक दुवै विद्यालयले यसका उल्लंघन गर्दै आएका छन् ।
टेष्ट परीक्षा नै खारेज गरिसकेको अवस्थामा विद्यार्थीहरुबाट शुल्क लिन विद्यालयहरुको कमाउने धन्दाका रुपमा अभिभावकले लिएका छन् । यस सम्बन्धमा प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापा भन्नुहुन्छ, निजी विद्यालयहरुले आफै स्रोत साधन जुटाउनुपर्छ । सरकारले निजी विद्यालयहरुलाई कुनै प्रकारको अनुदान दिादैन । विगतमा पनि हामीले प्याब्सन केन्द्रीय समितिको निर्णय बमोजिम प्रति विद्यार्थी ५ सय ५० लिएका थियौं । एसएलसी अभ्यास परीक्षा सञ्चालन गर्दा कापी, उत्तरपुस्तिका, जााच लगायतमा खर्च ुहुन्छ । सरकारले टेष्ट परीक्षा न नलिने भनेर निर्णय गरिसकेको अवस्थामा तपाईहरु किन लिादै हुनुहुन्छ भन्ने जिज्ञासामा हामीले हाम्रो विद्यार्थीको योग्यता जााच गर्न खोजेका मात्र हौ । उनीहरु कुन विषयमा कमजोर छन् भन्न थाहा हुन्छ । जसका कारण त्यस विषयमा सुधार गराउन सकिन्छ । उता एन व्याव्सन सुनसरीका अध्यक्ष गणेश राईको कथन पनि प्याब्सनका अध्यक्ष थापाको भन्दा फरक छैन । टेष्टलाई प्राक्टिस परीक्षा भन्दा हुन्छ । विद्यार्थीहरुलाई परीक्षा हलमा सिधै हाल्नुभन्दा अगाडि सिम्बोल नम्बर
कसरी लेख्ने, कतिपय विद्यार्थी नर्भस हुने गर्छन् उनीहरुलाई कसरी ट्रिट गर्ने भनेर एसएलसी अभ्यास परीक्षामा सिकाइन्छ ।
यसै सम्बन्धमा जिल्ला शिक्षा कार्यालय सुनसरीका जिल्ला शिक्षा अधिकारी रुपद्रप्रसाद दुलालसाग सम्पर्क राख्दा उहााले भन्नुभयो, आफ्ना विद्यार्थीको परीक्षा लिन पाउने अधिकार विद्यालयलाई हुन्छ । परीक्षा भनेको एउटा योग्यता जााच गर्ने कसी पनि हो । आफ्ना विद्यार्थी कुन विषयमा कमजोर छन् त्यसमा उनीहरुले सुधार गर्न सक्छन् । टेष्ट परीक्षाका नाममा निजी विद्यालयहरुले ५ सय ५० प्रति विद्यार्थी लिादैछन् नि त भन्ने सम्बन्धमा दुलालले भन्नुभयो, त्यो निजी विद्यालयको सवाल हो । परीक्षा लिादा खर्च हुन्छ त्यसैका लागि उनीहरुले प्रति विद्यार्थी ५ सय ५० लिने र्निाय गरेका होलान् । निजी विद्यालयले शुल्क लिए पनि सामुदायिक विद्यालयलहरुले भने कुनै प्रकारको शुल्क लिन पाउने छैनन् । यसरी लिएको थाहा भएमा त्यस्ता विद्यालयलाई कारबाही हुन्छ । अर्को कुरा चाहे निजी होस या सामुदायिक विद्यालय कसैले पनि टेष्टका नाममा कुनै विद्यार्थीलाई फेल गराएर आगामी एसएलसी परीक्षा दिनबाट बञ्चित गारउन पाउादैन दुलालले भन्नुभयो ।
