धरान/नेपाल भारत मैत्री संघ धरान च्याप्टरको सुक्रबार भएको अधिवेशनले समाजसेवी एवम् व्यवसायी मुकुल कायस्थलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको छ ।
संघका केन्द्रीय सदस्य ओमप्रकाश सरावगी र ज्योति कोइरालाको समुपस्थितिमा भएको अधिवेशनले अन्य सदस्यहरुमा कृष्णकुमार अग्रवाल, रमेश अटल, ललित कुमार अग्रवाल, सरोज श्रेष्ठ, विष्णु चापागाइ, खगेन्द्र खतिवडा, इन्दु श्रेष्ठ, अलंकार पलिखे, मानभागवत चाम्लिङ्ग, सरदरत्न पार्थिव, विजय श्रेष्ठ, यसोदा कायस्थ र डिवी तामाङ्ग समेत निर्विरोध निर्वाचत हुनुभएको छ । उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष निर्वाचित कार्यसमिति सदस्यहरुभित्रैबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष कायस्थले बताउनुभयो ।
निवर्तमान अध्यक्ष नरेन्द्र सोनीको अध्यक्षतामा भएको उक्त अधिवेशनमा नेपाल भारत मैत्री संघका केन्द्रीय सल्लाहकार छविनाथ सुवेदी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बीपीदाश, शिक्षाध्यक्ष प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिनुभएको थियो ।
यहाा स्मरणीय कुरा के छ भने नेपाल भारत बीचको सम्बन्धलाई जनस्तरबाटै मजबुत बनाउने उद्देश्यले प्रजातन्त्रका सेनानी स्व.केदारनाथ श्रेष्ठको अध्यक्षतामा २०२५ सालमा नेपाल भारत युवक मैत्री समाज गठन भएको थियो । फ्रेन्ड्स क्लबका अध्यक्ष समेत रहनु भएका स्व. श्रेष्ठले लामो समयसम्म समाजलाई नेतृत्व प्रदान गर्नुभएको थियो । वि.सं. २०२४ सालमा भारतीय राजदुतावासका कन्सुलर देवरावसाग सल्लाह गरी समाजको गठन भएको थियो । समाजको तत्कालीन कार्यसमितिमा धरानका शिक्षाविद् विष्णु दाहाल, गणेशप्रसाद श्रेष्ठ (मुसा), खगेन्द्र घिमिरे, प्रेमचन्द्र गरी लगायत समाजको कार्यसमति सदस्य रहनु भएको थियो । समाजका सम्पूर्ण सदस्यहरु २०२६ साल माघ ३ गते भारतीय दुतावासकै पहलमा ३५ दिने भारतको मैत्री भ्रमणमा समेत जानुभएको थियो । उहााहरु वरौनी, इलाहावाद, बनारस, लखनउ, आग्रा, मथुरा, चण्डीगढ हुादै भारतको २६ जनवारी अर्थात गणतन्त्र दिवसमा भएको परेडमा सहभागी हुनुभएको थियो । उहााहरुको टोलीले तत्कालीन भारतीय राष्ट्रपति वैकट गिरी, उपराष्ट्रपति गोपाल स्वरुप पाठक, प्रधानमन्त्री इन्दिरा गान्धी र सभामुख दिल्लीसाग भेटवार्ता गर्नुभएको थियो । पछि नेपाल भारत युवक मैत्री समाज पूर्ण रुपले निस्क्रिय भएपछि निरन्ता दिने स्व. उषा पलिखेको अध्यक्षतमा नेपाल भारत मैत्री संघ गठन भएको थियो ।
