नेपाल साना उद्योग व्यवसायी संघको आठौ महाधिवेशन सम्पन्न

धरान/साना व्यवसायीहरुको हक हितमा काम गर्दै आएको नेपाल साना उद्योग वाणिज्य संघ केन्द्रीय कार्यालयको आठौ साधारणसभा धरानमा सम्पन्न भएको छ ।
अधिवेशनले पूर्व कावा सभापति झलकमान श्रेष्ठको सभापतित्वमा  नयाा कार्यसमिति समेत चयन गरिएको छ ।
नवगठित कार्यसमितिको उपसभापतिमा उद्धवप्रसाद अधिकारी, नैनकला न्यौपाने चयन हुनुभएको छ भने महासचिवमा अवइन्द्र निरौला, सचिवमा पञ्कज घिमिरे, प्रचार सचिव दुर्गा काफ्ले, कोषाध्यक्ष कमलप्रसाद भट्टराई चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा भुपध्वज बुढााथोकी, लोकराज निरौला, रामप्रसाद पौडेल, उदयचन्द्र भगत, शिशिर शर्मा न्यौपाने, गिरीबहादुर लिम्बु, केशव श्रेष्ठ, सूर्यनारायण श्रेष्ठ, बिन्दा ढकाल (श्रेष्ठ) रहनु भएको छ ।
संघका निवर्तमान सभापति प्रेमप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न उक्त अधिवेशनको प्रमुख अतिथि विजयपुर अत्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाल रहनु भएको थियो भने कार्यक्रम सञ्चालन संघका महासचिव अवइन्द्र निरौलाले गर्नुभएको थियो ।
त्र

तपाईको प्रतिक्रिया