धरान÷बीस बर्ष अगाडि धरानको भानुचौकमा रहेको बस पार्क जस्तो थियो उस्तै छ । स्वरुप परिवर्तन भयो होला अर्थात कच्ची सडक कालो पत्रे भए । बसपार्क भनिएको स्थान दिनप्रतिदिन साघुरिदै छ भने दुर्घटनाको जोखिम उत्तिकै छ ।
२० बर्ष अगाडिको भन्दा अहिले सवारी साधन तीन गुणाले बढेका छन्, बसपार्कको जग्गा भने २० बर्ष अगाडि जति थियो त्यति नै छ । साघुरो बाटो त्यसमा पनि धरानको मुटु मानिएको भानुचौकको वीचमा बस पार्क रहेको छ । यही स्थान भएर पूर्वी पहाडी कोशी
राजमार्ग चल्ने सवारी साधन, पूर्व पश्चिम राजमार्ग तथा धरान विराटनगर लाइन चल्ने सवारी साधनको बस विसौनी यही हो भने टेम्पो, सिटि सफारीको चापले धरानका स्वरुप नै विगारेको छ ।
१० कट्ठामात्र जग्गामा फैलिएको यो बस पार्क सुन्दर तथा पर्यटकीय क्षेत्र मानिएको धरानलाई पर्यटकीय गन्तव्य स्थल बनाउन धरान उपमहानगरपालिका, पर्यटन व्यवसायी कम्मर कसेर लागि परेका छन् तर धरान घुम्नका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको मन बसपार्क देख्ने वित्तिकै एक मिनेट पनि अडिदैन । विशेष गरी यस ठाउमा अहिले दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
जनप्रतिनिधिहरुलाई समेत बसपार्क सागुरो छ भन्ने भलिभाति थाहा छ, जसले गर्दा दुर्घटना दिन प्रतिदिन बढेको स्वयम् जनप्रतिनिधिहरु नै बताउने गर्छन् । धरान ३ का वडाध्यक्ष आशाकुमार श्रेष्ठले धरानको बसपार्क खिचडीजस्तै भएका कारण प्रत्येक दिनजस्तो दुर्घटना हुने गरेको बताउनुहुन्छ । उहाँले धरान ८ सुन्दरबस्तीमा सार्ने योजना अनुरुप कावा नगरप्रमुख मञ्जु भण्डारी सुवेदीले शिल्यान्यास गरेको र डिपिआर तयार हुदै गरेको प्रसंग जोड्नुभयो । विरोधका कारण बषौसम्म बसपार्क बन्न नसकेको भनाई उहाको भनाई छ ।
धरानको बसपार्क अस्तव्यस्त भएकै कारण दिनप्रतिदिन समस्या बढ्दै गएको धरानका सर्वसाधारणहरु बताउछन् । धरानका केशव न्यौपानेले धरानका बीचमा सानो ठाउमा भएको बसपार्कका कारण धरान अस्तव्यस्त हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले बस पार्क सार्नुको विकल्प नभएको बताउनुहुन्छ ।
यही ठाउमा केही समय अगाडि दुई वटा भयानक दुर्घटना भए पनि सानातिना दुर्घटना त अनगिन्ती रहेका छन् । चालकहरु समेत धरानको बसपार्क अत्यन्तै सागुरो भएकै कारण पार्किङमा समस्या त छदैछ यात्रुलाई गन्तव्यसम्म पु¥याउन गाह«ो हुने बताउछन् । चालक राजु कालिकोटेले धरानको बसपार्क अस्तव्यस्त भएकै कारण दुर्घटनाको जोखि बढ्नुका साथै पार्किङ सहज रुपमा गर्न नपाएको बताउनुभयो ।
जे होस् धरानको बसपार्कले अहिले चालक, ट्राफिक प्रहरी, सर्वसाधारण बटुवा, यात्रु सबैलाई समस्यै समस्या निम्त्याएको छ । यसको समाधान भनको बसपार्क सार्नुबाहेक अर्को हुनै सक्दैन ।
के कारणरले यतिका बर्षसम्म बस पार्क सर्न सकेन त ?
