पब्लिक उच्च माविमा श्रीमद् श्रीमद्भावगत

धरान/धरान उपमहानगरपालिका वडा नं. १२ स्थित पब्लिक उच्च माविमा श्रीमद्भागवत सताह ज्ञान महायज्ञ प्रारम्भ भएको छ ।
सामाजिक सद्भाव, एकता, भातृत्व तथा शान्तिको कामनासहित विज्ञान र अध्यात्मको सम्मिश्रणबाट आजका युवाहरुलाई आफ्नो भविष्य निर्माणप्रति जागरुक गराउने र सत्मार्गमा लाग्न प्रेरित गर्दै भवन निर्माणमा विद्यालयलाई आर्थिक सहयोग समेत जुटाउने उद्देश्यले आयोजित महायज्ञको शिक्षामन्त्री चित्रलेखा यादवले एक समारोहबीच समुदघाटन गर्नुभयो ।
पौष २२ गतेदेखि २९ गतेसम्म चल्ने महायज्ञको उद्घाटन गर्दै शिक्षामन्त्री यादवले भन्नुभयो, अध्यात्मसागै विज्ञापन पनि जोडिएको छ । वैद्धिककालमा शिक्षा अध्यात्मिक स्थानबाटै प्राप्त हुन्थ्यो । आज पनि कैयन गुरुकुलहरु सञ्चालनमा छन् । प्राविधिक शिक्षा अध्यापन गराउन थप कक्षा कोठाहरु निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले आयोजित ज्ञान महायज्ञ सफलताको उहााले शुभकामना समेत दिनुभयो ।
महायज्ञ प्रारम्भ हुनु अगाडि धरानका विभिन्न विद्यालयका विद्यार्थीहरुको तथा विभिन्न धार्मिक संघ संस्थासाग आवद्ध महिलाहरुले कलस यात्रा
गरेका थिए । विद्यालयको प्रांगरणमा शुरु भएको कलस यात्रा छाताचौक, पुरानो बजार, देशी लाइन, भानुचौक, महेन्द्र पथ हुादै महायज्ञ स्थल पुगेको थियो । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सरामोहका सञ्चार तथा विज्ञापन उपसमितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य अलिम अन्सारी महायज्ञबाट संकलित सहयोगले प्राविधिक शिक्षा अध्यापन गराउने थप कक्षा कोठाहरु निर्माण गर्न सकिने विश्वास व्यक्त गर्नुहुन्छ । श्रीमद्भागवत सप्ताह महायज्ञका वाचक पण्डित दिनबन्धु पोख्रेल रहनु भएको छ ।

तपाईको प्रतिक्रिया