फुटबल खेललाई व्यवसायिक बनाउदै राष्टिूय खेलाडी उत्पादन गर्ने उद्देश्यले शुरु गरिएको प्रशिक्षणसंगै यसपटक देखि १४ बर्ष मुनिका खेलाडीहरु समावेश गरेर प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएकोे छ ।
एन्फा एकाडेमीले अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोगमा शुरु भएको प्रशिक्षणलाई अझ प्रभावकारी र दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मुलुक संघीय ढाचामा गएसंगै पहिलो पटक १४ बर्षका खेलाडीहरु समावेश गराई प्रतियोगिता आयोजना गरिएकोे प्रथम एन्फा एकाडेमी प्रदेश स्तरीय अण्डर १४ फुटबल च्याम्पियनसीपका संयोजक किशोर राईले बताउनुभयो । उहाले फुटबल खेललाई व्यवसायिक बनाउदै दक्ष जनशक्ति उत्पादन गर्न पहिलो पटक प्रतियोगिताको आयोजना गरिएको उहाले बताउनुभयो ।
त्यतिमात्र हैन खेलाडीको वृत्ति विकासका लागि अब अन्य स्थानमा सञ्चालन भएका एकाडेमीका विद्यार्थीहरु समावेश गरेर क्रमशः प्रतियोगितालाई निरन्तता दिन उहाले बताउनुभयो ।
प्रदेश नं. १ मा रहेका एकाडेमीका प्रशिक्षार्थीबीच प्रतिष्पर्धा गराइएको छ । प्रशिक्षार्थीबीच गराइने सो प्रतियोगिताले उनीहरुले सिकेको कुरालाई सही सदुपयोग भएको छ छैन भन्ने कुरा समेत ज्ञान हुने उहाको भनाई छ ।
प्रदेश नं. १ मा रहेका गाउपालिका, नगरपालिका, उपमहानगरपालका र महानगरपालिकाभित्र फुटबल खेलको प्रत्यक्ष गतिविधि र प्रतिभावान खेलाडी उत्पादन गर्न पहिलो पटक प्रदेश स्तरीय अण्डर १४ फुटबल प्रतियोगिताको आयोजना गरिएको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताउनुभयो ।
त्यसो त प्रशिक्षार्थी समेत प्रतियोगिता हुने भएपछि हौसिएका छन् । धरानको एन्फा एकाडेमीमा प्रशिक्षण लिइरेका उत्सव तामाङ्गले प्रशिक्षण राम्रो भएकोल आफूहरुले प्रतियागिता जित्ने अपेक्षा लिएको बताउनुभयो ।
एन्फा एकाडेमी सञ्चालन समिति धरान १७ को आयोजनामा भाद्र २७ देखि शुरु भएको प्रतियोगिता असोज ३ गतेसम्म हुने भएको छ ।े प्रतियोगितामा एन्फा एकाडेमी धरान, विराटनगर फुटबल एकाडेमी, एम्ब्रीय एकाडेमी
मोरङ, महेन्द्र फुटबल एकाडेमी दुहवी, मेची नेत्रालय झापा, राष्टिूय जागृति क्लब फुटबल एकाडेमी इटहरी लगायत १० टिमको सहभागिता रहेको छ ।
प्रतियागितामा विजय हुने टिमलाई ५० हजार, दोस्रा टिमलाई २५ हजार नगदसहित टूफी र प्रमाणपत्र प्रदान गरिने भएको छ । यस्तै सर्वोत्कृष्ट खेलाड ५ हजार, उत्कृष्ट डिफेन्डर , उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्डलाई जनही ३÷३ हजार नगद र प्रतियोगिताको म्यान अफ म्याद १० हजार र उत्कृष्ट कोचलाई ५ हजार नगद प्रदान गरिने भएको छ । ८ लाख लागत लाग्ने बताइएको सो प्रतियोगितामा विराटनगर महानगरपालिका, दुहवी नगरपालिका, लेटाङ नगर्पालिका, इनरुवा नगरपालिका, धरान उपहानगरपालिका, रामधुनी नगरपालिका , एन्फा र प्रदेश सरकारबाट सहयोग आउने आयोजकले जनाएको छ ।