दश बर्ष अगाडि नै धरानका बस पार्क साघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले धरान ८ सुन्दरबस्तीमा बस पार्क सार्ने योजना अगाडि ल्यायो । यस स्थानमा रहेको सर्वसाधारणको ३८ कट्टा उपमहानगरपालिकाको स्वामित्वमा समेत ल्यायो । जबदेखि नगरपालिकाले व्यक्तिको नामको जग्गा नगरपालिकाको स्वामित्वमा ल्यायो त्यहादेखि यसमा विवादै विवाद शुरु भयो । ०७५ माघ २७ गते शिलान्यास हुदा समेत त्यसबेला स्थानीय जग्गावालहरुले विरोध जनाएका थिए । उनीहरुले बसपार्कका नाममा व्यक्तिको जग्गा हडप्न खोजेको र जनप्रनिधिहरु मिलेर जग्गा मिलेमतोमा वेचविखन गर्न खोजको भन्दै शिलान्यास भइरहेको समयमा उता जग्गावालाहरुले संघर्ष समिति नै गठन गरेर नाराबाजी गरेका थिए । पीडित संघर्ष समितिकी संयोजक तुलसा गुरुङ्गले शिलान्यसका बेला ०६२ सालमा पनि यही ठाउँमा शिलान्यास भएकोले यहा बसपार्क बनाउने नाटक मात्र भएकोे बताउनु भएका थियो ।
संघर्ष समितिको अवरोध एकातिर भने अर्कोतर्फ राजनीतिक खिचातानीका कारण पनि बस पार्क समयमै बन्न नसकेको भन्ने बुझ्न गाह्रो छैन । यस विषयमा नेपाली कांग्रेस धरान नगर समितिले पार्टीको नगरसभाबाट २४ बुदे घोषणापत्रमा समेत बस पार्कलाई प्राथमिकताका साथ उठान गरेको छ ।े प्रस्ताविक बसपार्कका सर्वसाधारणको मनोविज्ञान नबुझी नीतिगत भ्रष्टाचारमा निर्लिप्त भएका कारण बसपार्क बन्न नसकेको सभापति तिलक राईले बताउनुभयो । अहिले यो बस पार्क निर्माणका लागि प्रदेश सरकारले एक करोड बजेट विनियोजन गरेको छ । यता नेपाली कांग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र तामाङले लामो समयदेखि नेतृत्वमा रहेको नेकपाले उपमहानगरपालिकामा निर्वाचित भएर आए पनि बसपार्क निर्माण गर्न नसकेको बरु चुनावी एजेन्डा बनाउन भने नछोडेको बताउनुभयो ।
तर यो कुरा नेकपाका प्रतिनिधि मान्न तयार छैनन् । नेकपाका स्थानीय नेता चोत्लुङले विगतमा जे जस्तो भए पनि अब बसपार्क बन्नेमा कुनै शंका नगर्न सर्वसाधारणर्ला आग्रह गर्नुभएको छ । उहाले ४३ करोड बजेट लाग्ने भनिएको स्मार्ट बसपार्कमा प्रदेश
सरकारको सहयोगमा डिपिआर तयार भइसकको छ भने नगर सरकारले समेत बजेट छुट्याइसकेका कारण प्रतिपक्ष कांग्रेसले भने जस्तो चुनावी एजेन्डा नभएको बताउनुभयो ।
यता सर्वसाधारण तथा पर्यटन व्यवसायीहरुले पनि राजनीतिक खिचातानीका कारण समयमै बसपार्क सर्न नसकेको बताएका छन् । बसपार्क समयमै निर्माण नहुनुमा यहाका नेता तथा जनप्रनिधिमा चेतको कमी भएको स्थानीय पर्यटन व्यवसायी रामप्रसाद राई बताउनुहुन्छ ।
समग्रमा भन्नुपर्दा राजनीतिक खिचातानी, रकमको भागबण्डा र राजनीतिक चेतनाका कर्मीका कारण बसपार्क बन्न नसकको भन्न अब कसैलाई अफठ्रो पर्दैन ।
बसपार्कलाई पहिलो प्राथमिकतमा राख्न धरानका सर्वसाधारणको मागधरानका सर्वसाधारण, यातायात व्यवसायी सबैले धरानको बसपार्क लाई व्यवस्थित गर्नु नगर सरकारका पहिलो प्राथमिकता भएको बताएका छन् । दिनप्रतिदिन बढ्दै गएको चाप थेग्न नसक्ने, बसपार्क सागुरो हुदा दुर्घटनाको जोखिम बढ्नुका साथै धरानको स्वरुपलाई कुरुप बनाएको भन्दै विगतमा खानेपानी पहिलो प्राथमिकतामा परे पनि अब भने बसपाकालाई प्राथमिकतामा राखेर नगर सरकारले काम गर्नुपर्ने माग बताएका छन् ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघ १ नं. प्रदेशका संयोजक सरोज श्रेष्ठले पञ्चायतकालीन अवस्था अथवा धरानमा भर्खरै सहरीकरण हुँदै गएको अवस्थामा त्यसबेलाको सवारी चापलाई ध्यानमा राखेर बनाइएको बसपार्क अहिले उपमहानगरपालिका बनिसक्दा समेत बसपार्कको विषयमा ध्यान नदिनु विडम्बना भएको बताउनुभयो । शिलान्यास भन्दा अगाडि डिपिआर हुनुपर्ने भएपनि शिलान्यास पछि मात्र डिपिआर बनेकोप्रति अझै पनि बसपार्क बन्नेप्रति सर्वसाधारण शसंकित बनेको कुरालाई स्थानीय सरकारले मध्यनजर गरेर कामलाई तिबता दिनुपर्ने जोड दिनुभयो ।
धरानको बसपार्क धरान ८ सुन्दर बस्ती आयोजनामा बस पार्क नसर्ने हो भने धरानको स्थिति नाजुक भएकोले जति चाडो बसपार्क सार्नुपर्न उहाको भनाई छ । यसलाई राजनीतिक एजेन्डा बनाई आवश्यकताको रुपमा लिएर अगाडि बढ्न स्थानीय सरकार, नेता तथा कार्यकर्ताहरुलाई उहाले आग्रह गर्नुभयो ।
२०÷२५ बर्ष अगाडिदेखि नै बहसको रुपमा आएको धरानको बसपार्कको समाधान हुन नसकेकै कारण धरानको समग्र विकासमा बाधा पुगेको छ । सागुरो सडक त्यसमा त्यही यत्रतत्र पार्किङ गरेका सवारी साधनले धरानलाई पर्यटकीय क्षेत्र भन्न पनि गिज्याए झै लाग्छ । यसतर्फ अब सबै पक्ष जुटेर बसपार्कको समस्या समाधानमा लाग्न जरुरी छ ।
