धरानको सभागृहमा विद्यार्थीहरुले कोरे चित्र ः तीनसम्म चल्यो चित्रकला मेला

धरान÷विद्यालय स्तरबाटै चित्रकलाका विकास गर्ने उद्देश्यले धरान उपमहानगरपालिका अन्तर्गतको प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको चित्रकला मेला ०७६ को सोमबार सम्पन्न भएकोे छ ।
धरान ८ सभागृहमा भएको कार्यक्रमको उद्घाटनमा धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले क्यानवासमा चित्र कोरेर गरेकी थिइन ।
समापन कार्यक्रममा प्रदेश नं. १ मा रहेका दिग्गज चित्रकारहरुले यहाँ रहेका विद्यार्थीहरुलाई चित्र सिकाएर प्रदर्शन गर्ने कार्यक्रम रहेका कारण यो कार्यक्रम सार्थक र व्यवहारिक उनले बताइन् ।
धरान उपमहानगरपालिकाले खेलकुद, कला, साहित्य लगायत शिक्षा क्षेत्रको गठन गर्न विभिन्न समिति गठन गरेको छ । यसै अन्तर्गत उपमहानगरपालिकाको प्रज्ञा प्रतिष्ठानले गत बर्ष अर्थात ०७५ सालदेखि लगातार चित्रकला प्रदर्शनीका आयोजना गर्दै आएको छ ।
असोज ४, ५ र ६ गते सञ्चालन भएको चित्रकला मेला ६ सञ्चालन भएको थियो । धरान सभागृहमा प्राज्ञ चित्रकारहरुको सहयोगमा धरानका विभिन्न विद्यालयका ८० जना छात्र तथा छात्राहरुले चित्र गरेका थिए भने असोज ५ र ६ गते विद्यार्थीहरुले कोरेका चित्र प्रदर्शनीमा राखिएकोे थियो ।
धरान उपमहानगरपालिकाले प्रदेश नं. १ मै पहिलो पटक प्रज्ञा प्रतिष्ठान गठन गरेर यहा भएका कला, संस्कृति भाषा र साहित्यको संरक्षण लागेको र योे चित्रकला मेला पनि यसैको
निरन्तता भएको चित्रकला मेलाका संयोजक गोपाल देवानले बताए ।
पहिलो चित्रकला प्रदर्शनी प्रज्ञा प्रतिष्ठाने ०७५ असोज ६ गते धरानको घण्टाघरमा आयोजना गरेको थियो । सहभागी विद्यालयका विद्यार्थीमध्य उत्कृष्ट ५ जनालाई जनही ५ हजारले पुरस्कृत समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया